सीआरपीडीको प्रतिवेदनका सन्दर्भमा संयुक्त राष्ट्रसंघले पठाएका सवालहरूका सूचिमा (list of issues) मा सरोकारवालाविच छलफल सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ को कार्यान्वयनको विषयमा नेपाल सरकार र नागरिक समाजको तर्फबाट छुट्टा छुट्टै प्रतिवेदन पेश गरिसकेपछी संयुक्त राष्ट्रसंघको सिआरपीडी समितिले यस विषयमा थप स्पष्ट र अध्यावधिक हुनाको लागि पठाएको सवालहरूको सूची (List of Issues) मा २०७४ साल मंसिर १६ (2nd December 2017) मा त्रिपुरेश्वर स्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको डीइसीसी को हलमा वृहत छलफल गरियो ।

अपाङ्गता भएका व्यक्तिहरूको २६ॵ अन्तर्राष्ट्रिय दिवसको पूर्व संन्ध्यामा मनोसामाजिक अपाङ्गताको क्षेत्रमा काम गर्ने सँस्था कोशिशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा नागरिक समाजको तर्फवाट अपाङ्गता अधिकार सम्बन्धी महासन्धीको प्रतिवेदन समेत लेख्न सहयोग पुर्याउनुभएका कानुनविद् श्री कपिल अर्यालले सवालहरूको सूचीको वारेमा प्रस्तुती गर्नुभयोभने विषय विज्ञको रुपमा श्री प्रतिमा गुरुङ्गज्यूले सो उपर आफ्ना विचारहरू राख्नुभयो । कार्यक्रममा अपाङ्गता अधिकारको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाका करिव ३० जना सहभागिता रहेको थियो ।

सवालहरूका सूचीमा उठेका विभिन्न सवालहरूमा आवश्यक सुझाव सङ्कलन गर्न र सूचना पृष्ठपोषण गर्न यस छलफलमा उठेका सुझावहरूलाइ समेत समावेश गरी नागरिक समाजको तर्फबाट सवालहरूका सूचीमा जबाफ तयार गर्न तल उल्लेखित पाँच सदस्यीय समिति गठन गरियो ।

समिति

संयोजक : श्री निता केशरी भट्टराई
सदस्य : श्री प्रतिमा गुरुङ्ग (विषय विज्ञ)
सदस्यः शर्मिला पराजुली
सदस्यः वेदराज ढुङ्गाना
सदस्यः ममता भट्टराई

साथै यस सन्दर्भमा महासंघका सबै सदस्य सँस्था र अन्य सरोकारवालाहरुलाई ढिलोमा डिसेम्बर ५ सम्ममा आफ्नो तर्फबाट तल उल्लेखित इमेलमा केहि सुझाव वा सूचना भएमा लिखित रुपमा दिनुहुन हार्दिक अनुरोध समेत गरिन्छ ।

सम्पर्क

सम्पर्कः नीता केशरी भट्टराई
ईमेलः ntkeshary@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *