राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएमसँगको साझेदारीमा तल उल्लेख गरिए बमोजिमका निकाय अन्तर्गत रहेका केही संरचनाहरूलाई अपाङ्गता भएका व्यक्तिहरू लगायत सबैका लागि पहुँचयुक्त बनाउने प्रयोजनका लागि गर्न गइरहेको निर्माण, मर्मत तथा सम्भार कार्यका निम्ति इच्छुक भ्याटमा दर्ता भएका फर्महरुले उक्त कामको लागि आवश्यक पर्ने निर्माण तथा मर्मत(सम्भार सम्बन्धी आर्थिक प्रस्ताव र लिखित आवेदन सहितको दरभाउको विवरण (Quotations) यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिन भित्र तलको ठेगानामा बुझाउनको लागि अनुरोध गर्दै यो सूचना जारी गरिएको छ।
निर्माण तथा मर्मत-सम्भार सम्बन्धी विस्तृत डिजाइन, स्कोप अफ वर्क (Scope of Work) एवम् बीओक्यु (Bill of Quantities) यसै सूचना साथ राखिएको छ । आवेदन सातौं दिनको कार्यालय समय भित्र आइ सक्नु पर्ने छ । कुनै कारण जनाई वा नजनाइ, सम्पूर्ण वा आंशिक रूपमा दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ।
तपसिल
आनन्दवन हस्पिटल, ललितपुर, नेपाल
Scope of Work for Anandaban Hospital
दरभाउ पत्र बुझाउने ठेगाना
राष्ट्रिय अपाङ्ग महासँघ नेपाल,
परियोजना कार्यालय, बिजुलीबजार, अनामनगर- काठमाडौं
फोन नं ०१५२४४५४०.
इ-मेल ठेगाना: admin@nfdn.org.np, lcs@nfdn.org.np, accounts@nfdn.org.np