अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ (Inclusive Education Policy for Persons with Disabilities)

शिक्षा पाउनु सबै बालबालिकाको अधिकार हो।नेपालको संविधानले सामाजिक न्याय स्थापित गर्न समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ साथै प्रत्येक नागरिकलाई अनिवार्य र निःशुल्क आधारभूत शिक्षा पाउने हकको व्यवस्था गरेको छ।नेपालले बाल अधिकार महासन्धि सन् १९८९ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि सन् २००६ अनुमोदन गरेको छ।यसै गरी सबैका लागि…