शिक्षा पाउनु सबै बालबालिकाको अधिकार हो।नेपालको संविधानले सामाजिक न्याय स्थापित गर्न समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ साथै प्रत्येक नागरिकलाई अनिवार्य र निःशुल्क आधारभूत शिक्षा पाउने हकको व्यवस्था गरेको छ।नेपालले बाल अधिकार महासन्धि सन् १९८९ तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि सन् २००६ अनुमोदन गरेको छ।यसै गरी सबैका लागि शिक्षाको अन्तर्राष्ट्रिय अभियानमा आफ्नो प्रतिबद्धता जनाउँदै अपाङ्गता भएका बालबालिकालाई शैक्षिक मूल प्रवाहमा समावेश गरी शिक्षाको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिका लागि समावेशी शिक्षा नीति, २०७३ जारी गरिएको छ।
नेपाल सरकार मन्त्रीपरिषद् द्वारा २०७३ पौष २६ गते पारित गरिएको अपाङ्गता भएका व्यक्तिहरूका लागी समावेशी शिक्षा निती, २०७३ यस प्रकार रहेको छ।
Microsoft Word Format मा डाउनलोड गर्नुहोस्