श्री अध्यक्षज्यू,
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका सम्पूर्ण सदस्य संस्थाहरु ।
विषय : साधारण सभाको निमन्त्रणा सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७४ कार्तिक १६ को निर्णय अनुसार निम्न मिति, समय र स्थानमा महासंघको १८ औं वार्षिक साधारण सभा आयोजना हुन गइरहेको सहर्ष जानकारी गराउँदछु ।
उक्त साधारण सभामा यहाँको संस्थाबाट महासंघको विधान अनुसार कार्यसमितिमा १००% अपाङ्गता भएका व्यक्तिहरुको संस्थाबाट २ जना प्रतिनिधि (एक जना महिलासहित) कार्यसमितिमा ५१% अपाङ्गता भएका व्यक्तिहरु रहेको संस्थाबाट १ जना प्रतिनिधि र कार्यसमितिमा ५१% भन्दा कम अपाङ्गता भएका व्यक्तिहरु रहेको संस्थाबाट १ जना पर्यवेक्षक छनौट गरी २०७४ साल मंसिर १२ गते भित्र ईमेल मार्फत लिखित रुपमा जानकारी पठाउनु हुन र सदस्यता नविकरण गराई साधारण सभामा भाग लिई कार्यक्रम सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
साधारण सभा तथा कार्यक्रम
मिति : २०७४ मंसिर २७ र २८ गते ।
स्थान : काठमाण्डौ
उद्घाटन समय : २०७४ मंसिर २७ गते बिहान १० बजे ।
साधारणसभाका प्रस्तावहरु
१. महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्यक्रम ।
२. कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको अनुमानित आय व्यय विवरण ।
३. महासंघको विधान संशोधन ।
४. लेखा परीक्षकको नियुक्ति ।
५. विविध
नोट :
- साधारण सभामा भाग लिन आउने प्रतिनिधिको आवास र खानाको व्यवस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय कार्यालयले गर्नेछ ।
- साधारण सभामा भाग लिन आउने सहभागीले यातायातको लागि प्रतिनिधि स्वयंम वा सम्बन्धित संस्थाले नै व्यहोर्नु पर्नेछ ।
- व्यवस्थापनको सहजताको निम्ति प्रतिनिधिको लागि तोकिएको फारम अनिवार्य भरी पठाउनु पर्ने छ ।
- उपत्यका बाहिरबाट कार्यक्रममा भाग लिन आउने प्रतिनिधिहरु २०७४ मंसिर २६ गते बेलुका सम्म काठमाण्डौ आईसक्नु पर्नेछ ।
- आ.ब. २०७३/७४ सम्म नविकरण गराएका सदस्य संस्थाहरुले मात्र उक्त साधारण सभामा भाग लिन पाउनेछन्
- २०७४ मंसिर १२ भित्र प्रतिनिधि तथा पर्यवेक्षकको नाम प्राप्त नभएका सदस्य संस्थाहरुलाई साधारण सभामा सहभागी गराउन महासंघ बाध्य हुने छैन ।
नोटः साधारण सभामा भाग लिन नविकरण नगरेका संस्थाहरुले मंसिर १२ गते भित्र नविकरण गरिसक्नुहुन पनि अनुरोध गरिन्छ ।
राजु बस्नेत
महासचिव