टेलिभिजन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी टेलीभिजन कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई सञ्चार क्षेत्रमा काम गरिरहेको अनुभवी कम्पनी, संस्था वा सञ्चारमाध्यमको सेवा आवश्यक परेको हुनाले इच्छुक संस्था वा कम्पनीहरूले देहायबमोजिमको सेवा सर्तमा रहि आर्थिक प्रस्ताव सहितको लिखित आवेदन यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको परियोजना कार्यालय अनामनगर वा केन्द्रीय कार्यालय भृकुटीमण्डपमा पेश गर्नुहुन अनुरोध गरिन्छ ।

सेवा सर्तहरू

टेलीभिजन कार्यक्रम

  • टेलीभिजन कार्यक्रम २५ देखि २८ मिनेटको हुनुपर्ने
  • कार्यक्रम विहान वा वेलुकाको उपयुक्त समयमा सञ्चालन गर्नुपर्ने
  • कार्यक्रम नाम चलेका राष्ट्रिय टेलिभिजन च्यानलहरूबाट प्रशारण गर्नुपर्ने

कम्पनी वा संस्थाकोलागि आवश्यक योग्यता तथा अनुभव

  • आवेदक कम्पनी वा संस्थासँग टेलीभिजन कार्यक्रमहरू सञ्चालन गरेको राम्रो अनुभव हुनुपर्ने
  • आवेदक कम्पनी वा संस्था नेपाल सरकारको कानुन अनुसार करमा दर्ता भएको र नविकरण भएको हुनुपर्ने
  • आवेदक कम्पनी वा संस्थासँग अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको बारेमा जानकारी भएको हुनुपर्ने
  • यस भन्दा अगाडी अपाङ्गता अधिकारका विषयमा टेलीभिजन वा रेडियो कार्यक्रम चलाएको अनुभव भएको संस्थालाई प्राथमिकता दिइने ।
  • अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी र नेपालमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सरकारले गरेका कानुनी व्यवस्थाहरूको वारेमा जानकारी भएको ।
  • अपाङ्गताको अधिकारमुखी अवधारणालाइ आत्मसात गरेको

कार्यक्रमले समेट्नुपर्ने सामग्रीहरू 

  • विशिष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरू, सरकारी निकायका प्रतिनिधिहरू, अपाङ्गता अधिकारकर्मीहरू लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूसँग अन्तरवार्ता, वहस र छलफल
  • अपाङ्गता अधिकार सम्बन्धि वृत्त चित्रहरू
  • अपाङ्गता भएका व्यक्तिहरूको सेवा सुविधामा पहुँच तथा मानवअधिकारको अवस्था सम्बन्धी समाचार, घटना अध्ययन र फिचरहरू
  • पहुँचयुक्त भौतिक संरचना र अपरोधमुक्त वातावरण सम्बन्धी जानकारी र रिपोर्टिङहरू
  • सेवा सुविधा, कानुनी प्रावधानहरू, अपाङ्गता सम्बन्धी कार्यक्रमहरू, सेवा सुविधा प्राप्त गर्ने प्रकृयाहरू लगायतका विषयमा जानकारीहरू ।
  • अपाङ्गता भएका बालबालिकाहरूको लागि समावेशी शिक्षा सम्बन्धी जानकारीहरू
  • अपाङ्गता भएका महिला र बालबालिकाहरूमाथि हुने हिंसा विभेद विरूद्ध लड्न सहयोग पुर्‍याउने उपयोगी सामग्रीहरू

आवेदन पेश गर्नपर्ने अन्तिम मिति २०७३ साल चैत्र १४ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *