प्राथमिक स्वास्थ्य सेवा: अपाङ्गता र विचलन रोकथामसम्बन्धी तथ्याङ्क

यो प्रकाशन CBM ले सन् २०१२को अप्रिलमा बालबालिकाको स्वास्थ्य र विकासलाई कसरी सुधार्ने भन्ने विषयमा तयार गरेकोको अपाङ्गता रोकथामसम्बन्धी सामाग्रीको एक अंश हो। यो सामाग्री CBM ले राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल (NFDN), अन्तर्राष्ट्रिय गै.स.सं. संजाल अपाङ्गता कार्य समूह (AINDwG),नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRc) र विकलाङ्ग मित्र समूह/ अपाङ्ग बाल अस्पताल तथा पुनस्थीपना केन्द्र (FoD/HRDC) सँगको सहकार्यमा तयार गरेको हो।

यो सामाग्रीलाई PDF Version मा डाउनलोड गर्नुहोस्।

यस सामाग्रीको बारे अझ प्रस्ट पार्ने चित्रयुक्त फ्लिपचार्ट डाउनलोड गर्नुहोस्।

बालबालिकाको स्वास्थ्य र विकासमा कसरी सुधार ल्याउने :

अपाङ्गता र विचलन रोकथाम

  • सीवीआर म्याट्रिक्सले स्वास्थ्यका आधारभूत पक्षहरू मध्ये स्वास्थ्य पबर्द्धन र रोकथामलाई महत्वपूर्ण रूपमा लिएको छ ।
  • उपचारद्वारा शरीरमा आएको विचलनबाट हुनसक्ने अपाङ्गता रोकथाममा ठूलो मदत पुग्छ भन्ने कुरा प्रमाणित भैसकेको छ ।
  • विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले रोग र अपाङ्गताबाट बच्न प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने कुरालाई प्रोत्साहित गरेका छन् ।प्राथमिक स्वास्थ्य सेवासम्बन्धी यो सामग्रीले सीवीएमका साझेदार संस्थाहरूलाई अपाङ्गता रोकथाम सम्बन्धी गतिविधिहरूलाई प्राथमिक स्वास्थ्य सेवाका कार्यक्रमहरूमा समाहित गर्न मद्दत गर्छ । विश्व स्वास्थ्य संगठन र युनिसेफले विकास गरेको रोग रोकथामसम्बन्धी विद्यमान कार्यक्रमहरूमा नै विचलन र अपाङ्गता रोकथामसम्बन्धी कार्यक्रमहरूलाई समावेश गर्न जोड गरिएको छ ।

सीवीएमले पनि विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले तयार पारेको स्वस्थ जीवनको सरल तरिका (Facts for life) लाई नै सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरेको छ। त्यहाँ भित्रका उपयुक्त मोड्युलहरूलाई बालबालिकामा हुने अपाङ्गता रोकथामको लागि निम्नअनुसार साभार गरिएका छन् ।

  • सुरक्षित मातृत्व र जन्मान्तर
  • स्तनपान्म
  • बाल पोषण र बालबृद्धि
  • हड़ीको विकृतिहरूको रोकथाम
  • सरसफाई
  • बृद्धि विकास र सिकाई
  • औलो ज्वरो रोकथाम
  • सङ्क्रमण रोकथाम
  • पोलाईबाट रोकथाम
  • दुर्घटना चोष्टपटकबाट बच्ने सुरक्षित घरेलु उपाय

यो टुलकिट (शैक्षिक सामग्री) का केही महत्वपूर्ण सिद्धान्तहरू :

१. सुरक्षित मातृत्व र जन्मान्तर

  • स्वस्थ बच्चा जन्मिनुका साथै सङ्क्रमण र नवजात शिशुमा हुने जटिल समस्याहरूमा कमी आउँछ।
  • पिसाब थैली र योनीमार्ग बीच प्वाल पर्ने (भेसाइको भेजाइनल फिस्टुला) लगायत सुत्केरीमा हुने जटिलताहरू घट्छ ।
  • महिना नपुगी बच्चा जन्मने दर घट्छ जुन मस्तिष्क पक्षघातको महत्वपूर्ण कारण हो ।
  • आमालाई दिइने रूबेलाको खोप, आयोडिन र फोलिक एसिडयुक्त खानेकुराहरूले बच्चामा हुने जन्मजात क्षतिहरूको जोखिम घट्छ।

२. स्तनपान

  • बच्चाको पोषणमा सुधार भई प्रतिरक्षा शक्ति बृद्धि हुनुकासाथै सङ्क्रमणको जोखिम घट्छ । नवजात शिशुहरू सङ्क्रमणको जोखिममा हुन्छन् । सङ्क्रमणले आँखा नदेख्ने हुने, कान पाकेर कान नसुन्ने हुने, स्नायु प्रणालीको सङ्क्रमणले छारेरोग, मस्तिष्क पक्षघात, बौद्धिक अपाङ्गताहुने र जोर्नीहरूको सङ्क्रमणले शारीरिक अपाङ्गता हुने जस्ता समस्या हुन्छन् ।

३. बाल पोषण र बृद्धि सम्बन्धी कार्यक्रम

  • कुपोषणबाट हुने पुड्कोपन, शारििरक तथा मानसिक विकासमा हुने समस्यालाई निराकरण गर्न सकिन्छ ।
  • भिटामिन ‘ए’ को कमीका कारण हुने अन्धोपन रोक्न सकिन्छ ।
  • भिटामिन ‘डी’ को कारण हुने हड़ीको समस्या कम हुन्छ।
  • रूबेला खोपको प्रयोगले अन्धोपन र कान नसुन्ने जस्ता अपाङ्गता कम गर्न सकिन्छ, त्यसै गरी पोलियो खोपले ‘पोलियो’ (खुट्टा लुलो र सानो हुने) हुनबाट बचाउँछ ।

४. हड्डीमा आउने विकृतिहरूको रोकथाम

  • खानामा भिटामिन ‘डी’ र क्याल्सियमको मात्रा कम हुनाले हड्डीमा विचलनहरू आउँछन् । खानामा क्याल्सियम कम हुने कुरा धेरैलाई जानकारी छैन । क्याल्सियमको कमीले बालबालिकाहरूमा हातखुट्टाहरू बाङ्गिने समस्या हुन्छ । त्यसैले क्याल्सियमयुक्त खाना खान प्रोत्साहित गर्नुपर्छ ।

५. सरसफाई

  • राम्रो सरसफाईले सङ्क्रामक रोगहरूबाट बचाउँछ । हात र अनुहारको सफाईले टूकोमा जस्तो अन्धो गराउन सक्ने संक्रमणबाट बचिन्छ ।

६. बुद्धिविकास र सिकाई

  • बालबालिका खास गरेर अपाङ्गता भएका बालबालिकाहरूलाई विभिन्न प्रयोजनात्मक उत्तेजना र सिकाईका अभ्यासहरूले धेरै मदत गर्छ ।

७. औलो ज्वरो रोकथाम

  • औलो ज्वरो बालबालिकाको मृत्युको प्रमुख कारण मात्रै होइन, यसले छारेरोग आँखा नदेख्ने, कान नसुन्ने लगायतका अपाङ्गता गराउँछ। त्यसैगरी मस्तिष्क पक्षघात र बुद्धिको विकास पनि कम हुने जस्तो समस्या ल्याउँछ । औलोले रक्तअल्पता गराउँछ जस्को कारण नवजातशिशु र गर्भवती आमालाई सङ्क्रमण हुने संभावना बढ्छ । रक्त अल्पताले महिना नपुगी बच्चा जन्मने सम्भावना हुन्छ । जस्को कारण मस्तिष्क पक्षघात हुनसक्छ ।

८. सड़क्रमण रोकथाम

  • माथि उल्लेख गरिएका कार्यक्रमहरूले धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुन्छ ।
  • सङ्क्रमण रोकथामको प्रमुख कसी भनेको सङ्क्रमण तुरून्तै पहिचान गर्नु र उपचार गर्नु हो ।
  • सुरक्षित सुई लगाउने अभ्यासले हेपाटाइटिस र एचआइभी जस्तो सङ्क्रमणबाट हुने अपाङ्गता रोकथाम गर्न मदत हुन्छ ।
  • कतिपय गरीब मुलुकमा सुई लगाउने दक्षताको अभावले पुट्ठाको नसा (सियाटिक नर्भ) मा असर भई खुट्टा नचल्ने हुने वा मासपेशीको संकुचन (Fibrosis) भई अपाङ्गता हुने हुन्छ । यो मोड्युलमा सुईको प्रयोग सकेसम्म नगर्ने वा गर्नुपर्ने भए पनि चिकित्सकको सल्लाह बमोजिम मात्रै गर्ने सल्लाह र सुझाब दिइएको छ ।

९. पोलाईबाट बच्ने

  • साना बालबालिकाहरू पोलाईको जोखिममा हुन्छन् र यसको कारण शारीरिक अपाङ्गता हुने गर्छ ।
  • अध्ययनहरूले पुष्टि गरेको छ कि गरीब मुलुकहरूमा पोलाई उपचारमा बच्चाहरूको पहुँच कम हुने भएकोले पोलाईको जटिलताको रूपमा जोर्नीहरू खुम्चने समस्या बढी नै पाईन्छ ।
  • यो मोड्युलले पोलाइबाट बचाउन खाना पकाउने आगो/चुल्हो, मैनबती आदि निभाउन र अन्य सुरक्षाका उपायहरु अपनाउन प्रोत्साहित गर्छ । साथै पोलाईको समस्या भएका बालबालिकाहरूको यथाशिघ्र उपचारको लागि प्रेरित गर्छ ।

१०. दुर्घटना र घर वरपर हुने चोटपटकको रोकथाम

  • धारिला हतियारहरू हानिकारक औषधि र रसायनिक पदार्थलाई सुरक्षित तबरले राख्ने र प्रयोग गर्ने गरेर घर भित्रको सुरक्षा व्यवस्था मिलाउनु पर्छ।
  • त्यसैगरी सडक दुर्घटनाबाट कसरी बच्ने र बचाउने भनेर बहस पैरवी गर्नुपर्छ ।
  • सीवीएमको साझेदार संस्थाहरूका सामुदायिक पुर्नस्थापन कार्यकर्ताले समुदायमा गरिने अरू कार्यक्रमहरू सँगै समाहित गरेर प्राथमिक स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन गर्न सक्छन् । सामुदायिक पुर्नस्थापन कार्यकर्ताले आफू कार्यरत क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्न सक्छन्। अपाङ्गतासम्बन्धी हुने कुनै पनि तालिममा अपाङ्गता रोकथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *