संयुक्त राष्ट्र संघीय विकास नियोगको नेपाल स्थित कार्यलयले (युएनडिपि नेपाल) असोज ३१ गते “अपांगता भएका व्यक्तिको सवाल विषयक अन्तरक्रिया” कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका सँस्थाका प्रतिनिधी, अपाङ्ता अधिकारकर्मीहरू, युएन एजेन्सीका प्रतिनिधिहरु र अपांगताको सवालका विज्ञहरुसंग अपांगताको क्षेत्रका मुख्य समस्या, अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका चुनौतिहरू र संयुक्त राष्ट्र संघले आगामी दिनमा गर्नु पर्ने मुख्य कार्यक्षेत्र र सवालहरुका बारेमा छलफल भयो।

सो कार्यक्रमका क्रममा विभिन्न युएन एजेन्सीका प्रतिनिधिहरुले आफ्नो प्रतिबद्धता जाहेर पनि गर्नु भएको थियो । संयुक्त राष्ट्र संघकी नेपाल प्रतिनिधी भ्यालरी जुलिएण्डको प्रमुख सहजिकरण रहेको उक्त कार्यक्रममा अन्य एजेन्सीहरु जस्तैः युनिसेफ, आइएलओ, युएनएफपिए, यून वुमन आदि संस्थाहरुको सहभागी रहेको थियो। सबै सहभागीहरूले आगामी दिनमा नेपालको कानुन, अन्तराष्ट्रिय दस्तावेजहरु, अपाङ्ता भएका व्यक्तिहरूका अधिकार सम्बन्धी महासन्धी (सिआरपीडी) र दिगो विकासका लक्ष्यहरू अनुसार अपांतगाको सवाललाई प्राथमिकताका साथ लागु गर्नु पर्ने र सरकारले विशेष ध्यान दिनु पर्ने कुरा उठाउनु भएको थियो । यसका साथै सबै सहभागीहरूले आगामी दिनमा आफ्ना संस्था र मातहतका योजनाहरु र कार्यक्रमहरुमा अपांगताको सवाललाई समाहित गर्दै लाने कुरा प्रतिबद्धता जाहेर गर्नु भएका थियो ।

सो कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदी र उपाध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्तिहरूका तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो।