पहुंचयुक्त निर्वाचनका लागि पर्यवेक्षण गर्न अपांगता भएका व्यक्तिहरुकालागि पर्यवेक्षण तालिम सम्पन्न

Read this story in English

राष्ट्रिय अपांग महासंघ नेपालले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ लाई अपांगताको दृष्टिकोणबाट पहुंचयुक्त भए नभएको पर्यवेक्षण गर्नका लागि ७ वटा प्रदेशका १/१ वटा जिल्ला समेटिने गरी ७ वटा जिल्लाका लागि निर्वाचन आयोगबाट अनुमति प्राप्त गरी सोही अनुसार  १२५ जना अपांगता भएका व्यक्ति र अभिभावकहरुलाई अपाङ्गतामैत्री निर्वाचन प्रकियाको पर्यवेक्षण सम्बन्धी तालिम प्रदान गर्यो । ती तालिमहरू बिराटनगर, बर्दिया, कैलाली र हेटौँडामा आयोजना गरिएको थिए। पहिलो चरणमा मंसिर १० निर्वाचन हुने जिल्लाहरू मध्य संखुवासभा र जुम्लामा पर्यवेक्षण गरिने छ भने बांकी ५ वटा  जिल्ला क्रमश: सप्तरी, सिन्धुली,पर्वत, बर्दीया र कैलाली मा आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको पर्यवेक्षण गरिने छ ।

observation_training
तस्बिर विवरण: हेटौंडामा आयोजित निर्वाचन पर्यवेक्षण तालिमलाई सहजीकरण गर्नुहुँदै महासंघका उपाध्यक्ष श्री टीका दाहाल। साथमा अन्य अतिथीहरू।

आइफेस नेपालसँगको आर्थिक साझेदारीमा आयोजित तथा मुख्य प्रशिक्षकको रुपमा महासँघका उपाध्यक्ष श्री टीका दाहाल रहनु भएको उक्त तालिमहरूमा सम्बन्धित जिल्लाका निर्वाचन कार्यलयका प्रतिनिधी, आईफेस नेपालका प्रतिनिधि तथा स्थानीय तालिमप्राप्त सहजकर्ताहरूले बिभीन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो। उक्त तालिमहरूमा निर्वाचन पर्यवेक्षण सम्बन्धी सैद्धान्तिक ज्ञानका साथै नुमना मतदान तथा नमुना पर्यवेक्षणको समेत आयोजना गरिएको थियो।

तस्बिर विवरण: हेटौंडामा आयोजित तालिमका क्रममा नमुना मतदान तथा नमुना पर्यवेक्षणको आयोजना हुँदै। चारवटै स्थानमा आयोजित तालिमका क्रममा जिल्ला निर्वाचन कार्यालयको सहयोग मा यस्ता नुमना मतदान तथा नमुना पर्यवेक्षणको आयोजना गरिएको थियो।

उक्त तालिमहरूमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन २०७४ को परिचय, निर्वाचन संग सम्बन्धीत ऐन कानुन, अपांगताको दृष्टिकोणबाट पहुंचयुक्त निर्वाचनको सवाल, निर्वाचन आचार संहिंता र पर्यवेक्षकको आचारसंहिता तथा उनीहरूको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण दिईएको थियो।

पहुंचयुक्त निर्वाचनको पर्यवेक्षण गर्नका लागि तालिम प्राप्त पर्यवेक्षकहरुबाट प्राप्त प्रतिवेदनका आधारमा सूचना संकलन गरी राष्ट्रिय अपांग महासंघ नेपालले अन्तिम प्रतिवेदन तयार गरी दुबै चरणको निर्वाचन सम्पन्न भए पछि निर्वाचन आयोगलाई सुझाव सहित बुझाउने छ ।

Photo Caption: Group Photo of Participants after the training was conducted in Bardiya.
तस्बिर विवरण: बर्दीयामा आयोजित निर्वाचन पर्यवेक्षणको तालिमको समापन पश्चात सामुहिक तस्बिर खिचाउँदै सहभागीहरू।

Read this story in English

Leave a Reply

Your email address will not be published. Required fields are marked *