जेशिका कक्सद्धारा नेपालको भ्रमण

काठमाण्डौ यू.एस.आइ.डी., ह्यान्डक्याप्ट इन्टरनेशनल र राष्ट्रिय अपाङ्ग महासघ नेपालको सयुक्त आयोजनामा जन्मजात नै दुबै हात नभएकी अमेरिकी नागरिक विमान चालिका जेसिका कक्ससँग साक्षतकार कार्यक्रम काठमाण्डौमा गरियो । सो कार्यक्रममा दुबै हात विना पनि जेसिका कक्सले गरेका विभिन्नन कार्यहरुलाई समावेश गरेर तयार पारिएको भिडियो प्रस्तुत गरिएको थियो ।

यसै क्रममा उहाँलाई स्वागत गर्दै नेपालकी जन्म पश्चात दुबै हात र एउटा खुट्टा गुमाउनु भएकी शारीरिक अपाङ्गता भएकी महिला कमला श्रेष्ठ, जन्मजात नै दुबै हात नभएकी शारीरिक अपाङ्गता भएकी महिला शुशीला ढकाल र जन्म पश्चात दुबै आँखाको ज्योती गुमाएर पूर्णदृष्टिविहिन हुन भएकी महिला सृष्टी के.सी.ले पनि अपाङ्गता भए पछिको चुनैती र जीवन यापनको अनुभव बताउनु भएको थियो ।

Welcoming Jessica Cox by NFDN Vice President Ms. Tika Dahal

सो साक्षतकार कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले समाजमा अपाङ्गता भएका व्यक्तिहरुको सम्मानजनक सहभागिताको लागि वातावरण सृजना गर्नु पर्ने बताउनु भयो । यसै क्रममा अमेरिकी नागरिक जो जन्मजात नै दुबै हात नभएकी जेशिका कक्सले घर परिवारको साथ र सहयोग भएको खण्डमा जस्तो सुकै कठिनाईको पनि सामना गर्न सकिने बताउनु भयो । यसै क्रममा उहाँले आफ्नो आमा बुवा, दाजु र दिदीको साथ र सहयोगले आफु १४ बर्षको हुदा तेक्वन्डोमा ब्याक बेल्ट प्राप्त गर्न सफल भएको र सन् २००८ मा खुट्टाले हवइ जहाज उडाउने प्रथम महिलाको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको पनि बताउनु भएको थियो भने उहाँलाई उहाँका तेक्वान्डोका गुरु पिटरले जीवन साथीको रुपमा साथ दिनु भएको पनि जानकारी गराउनु भएको थियो भने जेसिका कक्सको नेपाल भ्रमणमा उहाँका श्रीमान पिटरको पनि उपस्थिति रहेको थियो ।

जेसिका कक्सले नेपालमा ३ दिनको बसाईमा नेपालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने सघ सस्थाहरु जस्तै ललितपुर जिल्लाको अनल ज्योती बोर्डिङ् स्कूल, राष्ट्रिय अपाङ्ग कोष भृकुटीमण्डप, इ.सि.आर.सी. ललितपुर, जन्मजात दुबै हात नभएकी महिला शुशीला ढकालले कार्य गर्ने स्थान लाजिम्पाट, भक्तपुर सि.वि.आर. लगाएतका सघ सस्थाको अवलोकन गर्नु भएको थियो । यो अवलोकनको लागि ह्यान्डक्याप्ट इन्टरनेशनल व्यवस्थापन मिलाएको थियो ।

१८ भदौ २०७४,

शर्मिला विश्वकर्माद्वारा तयार गरीएको समाचार। तस्बिर: शर्मिला विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *