अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि २००६ एवं स्वेच्छिक प्रोटोकल २००६

१३ डिसेम्बर २००६ मा संयुक्त राष्ट्र संघको ६१ औं महासभाबाट पारित भएको हो । नेपालको व्यवस्थापिका संसदद्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको हो ।

प्रस्तावनाः

प्रस्तुत महासन्धिका पक्ष राष्ट्रहरु,

  • (क) मानव परिवारका सम्पूर्ण सदस्यहरुको नैसर्गिक मर्यादा र मूल्य तथा समान र अहरणीय अधिकारलाई नै विश्वमा स्वतन्त्रता, न्याय र शान्तिको आधारशीलाको रुपमा मान्यता दिने संयुक्त राष्ट्र संघको बडापत्रमा उद्घोषित सिद्धान्तहरु स्मरण गदै;
  • (ख) संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणपत्र र मानवअधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्रहरुमा प्रत्येक व्यक्ति तिनमा उल्लिखित सबै अधिकार तथा स्वतन्त्रताहरुको कुनै किसिमको भेदभाव विना हकदार भएको घोषणा र मन्जूरी गरेको कुरालाई स्वीकार गर्दै ;
  • (ग) सबै मानवअधिकार तथा आधारभूत स्वतन्त्रताहरुको सर्वव्यापकता, अविभाज्यता, अन्तरनिर्भरता तथा अन्तरसम्बन्द्धता साथै अपाङ्गता भएका व्यक्तिहरुलाई विना कुनै भेदभाव त्यस्ता अधिकार र स्वतन्त्रताहरुको पूर्ण उपभोगको प्रत्याभूति दिनुपर्ने आवश्यकतालाई पुनः पुष्टि गर्दै;
  • (घ) आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र, नागरीक तथा राजनैतिक अधिकारसम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र, सबै किसिमका जातिय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तराष्ट्रिय महासन्धि, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, यातना तथा अन्य क्रुर, अमानविय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, बाल अधिकार सम्बन्धी महासन्धि, बसाई सरेको सम्पूर्ण कामदार तथा उनीहरुको परिवारका सदस्यहरुको अधिकार संरक्षण गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासंन्धिलाई स्मरण गर्दै ;
  • (ङ) अपाङ्गता एउटा नवीनतम अवधारणा हो र अपाङ्गता भएका व्यक्तिहरु र दृष्किोण सम्वन्धी एवं वातावरणीय अवरोधहरु वीचको अन्तरक्रियाको परिणाम स्वरुप उत्पन्न हुन्छ, जसले अन्य व्यक्तिहरु सरह समान आधारमा समाजमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन वाधा पुर्याउँछ, भन्ने कुरालाई मान्यता दिंदै;
  • (च) अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरहरुको थप समानिकरण गर्नका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय तहमा नीति, योजना, कार्यक्रम तथा कार्यहरुको प्रवद्र्धन, तर्जुमा तथा मूल्याङ्कनमा प्रभाव पार्न अपाङ्ग व्यक्तिहरु सम्वन्धी विश्व कार्ययोजना तथा अपाङ्गता भएका व्यक्तिहरुलाई अवसरमा समानिकरण सम्वन्धी साधारण नियमहरुमा उल्लिखित सिद्धान्त र नीति निर्देशनहरुको महत्वलाई मान्यता दिंदै ;
  • (छ) अपाङ्गता सम्वन्धी षियलाई दिगो विकासका सम्वद्ध रणनीतिहरुको अभिन्न अङ्गको रुपमा मूल प्रवाहीकरण गर्नुपर्ने महत्वलाई जोड दिंदै ;
  • (ज) अपाङ्गताको आधारमा कुनै पनि व्यक्ति विरुद्ध हुने भेदभाव मानव मात्रको नैसंर्गिक मर्यादा तथा मूल्यको उल्लंघन हो भन्ने कुरालाई समेत मान्यता दिंदै ;
  • (झ) अपाङ्गता भएका व्यक्तिहरुको विविधतालाई थप स्वीकार गर्दै ;
  • (ञ) थप सघन सहयोग आवश्यक पर्ने लगायतका अपाङ्गता भएका सबै व्यक्तिहरुको मानव अधिकार सम्बद्र्धन र संरक्षणको आवश्यकतालाई मान्यता दिंदै ;
  • (ट) यस्ता विभिन्न दस्तावेज र प्रयासहरुका वावजुद पनि अपाङ्गता भएका व्यक्तिहरुले विश्वका सबै भूभागहरुमा समाजका समान सदस्यको रुपमा सहभागी हुन अवरोध तथा मानव अधिकार उल्लंघनको निरन्तर सामना गरीरहेका छन् भन्ने कुरामा चासो राख्दैं ;
  • (ठ) प्रत्येक मुलुक र खासगरी विकासोन्मुख मुलुकहरुमा अपाङ्गता भएका व्यक्तिहरुको जीवनावस्थाहरुमा सुधार गर्नका लागि अन्तराष्ट्रिय सहयोगको महत्वलाई स्वीकार गर्दै ;
  • (ड) अपाङ्गता भएका व्यक्तिहरुले उनीहरुको समुदायको सर्वाङ्गीण हित र विविधतामा पु¥याएको वा पुर्याउन सक्ने अमूल्य योगदानलाई तथा अपाङ्गता भएका व्यक्तिहरुको सबै मानवअधिकार तथा आधारभूत स्वतन्त्रताहरुको पूर्ण उपभोगको प्रवद्र्धनले तथा अपाङ्गता भएका व्यक्तिहरुको पूर्ण सहभागिताले उनीहरुको स्वामित्वको अनुभूतिमा अभिबुद्धि तथा समाजको मानविय, सामाजिक र आर्थिक विकास एवं गरीवी निवारणमा अर्थपूर्ण प्रगति ल्याउने कुरालाई मान्यता दिंदै;
  • (ढ) अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो लागि आफैले छनौट गर्न पाउने स्वतन्त्रता लगायत उनीहरुको व्यक्तिगत स्वायत्तता र स्वतन्त्रताको महत्वलाई स्वीकार गर्दै;
  • (ण) अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको प्रत्येक्ष सरोकार हुने लगायतका अन्य नीति र कार्यक्रमहरुको निर्णय गर्ने प्रक्रियामा सक्रिय रुपमा संलग्न हुन पाउने अवसर उपलब्ध हुनु पर्दछ भन्ने कुरामा विचार गर्दै;
  • (त) जाति, रंग, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय, जातिय, आदिवासी वा सामाजिक उत्पति, सम्पत्ति, जन्म, उमेर वा अन्य हैसियतको आधारमा विविध वा गम्भिर प्रकारका भेदभावका भागीदार भएका अपाङ्गता भएका व्यक्तिहरुले सामना गर्नु परेको कठिन अवस्थाबारे चासो राख्दै;
  • (थ) अपाङ्गता भएका महिला वा बालिकाहरु प्रायः घरभित्र र बाहिर दुबै स्थानमा अक्सर हिंसा, चोट वा दुव्र्यवहार, तिरस्कार वा तिरस्कारजन्य व्यवहार, गलत व्यवहार वा शोषणको उच्च जोखिममा भएको स्विकार गर्दै;
  • (द) अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिका सरह समान आधारमा सबै मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरुको पूर्ण उपभोग गर्नु पाउनु पर्ने कुरा स्वीकार गर्दै तथा यस उद्देश्य प्राप्तिका लागि पक्ष राष्ट्रहरुले बालअधिकार सम्बन्धी महासंन्धि अन्तर्गत वहन गर्न कवूल गरेका जिम्मेवारीहरुको स्मरण गर्दै ;
  • (ध) अपाङ्गता भएका व्यक्तिहरुको लागि सबै मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरुको पूर्ण उपभोग प्रवद्र्धन गर्ने सम्पूर्ण प्रयासहरुमा लैङ्गिक दृष्टिकोण समाहित गर्नुपर्ने आवश्यकतामा जोड दिंदै ;
  • (न) अपाङ्गता भएका बहुसंख्यक व्यक्तिहरु गरीबीको अवस्थामा जीवन यापन गरेको तथ्यलाई उजागर गर्दै तथा यस सम्बन्धमा अपाङ्गता भएका व्यक्तिहरुमा गरीवीले पारेको नकारात्मक प्रभाव सम्बोधन गर्नुपर्ने गम्भीर आवश्यकतालाई मान्यता दिंदै ;
  • (प) संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लिखित उद्देश्य तथा सिद्धान्तको पूर्ण सम्मानमा आधारित शान्ति र सुरक्षाका अवस्थाहरु तथा लागू हुने मानवअधिकार सम्बन्धी लिखतहरुको परिपालना अपाङ्गता भएका व्यक्तिहरु तथा खासगरी सशस्त्र द्वन्द्व र विदेशी कब्जामा रहेका व्यक्तिहरुको पूर्ण संरक्षणका लागि अपरिहार्य भएको कुरा दृष्टिगत गर्दै ;
  • (फ) अपाङ्गता भएका व्यक्तिहरुलाई सबै मानवअधिकार तथा आधारभूत स्वतन्त्रताहरुको उपभोग गर्नमा सक्षम तुल्याउन भौतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक वातावरण, स्वास्थ्य र शिक्षा एवं सूचना र संञ्चारमा पहुँचको महत्वकलाई स्वीकार गर्दै ;
  • (ब) अन्य व्यक्ति तथा आफू रहेको समुदाय प्रति कर्तव्य रहेको प्रत्येक व्यक्तिमा मानव अधिकारसम्बन्धी अन्तराष्ट्रिय विल (International Bill of Rights) मा व्यवस्था गरीएका अधिकारहरुको सम्बर्ध्दन र पालनाको लागि प्रयत्नरत रहने जिम्मेवारी रहेको कुरालाई महसुस गर्दै ;
  • (भ) परिवार समाजको प्राकृतिक र आधारभूत समूहगत ईकाइ हो तथा समाज र राज्यबाट संरक्षण प्राप्त गर्न हकदार छ एवं अपाङ्गता भएका व्यक्तिहरुको अधिकारहरुको पूर्ण र समान उपभोगका लागि योगदान दिन परिवारलाई सक्षम तुल्याउन अपाङ्गता भएका व्यक्तिहरु तथा उनीहरुको परिवारले आवश्यक संरक्षण र सहयोग प्राप्त गर्नुपर्छ भनी आश्वस्त हुदैं;
  • (म) अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र मर्यादाको सम्वर्घन र संरक्षण गर्ने विस्तृत तथा एकीकृत अन्तराष्ट्रिय महासंन्धिले अपाङ्गता भएका व्यक्तिहरुको गम्भिर सामाजिक असुविधालाई पुनः सम्बोधन गर्न तथा विकासोन्मुख र विकसित दुवै मुलुकहरुमा नागरीक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रहरुमा समान अवसरहरुका साथै उनीहरुको सहभागितालाई सम्बद्र्धन गर्न महत्वपूर्ण योगदान दिनेछ ।

विस्तृत अध्ययनका लागि निम्न लिङ्कमा जानसक्नुहुनेछः

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ पूरा पाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *