अपाङ्गता भएका व्यक्तिहरुको २६औं अन्तर्राष्ट्रिय दिवस सम्पन्न

राष्ट्रिय अपाङ्ग महासँघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको छाता सँगठन हो । यसले विगत २५ वर्ष देखि अपाङ्गता अधिकारको प्रवर्धनको लागि काम गरिरहेको छ । राष्ट्रिय अपाङ्ग महासँघ नेपालले देशभरीका ३३५ सदस्य संघसंस्थाहरुलाई प्रतिनिधित्व गरिरहेको छ । हाल राष्ट्रिय अपाङ्ग महासँघले सरकार, कानून निर्माता र नागरिक समाज र अन्य सरोकारवाला निकायहरुसँग सम्नवय र सहकार्य गरी अधिकारमुखी अवधारणा अनुसार नीति निर्माणको तहमा सरकारलाई सघाउने कार्य गरिरहेको छ । नेपालले सिआरपिडी अनुमोदन गरिसकेपछि विभिन्न नीति नियमहरु वन्ने क्रम जारी छ । त्यसमध्ये नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नको लागि अपाङ्गता अधिकार ऐन नेपाल सरकारले असोज २९ २०७४ मा प्रमाणिकरण गरिसकेको छ भने उक्त अधिकार कार्वान्वयनका लागि नियमावली वनिरहेको छ । यसै सन्दर्भमा २६ ‍औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा उक्त ऐन कार्यान्वयनका लागि के कस्ता चुनौतिहरु रहेका छन् भनी छलफल गरिएको छ । साथसाथै महिला हिँसा विरुद्द १६ दिने अभियान पनि यसै वीचमा परेको हुनाले यस वारेमा पनि कार्यक्रममा छलफल गरिएको छ ।

 

कार्यक्रमका अतिथिहरु
तस्बिर विवरण: कार्यक्रमका अतिथिहरु

महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना, राष्ट्रिय अपाङ्ग महासँघको सँयोजकत्व र माई राईट तथा यु एन डि पीको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको २६ औं अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरुद्दको अभियानको १६ दिने अभियानको उपलक्ष्यमा अपाङ्गता अधिकार ऐन २०७४ र सँघिय नेपालमा कार्यान्वयनका वाटाहरु नामक अन्तरकृयाको आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरु, नागरिक समाज, नेपाल सरकार र अन्य साझेदार निकायहरुको सहयोग र समन्वयमा र उपस्थितिमा यस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमलाई दुई भागमा विभाजन गरिएको छः  उद्घाटन सत्र र प्रस्तुतिकरण ।

उद्घाटन सत्र

कार्यक्रम मुल आयोजक सँयोजक महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयका सचिव ङयेन्द्र प्रसाद ङईन्द्र प्रसाद उपाध्याय को अध्यक्षतामा निम्न अतिथिहरुको उपस्थिति रहेको थियो ।

अतिथिः राधिका अर्याल – सह सचिब – महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय

अतिथिः सोफी ख्यामजेडा – उप निर्देशक – यु एन डि पी नेपाल

अतिथिः उरान अल्फ्ररेडसन – माई राईट स्वीडेन

अतिथिः प्रो. डा. उल्फ ग्याङ्ग – जर्मनी

अतिथिः शिव रायमाझीः राष्ट्रिय सँयोजक- माई राईट

अतिथिः सुजना शाक्य – राष्ट्रिय सँयोजक – माई राईट

अतिथिहरुः माई राईट स्वीडेनका टिमहरु

राष्ट्रिय गानवाट कार्यक्रमको शुरुवात  गरियो भने कार्यक्रमको औपचारिक उद्घाटन महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिब, यु एन डि पी उपनिर्देशक र माई राईट स्वीडेनका अध्यक्षले सँयुक्त रुपमा गर्नुभयो ।

 

स्वीडेनका अध्यक्षबाट सँयुक्त रुपमा औपचारिक उद्घाटन
तस्बिर विवरण: महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिब, यु एन डि पी उपनिर्देशक र माई राईट स्वीडेनका अध्यक्षबाट सँयुक्त रुपमा औपचारिक उद्घाटन

आज अपाङ्गता भएका व्यक्तिहरुको २६औं अन्तर्राष्ट्रिय दिवसमा आयोजना गरिएको कार्यक्रमको उद्देश्यको माथि माई राईट का राष्ट्रिय सँयोजक शिव रायमाझीले प्रकाश पार्नुभयो । अपाङ्गता अधिकार ऐन जारी भएका मन्त्रालय तथा समस्त अपाङ्गता भएका व्यक्ति र सरोकारवाला निकायलाई वधाई दिंदै ऐनलाई कार्वान्वयन कसरी गर्ने भन्ने वारेमा अन्तरकृया गर्नु र चुनौतिहरुको वारेमा कुरा गर्नु अत्यन्त सान्दर्भिक रहेको कुरा उहाँले वताउनुभयो ।

कार्यक्रममा विभिन्न अतिथिहरुले नेपालमा अपाङ्गताको क्षेत्र, यसमा भइरहेको कृयाकलापहरु, रहेको चुनौतहरुको वारेमा आफ्नो आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा निम्न अतिथिहरुले आफ्नो धारणा तथा भनाई राख्नुभएको थियो ।

सोफी लिन्डा – उप निर्देशक – यु एन डि पी – यु एन डि पी ले नेपालमा अपाङ्गताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ । हाल ६ वटा विभिन्न सँस्थामा समन्वय गरेर कार्य गरिरहेको छ । यसको साथै हाल महिला, वालवालिका र समाज कल्याण मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ । आगामी वर्षमा शिक्षा मन्त्रालयसँग काम गर्ने यु एन डि पीको योजना रहेको छ । उक्त योजना अन्तरगत नेपालका दुईवटा जिल्लामा पाइलट परियोजना सञ्चालन गर्नेछ । मुख्य गरेर यु एन डि पीले पुनर्स्थापनाको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रो. डा. उल्फ ग्याङ्ग – जर्मनी – जर्मन प्रोफेसर डा. उल्फ ग्याङ्गले यसपालीकव नेपाल भ्रमणमा एक औपचारिक जिम्मेवारी लिएर आएको कुरा वताउनुभयो । नेपाल सरकारले स्थापना गर्न लागेको खुला विश्व विद्यालयको अवधारणालाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनी प्राविधिक सहयोग प्रदान गर्न र खुला विश्वविध्यालय मार्फत कसरी दुर शिक्षा सञ्चालन गर्न सकिन्छ भनि सल्लाह दिन उहाँ नेपाल आउनुभएको कुरा वताउनुभयो। प्रविधिको द्रुत विकास भएको अवस्थामा दुर शिक्षाको माध्यमवाट अपाङ्गता भएका व्यक्तिहरुको उच्च शिक्षामा सहयोग पुग्नुपर्छ भनेर यस खुला विश्वविद्यालयको अवधारणा ल्याइएको हो ।

के पी अधिकारी- अध्यक्ष – राष्ट्रिय वहिरा महासँघ – नेपालमा धेरै लामो सँघर्षपछि अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन सँसोधन भएको छ । अव वन्ने ऐन कानुनमा सबै अपाङ्गता भएका व्यक्तिहरुको मुद्दाहरु समेट्नु जरुरी छ ।

लक्ष्मी देवकोटा – अपाङ्गता अधिकार एन भन्दा छिटो कार्यान्वयन होस् भन्ने शुभकामना ।

अध्यक्ष -माइ राईट स्वीडेन – माइ राईट स्वीडेनमा अवस्थित सँस्थाहरुको तर्फवाट यहाँलाई शुभकामना । सि आर पि डी मा उल्लेखित अधिकार यहाँको वास्तविक जीवनमा उपभोग गर्न पाउनुहोस् । आज निकै कठिनाईका वावजुद पनि यहाँहरुले प्राप्त गर्नुभएको सफलता निकै सर्हानिय छ । यहाँहरुको यति महत्वपूर्ण कार्यक्रममा पाहुनाको रुपमा निम्त्याउनु भएकोमा धेरै धेरै धन्यवाद ।

सोफी – उप निर्देशक – यु एन डि पी – यो विशेष कार्यक्रममा सँयुक्त राष्ट्रसँघको तर्फवाट सहभागी हुन पाउँदा धेरै खुशी लागेको छ । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन हामीले प्राप्त गरेका छौं जुन धेरै खुशीको कुरा हो ।

अर्जुन शर्मा गुरागाईं – सहायक प्रमुख जिल्ला प्रमुख- जिल्ला प्रशासन कार्यालय – अधिकारमुखि अवधारणामा रहेर अपाङ्गता अधिकार ऐन वनेको छ । अब हामीले आवश्यकतामा आधारित रहेर कार्यक्रम गर्नुपर्दछ । स्थानीय निकायमा प्रयाप्त रुपमा श्रोत रहेको छ त्यसलाई श्रोत सञ्जालिकरण गरी स्थानीय तहसम्म पुग्ने गरी कार्यक्रम गर्नु पर्दछ । अधिकारमुखि अवधारणामा रहेर स्थानीय तहले नै स्वामित्व लिएर काम गर्नु पर्दछ ।

राधिका अर्याल – सह सचिव – महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय – पुरानो कल्याणकारी अवधारणालाई विस्थापित गरी नया अधिकारमुखि अवधारणामा आधारित रहेर ऐन वनेको छ र आगामी माघ १ गते देखि ऐन कार्वान्वयनमा आउनेछ । सरकारले अब वनाउने ऐनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सबै ऐनहरुमा राखिनेछ ।

ङइन्द्र प्रसाद उपाध्याय – प्रमुख अतिथि- सचिव – महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय – अपाङ्गताको क्षेत्र कल्याणकारि अवधारणावाट अधिकारमुखि अवधारणामा परिवर्तन भईसकेको छ । तर पनि अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न थुप्रै चुनौतिहरु रहेका छन् । आज अपाङ्गता अधिकार ऐन हाम्रो सामु छ । कार्वान्वयनमा रहेका चुनौतिहरु कसरी हटाउने भन्ने कुरामा हामीले काम गर्नु जरुरी छ । हाम्रो ऐनको उद्देश्य कसरी प्रभाबकारी रुपमा पुरा गर्ने भन्ने कुरामा हामीले धेरै काम गर्नुपर्छ । सरकारको तर्फवाट अपाङ्गता भएका व्यक्तिहरुको हक हितका लागि सहयोगको लागि नेपाल सरकारको तर्फवाट सहयोग रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *