अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०७७ साल चैत्र १८ गते वुधवार सामाजिक विकास समिति, कर्णाली प्रदेशको आयोजना र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशको सहकार्यमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र पुर्नस्थापना सेवामा पहुँच अभिवृद्दी बिषयक अन्तरक्रिया सम्पन्न भएको छ।  कार्यक्रममा कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका समस्या, चुनौति, नितिगत बाधाहरु तथा सरकारी तवरबाट भोग्नु परेका अफ्ठायाराहरुको बारेमा छलफल गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरुका स्वास्थ्य पुर्नस्थापना, शिक्षा, रोजगारी र आयआर्जनका विषयमा बोल्दै प्रदेशका अध्यक्ष विष्णु प्रसाद शर्माले सहायक सामाग्री सामाजिक विकास मन्त्रालयले आफुखुशी किनेर वितरण गर्ने गरेकोमा त्यसप्रति असन्तुस्टि व्यक्त गर्नुभयो । पहुँचवालाको बोलवालामा अपाङ्गता भएका व्यक्तिहरुको लागि छुट्टिएको बजेट अन्य क्षेत्रमा खर्च भएको ध्यानकर्षण गराउदै त्यस कामको अनुगमन गर्ने समितिलाई सुझाव दिनुभएको थियो । विभिन्न विषयगत समितिका माननियहरुले अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्याङ लिन नसक्दा सेवा र कार्यक्रमहरुको योजनाहरु बनाउन चुनौतिपूर्ण रहेको बताए। स्थानीय देखि प्रदेश सरकार नयाँ अभ्यासमा भएकाले कतिपय विषयको दक्षता आफुहरुसंग नभएकाले महासंघको साथ र सहकार्यको आवश्यकता रहेको बताएका थिए ।

सामाजिक विकास समिति अध्यक्ष माननिय देवी ओलीले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलता हामीले बुझेका छौ तर सरकार भर्खर तिन बर्षमै हिडिरहदा अपेक्षानुरुप सबैलाई समेट्न नसकेको सहि हो, हामीले छुट्टाईएका बजेट कार्यक्रम कसरी दिगो हुनसक्छन् हामी सहकार्य गर्दै जानुपर्छ । तथ्याङको लागि २०७८ को नतिजा कुर्नेपर्ने हुन्छ ।अबका विधेयकका मस्यौदाहरुमा पनि हामी सिधा सहकार्य गर्नेछौ”।

कार्यक्रममा कर्णाली प्रदेशसभाका बिभिन्न विषयगत समितिहरुका १० जना प्रदेशसभा सदस्यको सहभागिता रहेको थियो। राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट संघिय महासचिव राजु बस्नेतले प्रस्तुतिकरण गर्नु भएको थियो ।

पुनर्स्थापनाका सवालमा अबको चासो बिषयमा प्रस्तुतीकरण गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय महासचिव-राजु बस्नेत
पुनर्स्थापनाका सवालमा अबको चासो बिषयमा प्रस्तुतीकरण गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय महासचिव-राजु बस्नेत
कर्णाली प्रदेशमा अब बन्दै गरेका नीतिमा पुनर्स्थापनाका सवाललाई समेट्ने प्रतिबद्धता ब्यक्त गर्दै कर्णाली प्रदेशशभा अन्तर्गत सामाजिक विकास समिति अध्क्षय माननिय देवी ओलीl
कर्णाली प्रदेशमा अब बन्दै गरेका नीतिमा पुनर्स्थापनाका सवाललाई समेट्ने प्रतिबद्धता ब्यक्त गर्दै कर्णाली प्रदेशशभा अन्तर्गत सामाजिक विकास समिति अध्यक्ष माननीय देवी ओली l