प्रदेश स्तरीय जनवकालत अभियान सम्पन्न

राष्ट्रिय अपाङ्ग महासंघले सातै प्रदेशमा अपाङ्गता समावेशी विकास तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता तथा अधिकारको सुनिश्चितताको सहित “हामीलाई गणना गरियोस्” (Count Me) भन्ने मूल मर्म सहित प्रदेश स्तरिय जनवकालतको अभियान सम्पन्न गरेको छ । सम्बन्धी खण्डीकृत तथ्याङ्कमा समावेश गराउनुका साथै हरेक तहतप्काका नीतिनियम, कानुन योजना तथा कार्यक्रममा समावेशी र पहुँचयुक्त सहभागिता हुनुपर्छ भन्‍ने अवधारणा सहित यस अभियान अवलम्बन गरिएको छ ।

Picture Caption: Press Conference Organized in Gandaki Province

प्रदेश सरकारले बजेट समेत ल्याइसकेको सन्दर्भ र प्रदेश स्तरमा नयाँ नीति तथा कानुनहरू निर्माण भैरहेको अवस्थालाइ मध्यनजर गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीवीएम सँगको साझेदारीमा ७ वटै प्रदेशमा प्रदेश स्तरका नीति, कानुन तथा कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गराउन, नियम र कानुनहरूको कार्यान्वयनको लागि प्रदेश सरकारलाई सकारात्मक दवाव सृजना गर्ने उद्धेश्यले यस जनवकालत कार्यक्रमको संचालन गरियो ।

यस जनवकालत अभियान राष्ट्रिय अपाङ्ग महासंघको संघीय कार्यालयको नेतृत्वमा स्थानीय समन्वय र व्यवस्थापनका जिम्मेवारी महासंघका प्रदेश कार्यालयहरूलाई दिइएको थियो । जनवकालतको कार्यक्रमको संरचना अनुरुपसंघीय स्तरमा कार्यक्रमको समग्र नेतृत्व, समन्वय र व्यवस्थापनको लागि एक संघीय संयोजक रहेको थियो जसको मताहतमा हरेक प्रदेशमा अभियान संचालनमा सहजीकरण गर्न संघीय कार्यावयबाट १/१ जना सम्पर्क व्यक्तिहरू तथा प्रदेश स्तरको समन्वय र व्यवस्थापनको लागि हरेक प्रदेश कार्यालयबाट १/१ जना प्रदेश सम्पर्क व्यक्ति तोकिएको र उक्त सम्पर्क व्यक्तिले संघीय स्तरको सम्पर्क व्यक्तिसँग समन्वय गरी जनवकालतको समन्वय र व्यवस्थापन भएको थियो ।

जनवकालत अभियान अन्तर्गत अभिमुखीकरण तालिम, पत्रकार सम्मेलन, वृहद र्याली तथा कोणसभाको आयोजना र प्रदेश स्तरिय सरकारी कार्यालयहरुमा ज्ञापन पत्र हस्तान्तरणको कार्यक्रम सम्पन्न गरिएको थियो । यस अभियान प्रदेश १, प्रदेश २, प्रदेश ३, गण्डकि प्रदेश ,प्रदेश ५, कर्णाली प्रदेश, प्रदेश ७ मा चार शिर्षकको कार्यक्रम क्रमशः असार ३२ गते, साउन ६ गते, साउन २० गते, साउन ६ गते, साउन २ गते, साउन ५ गते, साउन ५ गते र साउन ७ गते सुरु गरी पाँच दिनसम्म जारी गरिएको थियो ।

प्रदेशस्तरका विभिन्न अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका प्रतिनिधिहरुको संलग्नतामा दश जना जनवकालत पैरवी अभियानकर्ताहरुको समूह गठन गरियो । संघीय तथा प्रदेश सम्पर्क व्यक्तिको अगुवाइमा कार्यक्रमको रणनीति तयार गरी दश अभियानकर्ताहरुलाई अभिमुखीकरण तालिम सम्पन्न गरिएको थियो । अभियानको दोस्रो दिन पत्रकार सम्मेलन गरी विभिन्न स्थानिय तथा राष्ट्रिय पत्रकारहरुलाई यस अभियानको उद्देश्य दर्शाउन तथा अपाङ्गता सवालहरुमा सबै सञ्चार माध्यमहरुमा चेतना जोगाउन तथा अभिमुखीकरण गरी यस विषयमा सूचनाहरु प्रसारित गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको थियो । अभियानको तेस्रो दिन र्याली तथा कोणसभामा प्रदेश तथा स्थानिय स्तरका अपाङ्गता भएका व्यक्तिहरु, यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरु लगायत विभिन्न पत्रकार समूह र नागरिक समाजको उल्लेख्य सहभागिता जनाएको थियो । अभियानको चौथो तथा पाँचौं दिनमा विभिन्न प्रदेश प्रमुख र मुख्य मन्त्रीका कार्यालयहरूमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारहरु सवाल तथा विभिन सेवा सुविधामा पहुँचका लागि मागहरु समावेश गरी ज्ञापन पत्र बुझाई कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश स्तरिय वकालतबाट प्राप्त सूचना तथा प्रतिवेदन अनुरुप सबै कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरु, अपाङ्गता सम्बन्धित संघसंस्थाहरु, नागरिक समाज, सरकारी तथा गरै सरकारी संघसंस्थाहरुका प्रतिनिधिहरुबाट करिब १४०० भन्दा बढी व्यक्तिहरुको उल्सास पूर्ण सहभागिता भएको पाईन्छ ।

Picture Caption: Advocacy Rally Organized on Province 3

महासंघको यस अभियान मार्फत प्रदेश तथा स्थानिय स्तरमा अपाङ्गताका सवाल र पहिचानमा सघाउ पुर्याउनुका साथै नवनिर्वाचित सरकारी प्रतिनिधिहरुमा जनचेतना तथा अभिमुखीकरण गर्ने माध्यमको रुपमा काम गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघका संघीय अध्यक्ष तथा यस अभियानका संघीय संयोजक श्री सुदर्शन सुवेदीले यस अभियानमा लागि पर्नु भएका सम्पूर्ण अपाङ्ता भएका व्यक्तिहरु, यससँग सम्बन्भित संघसस्थाहरु तथा सरकारी तथा गैर सरकारी संघसस्थाहरु र पत्रकार महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नभयो । यस सँगै संघीय स्तरमा पनि यस Count Me अभियान सञ्चालन हुदैं आएको जानकारी गराउदै हाल सम्म विभिन्न सरकारी निकायहरुमा अपाङ्गता अधिकार ऐनको कार्यान्वयन तथा अपाङ्गता समन्वय समितिको स्थापनाको पहल गर्दै अपाड्गता सवाल र पहिचान गरी सेवा र सुविधा पहुँचयुक्त बनाउन माग गरेको छ । साथै सरकारी निकायहरुबाट प्राप्त सकरात्मक प्रतिबध्दतालाई कसरी कार्यान्वयन गर्नसकिन्छ भन्ने बारेमा अवलम्बन कार्यको थालनी गर्न आवश्यक छ । यस अभियानले अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्ने संघसंस्थाहरुलाई समेत सशक्तिकरण गर्न मद्दत गरेको छ । अभियानले समाजमा अपाङ्गता र यसको विविधता सहितको सचेतना अधिवृध्दि गर्न तथा सरकारी र गरैसरकारी निकायहरुलाई ध्यानाकर्षण गर्न सफल भएको छ । यस अभियानले आगामी दिनमा पनि यस किसिमका सहर्काय तथा समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार पहुँचयुक्त बनाउन प्रेरित गरेको छ ।

प्रदेश स्तरीय जनवकालत अभियान का तस्विरहरू:


There are 9 images in this folder


Orientation Program

Orientation Program for advocacy campaign in Province 1.

 

Advocacy Rally

Advocacy Rally in Province 3.

 

Delegation Meeting

Delegation Meeting of Province 5.

 

Advocacy Rally

Advocacy Rally

Karnali province started their rally with slogans.

 

Press Conference

Press Conference

Press Conference of Gandaki Province.

 

Press Conference

Press Conference

Press conference of Province 2.

 

Advocacy Rally

Advocacy Rally

Rally of Gandaki province (2).

 

Advocacy Rally

Advocacy Rally

Rally of Gandaki Province

 

Orientation

Orientation

The first day event in province seven facilitating by federal focal person Mr Man Bahadur Saud.

Leave a Reply

Your email address will not be published. Required fields are marked *