Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

दशौँ अपेक्षित परिणाम : क्षेत्रीय, अन्तरक्षेत्रीय र उपक्षेत्रीय सहकार्यको विकास गर्ने

November 29, 2019November 29, 2019

एसिया प्रशान्त क्षेत्रका लागि विगतका दुई दशकमा गरिएका कामको अनुभवले विशेष गरेर राम्रा अभ्यास र सिकाइहरूको आदान प्रदान र नयाँ आविष्कार गरिएका कुराहरूको आदान प्रदानमार्फत क्षेत्रीय, अन्तरक्षेत्रीय र उपक्षेत्रीयस्तरको सहकार्यको महत्वलाई दर्शाएको छ । सन् २०११ को डिसेम्बरमा अनुदान प्रभावकारितामा चौथो उच्चस्तरीय मञ्चले अवलम्बन गरेको “प्रभावकारी विकास सहकार्यका लागि बुसान साझेदारी” ले प्रभावकारी विकासका लागि सहकार्यका आधारहरू तयार गर्न अपाङ्गताको सवालमा गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको महत्वलाई मान्यता दिएको छ । नागरिक समाज र निजी क्षेत्रले अपाङ्गता अधिकारका क्षेत्रमा इन्च्योन रणनीतिले तय गरेका अपेक्षित परिणाम र लक्ष्यहरू हासिल गर्न नवीन र सिर्जनात्मक अवधारणाहरू ल्याउन मुख्य सहजकर्ताको भूमिका खेल्न सक्छ ।

एसिया प्रशान्त क्षेत्रमा अझै धेरै लामो समयसम्म सामना गर्नुपर्ने चुनौती छन् । द्वन्द्वपछिका अवस्थाहरू, जस्तैः जमिनमुनि राखिएका वा बेवारिसे अवस्थामा रहेका विष्फोटक पदार्थहरू पड्किएर वा युद्धले छाडेका अन्य प्रभावहरूका कारण अपाङ्गता हुने कुरा र जीवनयापनसँग जोडिएका चुनौतीहरूलाई निरन्तरता दिइरहेको छ । यस दशकले यस्ता चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउन राम्रो अवसर प्रदान गरेको छ ।

प्रगति मापन गर्ने सूचक

मुख्य सूचक

१०.१.      सरकार तथा अन्य दाताहरूबाट Asia-Pacific Multi Donor Trust Fund र अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनका लागि गरिएका पहल र निर्धारण गरिएका कार्यक्रम कार्यान्वयनका लागि गरिएको वार्षिक सहयोग वा योगदान ।

१०.२.      Asia-Pacific Multi Donor Trust Fund र अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनका लागि गरिएका पहल र निर्धारण गरिएका कार्यक्रम कार्यान्वयनका लागि योगदान गर्ने दाताको संख्या ।

१०.३.      सरकार तथा अन्य दाताले अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनका लागि स्वेच्छिकरूपमा गरेको वार्षिक सहयोग वा
योगदान ।

१०.४.      अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनलाई सहयोग गर्ने दक्षिण-दक्षिणबीचको सहकार्यलगायत क्षेत्रीय सहकार्यसम्बन्धी कार्यक्रमहरू भएका संयुक्त राष्ट्रसंघीय निकायको संख्या ।

१०.५.      अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनलाई सहयोग गर्ने दक्षिण-दक्षिणबीचको सहकार्यलगायत क्षेत्रीय सहकार्यसम्बन्धी कार्यक्रम भएका उपक्षेत्रीय अन्तरसरकारी निकायको संख्या ।

१०.६.      दक्षीण-दक्षिणबीचको सहकार्यलगायत क्षेत्रीय तथा उपक्षेत्रीय परियोजनाको संख्या, जसमा अपाङ्गता भएका व्यक्तिहरूको एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्रीस्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयन गर्न अपाङ्गता भएका व्यक्तिहरूले सञ्चालन गरेका र उनीहरूका लागि सञ्चालन भइरहेका संस्थाहरूको सहभागिता ।

१०.७.      महासन्धिको अनुमोदन र कार्यान्वयनका लागि सहयोगी एसिया तथा प्रशान्त क्षेत्रमा काम गरिरहेका विकाससम्बन्धी साझेदार निकायको संख्या, जसको कार्यादेश, नीति, कार्ययोजना र अपाङ्गता समावेशी विकासका लागि पूर्ण समर्पित र राम्रो अनुभव भएको सम्पर्क व्यक्ति भएको होस् ।

१०.८.      अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनका लागि राष्ट्रसंघीय पाँचवटा क्षेत्रीय आयोगका संयुक्त क्रियाकलापको संख्या ।

१०.९.      एसिया तथा प्राशान्त क्षेत्रमा इस्क्याप वा अन्य निकायले अपाङ्गताका विषयमा र त्यसमा पनि विशेष गरेर अपाङ्गताको ICF अवधारणामा तालिम दिएका तथ्याङ्कविद्को संख्या ।

१०.१०.   संयुक्त राष्ट्रसंघका सदस्य देश वा क्षेत्रीयस्तरका विकास सहयोगसम्बन्धी कार्ययोजनाको संख्या, जसले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई विभिन्न देश अन्तर्गतका राष्ट्रसंघीय कार्यक्रमहरूमा समावेश गर्न बनाइएको राष्ट्रसंघीय विकास समूहको मार्गनिर्देशन अनुकूल अपाङ्गता समावेशी विकासलाई सम्बोधन गर्छ ।

लक्ष्य

  • इस्क्यापले व्यवस्थापन गरेको Asia-Pacific Multi Donor Trust Fund र अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त दशक, सन् २०१३-२०२२ को मन्त्री स्तरीय घोषणापत्र र इन्च्योन रणनीति कार्यान्वयनका लागि गरिएका पहल र निर्धारण गरिएका कार्यक्रमहरूमा सहयोग तथा योगदान गर्ने ।
  • एसिया तथा प्रशान्त क्षेत्रका विकास साझेदार निकायहरूले आफ्ना अपाङ्गता समावेशी नीति र कार्यक्रमहरूलाई सबल बनाउने ।
  • राष्ट्रसंघका क्षेत्रीय आयोगहरूले अपाङ्गताको सवाल र अपाङ्गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको कार्यान्वयनसँग सम्बन्धित राम्रा अभ्यास र अनुभवहरूको अन्तरक्षेत्रीय आदान प्रदानलाई सबल बनाउने ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search