राष्ट्रिय अपांग महासंघ नेपालका उपाध्यक्ष श्री टीका दाहालको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिहरू को एक टोलीले मिति २०७४ माघ २ गते यातायात व्यवस्था विभागका महानिर्देशक श्री रुपनारायण भट्टराई लाइ भेटेर ध्यानाकर्षण पत्र बुझायो । सार्वजनिक सवारी साधन अपांगता भएका व्यक्तिहरुका लागि पहुंचयुक्त हुनु पर्ने, पहुंचयुक्त सवारी साधनहरुको आयात र संचालनलाई प्रवर्द्धन गरिनु पर्ने, सवारी साधन प्रयोग गर्ने स्थलहरु (रोक्ने र ओराल्ने ठाउं) अपांगतामैत्री रूपमा निर्माण गरिनु पर्ने र सार्वजनिक सवारी साधन प्रयोग गर्दा अपांगता भएका व्यक्तिहरु माथि हुने दुर्व्यवहार र विभेदलाई तत्काल रोक्नु पर्ने लगायतका मागहरु बुझाइएको पत्रमा समावेश थियो।

- अपांगता मैत्री सवारीसाधनहरु आयातलाई प्रवर्द्धन गर्ने नीति कानुनमा राख्नका लागि प्रतिबद्धता जायर गर्नुका साथै यसलाई अझ प्रभावकारी बनाउन अपांगताको सवाल हेर्ने महिला बालबालीका तथा समाजकल्याण मन्त्रालयमार्फत यातायात व्यवस्था सम्बन्धी ऐन शंसोधनको प्रस्ताव लिएर जानु पर्ने सुझाव समेत प्रस्तुत गर्नुभयो।
- सार्वजनिक सवारी साधन प्रयोग गर्दा अपांगता भएका व्यक्ति माथि हुने विभिन्न खालका र्दुव्यवहार र विभेदका घटनाहरु जस्तैः (आरक्षीत सिटमा बस्न नदिने, साहयक सामग्रि राख्न नदिने, भाडा छुट दिन नमान्ने, गाडी चड्न नदिने, अपशब्दहरु प्रयोग गर्ने) भएको खण्डमा तुरुन्तै हेल्लो सरकार ११११, ट्राफिक प्रहरी नं. १०३ र यातायात व्यवस्था विभागका अंचल कार्यालयहरुमा उजुरी गर्नु पर्ने र त्यसका आधारमा सरकारले तत्काल कार्यवाही गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो।