Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our WorksExpand
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
  • COVID 19Expand
    • General Guidelines
    • Rapid Assessment
    • Response

Language switcher

logo of nfdn

अवरोध पञ्छाउँदै इन्जिनियर – मासिक नब्बे हजारभन्दा बढी कमाइ

Home / Articles / अवरोध पञ्छाउँदै इन्जिनियर – मासिक नब्बे हजारभन्दा बढी कमाइ
December 28, 2019
  • Facebook
  • Twitter
  • Linkedin
  • Print
  • Email
  • Whatsapp
लेख

कृष्ण खनाल

‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्तिलाई कपिलवस्तु जिल्लाका अपाङ्‍गता भएका बिफई प्रजापती (कोहार) ले थप पुष्टी गर्नुभएको छ । उहाँले दुवै खुट्टामा बैशाखी प्रयोग गर्नुपरेको छ । जन्मदै अपाङ्‍गता रहेका उहाँले भारतको गोखरपुरमा रहेको एमएम इन्जिनियरिङ्ग कलेजबाट कम्प्युटर इन्जिनियर विषयमा स्नातक तह उपाधि हासिल गर्नुभयो ।

पारिवारिक वातावरण सहज भएका कारण भारतको गोखरपुरमा छात्रावासमा बसेर अध्ययन पूरा गर्नुभएका कोहार अहिले कपिलवस्तु जिल्लाको विजुवा– ८ मा सञ्चालन भएको स्टेप राइज इंग्लिस बोर्डिङ्ग स्कुलको प्राचार्य (प्रिन्सिपल) हुनुहुन्छ । त्यसैगरी उहाँ प्रगतिशील सहकारी संस्थाको सञ्चालक पनि हुनुहुन्छ भने कपिलवस्तुमै ग्र्याजुवेट कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्नुभएको छ ।

केही दिन पहिला रूपन्देहीमा भएको एउटा कार्यक्रममा प्रशिक्षकको रूपमा आउनुभएका कोहार भन्दै हुनुहुन्थ्यो– ‘सानैमा राम्रोसँग पढ्न पाएँ, त्यही भएर अहिले जीविकोपार्जनका लागि कसैको मुखताक्नु
परेको छैन ।’

विक्रम संवत २०६८ सालमा सुरु भएको उहाँको विद्यालयमा अहिले पाँच कक्षासम्म पढाइ हुँदै आएको छ । आठ जना शिक्षक–शिक्षिकालाई समेत त्यही विद्यालयको आम्दानीबाट तलब–भत्ता खुवाउन पुग्दै आएको उहाँ बताउनुहुन्छ । आएस्सी गर्नुभएका कोहारले प्रवेशिका परीक्षा (एसएलसी) छत्रपालीतीर्थदेवी मावि पकडीबाट उत्तीर्ण
गर्नुभएको हो ।

 

Engineer Prajapati infront of his school

अहिले विद्यालयबाट मासिक ४० हजार, इन्स्टिच्युटबाट मासिक ३० हजार र सहकारीबाट वार्षिक २५ हजार रुपियाँ आम्दानी गर्दै आएको जानकारी उहाँले दिनुभयो । उहाँ भन्नुहुन्छ– ‘म जे चाहन्छु त्यो गरेर छाड्छु । पढाइप्रतिको लगाव सानैदेखि थियो । त्यही भएर यो स्थानसम्म आएँ ।’

घर परिवारको सहयोगमा पाँच लाख रुपियाँको लागनीमा अर्धपक्की भवन निर्माण गरी विद्यालय सञ्चालन गरेका उहाँको विद्यालयमा अहिले ३५० जना विद्यार्थी छन् । उहाँ अपाङ्‍गताहुँदैमा केही कमी नहुने भन्दै पढाइलाई निरन्तरता दिई समाजका केही फरक काम गर्नसके राम्रो हुने बताउनुहुन्छ ।

अठ्ठाइस वर्ष लाग्नुभएका कोहारले निकट भविष्यमा विद्यालयको स्तर उन्नति गर्ने योजना बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ– ‘विद्यालयलाई अझ परिस्कृतरूपमा अगाडि बढाउनेगरी योजना बनाएको छु ।’

अपाङ्‍गता हुँदैमा कोही कमजोर र असक्षम नहुने र मेहनतका साथ आफ्नो काम अगाडि बढाए जो कोही पनि सफल हुने धारणा उहाँको छ ।

logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-4231159
Fax : +977-1-4229522
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookTwitter TwitterInstagram Instagram

© 2023 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • District Committees
    • Staffs
  • Our Works
    • News
    • General Activities
    • Projects
    • Partners
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
    • Work With Us
  • Contact
Search