संचारकर्मी, संचार माध्यमका प्रतिनिधिहरू र पत्रकारहरूलाइ अपाङ्गता सम्बन्धी अभिमुखीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५, प्रदेश समितिको समन्वय र प्लान नेपालको सहयोगमा मिति २०७६ साल असौज ११ गते बुटवलमा नवलपरासी, कपिलवस्तु, पाल्पा र रूपन्देहीका विभिन्न स्थानीय संचार माध्यमका प्रतिनिधि, अपाङ्गता भएका पत्रकारहरू, एफ.एम.का स्टेशनहरूका स्टेशन म्यानेजर, स्थानीय टेलिभिजनका कार्यक्रम प्रस्तोताहरू र समाचार प्रमुखहरूलाइ अपाङ्गताका सवालहरूलाइ संचारमाध्यमहरूमा कसरी उठान गर्ने भन्ने विषयमा १ दिने अभिमुखीकरणको आयोजना गरियो ।

Participation in Orientation program in Butwal
Photo: Participation in Orientation program in Butwal

उक्त अन्तरकृयामा अपाङ्गताको अधिकारमुखी अवधारणा, नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरण, अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रयोग गरिने मर्यादित शब्दावली, संचार माध्यममा अपाङ्गता भएका व्यक्तिहरूको सकारात्मक छवीलाइ कसरी प्रस्तुत गर्ने तरिकाहरू, अपाङ्गताका सवालहरूलाइ संचार माध्यमहरूमा उठान गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरू र मिडीया कोडमा भएका अपाङ्गता सम्बन्धी व्यवस्थाको वारेमा व्यापक छलफल गरिएको थियो ।

महासंघका प्रदेश नं. ५ का अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमको संचालन प्रदेश समितिका सचिव श्री हुमनाथ अधिकारीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष श्री शारदा भट्टराइले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विषयमा अभिमुखीकरण राष्ट्रिय अपाङ्ग महासंघका संघीय अध्यक्ष श्री मित्रलाल शर्मा र प्रशासकीय व्यवस्थापक श्री मनिष प्रसाइले दिनुभएको थियो । ३० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा चार जिल्लाका विभिन्न संचार माध्यमका २५ जना संचार कर्मी र पत्रकारहरू सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *