It seems we can’t find what you’re looking for. Perhaps searching can help.
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (NFDN) ले सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include Us) परियोजना सिबियम ग्लोबलसँगको साझेदारीमा सातै प्रदेशमा कार्यान्वयन गरेको थियो । यस परियोजनाले पहुँचयुक्तता, अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच, समावेशी नीति र पैरवी, अपाङ्गता सम्बन्धी तथ्यांक, र अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्था (OPDs) को क्षमता अभिवृद्धि र सशक्तीकरणको क्षेत्रमा महत्वपूर्ण काम गरेको थियो ।
पाँच वर्षसम्म सञ्चालित यस परियोजनाका विभिन्न क्रियाकलापले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा केही सकारात्मक परिवर्तन ल्याउन सफल भएको महसुस गरेका छौँ । हामीले यस परियोजना सञ्चालनका दौरान हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई सङ्कलन गरी सबैमा पुर्याउने उद्देश्यले हाम्रो सानो प्रयासमार्फत आएका सकारात्मक परिवर्तनका कथाहरू तपाईंहरू माझ ल्याएका छौँ । यी सङ्कलित सफलताका कथाहरूले परियोजनाको उपलब्धि उजागर गर्ने मात्र नभई, यस क्षेत्रमा दीर्घकालीन रूपमा काम गर्दा सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिने विश्वास गरेका छौँ ।
It seems we can’t find what you’re looking for. Perhaps searching can help.