Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

सहयोग विहीनहरुको सहयोगी सीताराम सर

October 21, 2019October 22, 2019

ईलाम जिल्लाका पञ्चकन्या गाविसमा सीताराम रेग्मीको सम्पन्न परिवारमा जन्म भयो । सीताराम सरले जीवनलाई कहिले फर्केर हेर्नु परेको थिएन । आईएड पढ्दा पढ्दै उहाँ सरकारी विद्यालयमा शिक्षक हुनुभयो । आइएड पास गरेपछि स्थानीय श्री पञ्चकन्या प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुनु भयो । यता घरमा गाई पालन तथा चिया खेति थियो । यसले उनको आम्दानी पनि राम्रो थियो । परिवारमा ५ जना सदस्यहरुको जीवन खुसीसाथ वितिरहेको थियो ।

समय पनि कति निष्ठुरी हुदोरहेछ । एकपटक ईलामवाट काठमाण्डौ जाने क्रममा बस दुर्घटना भयो । त्यही दुर्घटनाबाट उनी नराम्रोसँग घाइते भए । उनलाई हतार हतार गर्दै अस्पताल लगियो । तर जति उपचार गरेपनि ठिक भएन । अन्ततः उनको एउटा खुट्टा गुम्यो र उनी सदाको लागि शारिरीक अपाङ्गता भएका व्यक्ति हुन पुगे । शुरुको दिनहरु उनको सार्है कहाली लाग्दो भयो । करिब १ वर्षसम्म त उनी विद्यालय जान पनि सकेनन् । उनी विस्तारै आफ्नो लयमा फर्कदै गए । त्यसपछि बैशाखीको सहारामा विद्यालय जान थाले । पुनः बालबालिकालाई पढाउन थाले आफ्नो दुःख पिडालाई भुलेर।

कहिले काहीँ विध्यालयमा विध्यार्थीहरुलाई अपाङ्गता सम्बन्धी पढाएको थाहा थियो तर त्यतीखेर सम्म अपाङ्गता के हो ? अपाङ्गता भएका व्यक्तिको अधिकार केहो ? उनले राम्रोसँग बुझेका रहेनछन् । सायद चासोको विषय नै परेन की ?

जब जिल्ला च्याप्टरले राष्ट्रिय अपाङ्ग महाँसंघको सहयोगमा अपाङ्गता अधिकार सम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याउने भयो । उनले पनि चासो दिएछन् ।  त्यस कार्यका लागि भरपुर सहयोग पनि गरे ।

शारिरीक अपाङ्गता भएका एक व्यक्ति आफ्ना अनुभवका कुराहरु बताउँदै

उनको काम प्रतिको लगाव देखे पछि, जिल्ला च्याप्टरले कार्यक्रममा सम्लग्न हुन अनुरोध गर्यो । अन्नतः अपाङ्गता भएको व्यक्तिहरुको अधिकारको लागि क्षितिज स्वावलम्वन समुह गठन भयो । सबैको अनुरोधमा सीताराम सरले समुहको अध्यक्ष पद जिम्मा लिए ।

जब उनी संयोजक बने, यस मार्फत गाउँमा भएका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु लाई एकै ठाउँमा भेला गराए । समुहमा बसेर अपाङ्गता अधिकारको लागि नेतृत्व विकासको तालिमका साथसाथै अन्य तालिम पनि पाए । त्यसपछि अपाङ्गताको अधिकार अझ राम्रोसँग बुझ्न पाए । यस पछिका दिनमा गाउँ, जिल्ला तथा राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि वकालत गर्न थाले । उनको कामलाई अन्य साथीहरुले पनि सहयोग गर्दै गए ।

जिल्ला भरीका अपाङ्गता भएको व्यक्तिहरु र तिनका परिवारलाई अधिकार प्राप्तीको लागि संगठित गर्ने काम गरे । कुनै ठाउँमा पनि अपाङ्गता भएका कारण हेला, अपमान हुन नपरोस् भन्ने उनको अभियान हो ।

हिजो आज कहीँ कुनै ठाउँमा अपाङ्गताको सवालमा आवाज उठाउनु परे तुरुन्तै उनी पुग्छन् । जिल्लाको ठूलाबडालाई तुरुन्तै डाक्छन् । जिल्ला भरीमा अपाङ्गता भएका बालबालिकाको लागि समावेशी शिक्षा र छात्रवृत्तिको लागि पहल गरिरहेका छन् । यदि कुनै विद्यालयले नमाने तुरुन्तै त्यसको प्रतिकार गर्छन् । त्यसको लागि वकालत गर्छन् । स्वास्थ्य, शिक्षा र आय आर्जनका लागि अपाङ्गताले पाउने हक अधिकारका लागि तल्लीन छन्  सीताराम सर । सहयोगी विहीनहरुको सहयोगी बनेका छन् उनी । आवजवीहीनहरुको लागि आवाज बनेका छन् सीताराम सर । सरको उत्साह सधै यसरीनै अघिबढी रहोस् ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search