महासंघका पूर्व क्षेत्रीय अध्यक्ष टंक तिवारीको निधनमा शोक विज्ञप्ती

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, साविक मध्यमाञ्चल विकास क्षेत्रका भूतपूर्व अध्यक्ष श्री टंक तिवारीको २०७५ साल असार २६ गते बिहान ५ बजे असामयिक निधन भएको खवरले हामी मर्माहत भएका छौं । अल्पायुमै भएको उहाँको निधनले राष्ट्रिय अपांग महासंघले एक जागरुप अभियन्ता र असाध्यै आत्मीय मित्र गुमाएको छ । उहाँको निधनले अपांगता क्षेत्रमा अपुरणीय क्षति पुग्न भएको छ ।

यो शोकको घडीमा उहाँका आत्मीय परिवारजन, इष्टमित्र, आफन्त, शुभचिन्तक, सहकर्मी र साथीभाई सबैमा धैर्यधारण गर्ने शक्ति मिलोस्, उहाँको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रिय अपांग महासंघ समग्र परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु ।

आज २०७५ साल असार २७ गते यो विज्ञप्ती जारी भए पश्चात राष्ट्रिय अपांग महासंघ नेपालका सम्पूर्ण कार्यालयहरु बन्द रहने ब्यहोरा समेत अनुरोध गर्दछु ।

राजु बस्नेत
महासचिव
राष्ट्रिय अपांग महासंघ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *