मस्तिष्क पक्षघात सम्बन्धी तथ्य तथ्याङ्कहरु

यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ -नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो। यो प्रकासन मानसिक पक्षघातका बिभिन्न तथ्यहरू सम्बन्धित छ।

यो सामाग्री PDF मा डाउनलोड गर्नुहोस्।

यस सामाग्रीको बारे अझ प्रस्ट पार्ने चित्रयुक्त फ्लिपचार्ट डाउनलोड गर्नुहोस्।

मस्तिष्क पक्षघात : रोकथाम र तत्काल गरिनुपर्ने कार्यक्रमहरू

मस्तिष्क पक्षघात समुदायमा पाइने बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरूको एक प्रमुख कारण हो । हरेक पाँचसय बालबालिकामा एक जनालाई मस्तिष्क पक्षघात भएको छ र संसारभरी एक करोड बालबालिकालाई मस्तिष्क पक्षघात भएको अनुमान छ ।

मस्तिष्क पक्षघात भनेको के हो ?

बच्चा गर्भमा रहदै, वा जन्मने बेला वा जन्मिसकेपछि मस्तिष्कमा हुने चोटपटकका कारण मस्तिष्क पक्षघात हुन्छ। यसले शरीरको अङ्गहरूको चाल र समन्वयमा प्रभाव पार्छ। प्रायः यस्ता व्यक्तिहरूमा मांसपेशीहरूको असाधारण खुम्चाई हुन्छ । कसै कसैमा मुर्छा पर्ने वा सुझबुझमा कम हुने वा कुराकानी राम्रो गरी बुझ्न नसक्ने हुन्छ। यो समस्याको उपाचार गरेर पनि पूर्णरुपमा निको हुँदैन ।

केही बालबालिकामा यो धेरै जटिल हुन्छ भने कसैमा सामान्य हुन्छ । जटिल समस्या हुनेहरूमा सुझबुझ नहुने देखि मुर्छा पर्ने सम्म हुन्छ। उच्च विकसित मुलुक जहाँ उच्च प्रविधियुक्त उपचार गर्न सकिन्छ, त्यस्तो ठाउँहरूमा समेत मस्तिष्क पक्षघात भएका मध्ये २५ प्रतिशत बालबालिकाहरू स्वतन्त्ररुपमा हिंडडुल गर्न सक्दैनन् । अल्पविकशित वा विकासशील मुलकहरूमा त यो प्रतिशत धेरै हुन्छ ।

मस्तिष्क पक्षघातका कारणहरू के के हुन् ?

तल उल्लेखित सहित मस्तिष्क पक्षघातका धेरै कारणहरू हुन सक्छन् ।

  • गर्भावस्थामा हुने असरहरू
  • प्रसवमा हुने अप्ठ्याराहरू
  • महिना नपुगी जन्मिएका बच्चाहरू
  • संक्रमणहरू
  • वंशानुगत समस्याहरू
  • मस्तिष्क औलो ज्वरो

सीविएमले अफ्रिकामा गरेको काम र अनुभवको आधारमा ३ वर्ष मुनिका बालबलिकाहरूमा औलो ज्वरो मस्तिष्कपक्षघातको प्रमुख कारण हो । युगान्डामा गरिएको एक अध्यननले मस्तिष्क औलो ज्वरो भएर बाँचेका ६० प्रतिशत बालबालिकाहरूमा मस्तिष्क पक्षघात भएको छ । मस्तिष्क पक्षघात भएका बालबालिका र उनीहरूको परिवारले ती बालबालिकाहरूको हिडडुल, दैनिक विद्यालय आउने जाने र स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा अप्ठ्यारा र चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्ता बालबालिका र परिवारहरूलाई भेदभाव, हेला र पछाडि पार्ने गरिन्छ ।

मस्तिष्क पक्षघात कसरी रोकथाम गर्न सकिन्छ ?

प्राथमिक स्वास्थ्य सेवा प्रवर्द्धन लगायत निम्न कुराहरू गर्न सके मस्तिष्क पक्षघात रोकथाम गर्न सकिन्छ ।

  • परिवार नियोजन र जन्मान्तर ।
  • गर्भवती सेवा, उपयुक्त पोषण, खोप सेवामा पहुँचका साथै विषालु पदार्थहरूसँगको सम्पर्क कम गर्ने ।
  • सुरक्षित तवरले बच्चा जन्माउने
  • मस्तिष्क औलो ज्वरो जस्ता जटिल संक्रमणबाट नवजात शिशुहरूलाई बचाउने ।

मस्तिष्क पक्षघातको रोकथाम र तत्काल गरिनुपर्ने उपचार गर्न सीवीएमका के के रणनीतिहरू छन् ?

सीवीएमले निम्न दुई तरिकाहरूबाट मस्तिष्क पक्षघातको रोकथाम गर्ने रणनीति लिएको छ ।

  • शारीरिक अशक्तता र अपाङ्गतालाई रोकथाम गरी बालबालिकाको प्रारम्भिक स्वास्थ्य र विकासमा कसरी सुधार ल्याउने भन्ने फ्लिपचार्टको प्रयोग गरी स्वास्थ्य प्रवर्द्धन र शिक्षा मार्फत रोकथामका कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • मस्तिष्क पक्षघात भएका बालबालिकालाई कसरी सहयोग गर्ने भन्ने फ्लिपचार्टको प्रयोग गरी तत्काल पुनस्थापनाका कार्यक्रमहरू सञ्चालन गर्ने ।

यी दुबै सामग्रीहरू समुदायमा स्वास्थ्य सेवा दिने र प्राथमिक स्वास्थ्यमा काम गर्ने व्यक्तिहरूका लागि तयार गरिएका हुन् । फ्लिपचार्ट सहित अन्य पाठ्य सामग्रीहरू समुदायमा स्वास्थ्य शिक्षा दिन उपयोगि छन् । त्यसैगरी पाठ्य सामग्रीहरू समुदायमा आधारित पुनस्थापन कार्यकर्ताहरूको तालिमका लागि उपयोगी हुने छन् । सीवीएमले यो पाठ्यक्रम मार्फत स्तर निर्धारण गरिएको तालिम कार्यक्रमलाई मात्र प्रयोगमा ल्याउन आफ्ना साझेदार संस्थाहरूलाई प्रोत्साहित गर्छ ।

मस्तिष्क पक्षघात भएका बालबालिकालाई कसरी सहयोग गर्ने भन्ने फ्लिपचार्टका सम्बन्धमा

समुदायमा मस्तिष्क पक्षघातसम्बन्धी काम गरेर खारिएका सीवीएमका साझेदार संस्थाहरूका विज्ञहरूको टोलीले यो फ्लिपचार्ट तयार गरेको हो । मस्तिष्क पक्षघात भएका शिशुहरूलाई पुनस्थापनासम्बन्धी सेवाहरू स्वास्थ्य संस्थाहरूबाट भन्दा उनीहरूलाई स्याहारसुसार गर्ने व्यक्तिहरू मार्फत दिन प्रभावकारी र उत्तम मानिन्छ । त्यस्ता बालबालिकाहरूको भविष्य उज्जवल बनाउन उनीहरूलाई आवश्यक सीप दिन जरुरी छ । मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई जतिसक्यो सानो उमेरमा नै पुनस्थापनासम्बन्धी सेवाहरू पुयाउनुपर्छ । फ्लिपचार्टले स्याहारसुसार गर्ने व्यक्तिहरूलाई यस्ता बालबालिकाहरूको पुनस्थापनाका लागि घरमा नै गर्न सकिने सेवाहरूको बारेमा बुझ्न सजिलो बनाउँछ । यसमा बालबालिकालाई कसरी राख्ने, खुवाउने, दिसा, पिसाब गराउने जस्ता आधारभूत कुराहरू राखिएको छ। त्यस्तै गरी मस्तिष्क पक्षघात भएका बालबालिकाहरूलाई कसरी परिवार, समुदाय, शैक्षिक संस्था र सामाजिक क्रियाकलापमा सहभागी बन्न सहयोग गर्ने भन्ने कुराको पनि व्याख्या गरिएको छ ।

शुरुका दुइपानामा मस्तिष्क पक्षघातका जटिलता, लक्षण, चिन्हहरू र मस्तिष्कमा भएको क्षतिको बारेमा व्याख्या गरिएको छ । यो कुरा अभिभावक र स्याहार सुसार गर्ने व्यक्तिको लागि बुझ्न अप्ठ्यारो वा गाह्रो हुन सक्छ । त्यसो भएको खण्डमा सिविआर कार्यकर्ताले फ्लिपचार्टको पछिल्लो खण्डमा उल्लेख गरिएका विषयहरू जस्तैः विषयबाट आफ्ना कुराहरू शुरु गर्न सक्छन् । मस्तिष्क पक्षघात भएका बालबालिकाहरूको सहयोगसम्बन्धी निर्देशिकामा फ्लिपचार्टमा भएका सन्देशहरूलाई बृस्तितीकरण गरिएको छ।

यो निर्देशिका सामुदायिक कार्यकर्तालाई तालिम दिने प्रशिक्षकहरूले प्रयोग गर्छन्। यो निर्देशका हेस्पेरियन फाउन्डेसनको स्वीकृति लिएर डेविड वर्नरले लेखेको आपाङ्ग बालबालिका भन्ने पुस्तकबाट लिइएको हो । त्यसैले, अन्य महत्वपूर्ण ज्ञान र प्रविधिसम्बन्धी जान्न मन लागेमा उक्त पुस्तकको अरु पाठहरू पनि अध्ययन गर्न सकिन्छ ।

मस्तिष्क पक्षघातको तत्काल गरिने पुर्नस्थापनासम्बन्धी कार्यक्रम सामग्री कसरी प्रभावकारी कार्यान्वयन गर्ने ?

  • सीवीएमका समुदायमा रहेका परियोजना र कार्यक्रमहरू मार्फत मस्तिष्क पक्षघात पुर्नस्थापनासम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्न उत्प्रेरित गर्ने
  • फ्लिपचार्टलाई विभिन्न (A1 &A4) साईजमा छाप्ने
  • ठूला आकार (A1) का फ्लिपचार्टहरू स्वास्थ संस्था र पुनस्थापना केन्द्रहरूमा प्रयोग गर्न उपयोगी हुन्छन् । र साना आकार (A4) साईजका

फ्लिपचार्टहरूलाई समुदाय वा परिवारमा सानासाना समूह छलफलमा प्रयोग गरिन्छन् । यस्ता फ्लिपचार्टलाई टिकाउ राख्न प्लास्टिकले मोड्नु वा लेमिनेशन गर्नुपर्छ ।

यस्ता साना फ्लिपचार्टहरूलाई कम पढेका वा निरक्षर व्यक्तिहरूले पनि बुझ्ने गरी चित्रहरू सहित बनाउनु पर्छ । उक्त चार्टलाई व्याख्या गर्न आवश्यक अरू पाठ्यसामाग्रीहरू चार्टको पछाडी राखिनु पर्छ ।

  • प्रशिक्षक र सहयोगीहरूले प्रयोग गर्ने निर्देशिका पाठ्यक्रम हो र फ्लिपचार्टमा राखिने सामाग्रीहरू त्यसैको आधारमा हुनुपर्छ ।
  • यो सम्पूर्ण सामाग्रीहरूलाई सरकारी वा जनस्वास्थ्यसँग सरोकार राख्ने संस्थाहरूमा वकालत/पैरवी गर्न पनि प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *