पालिकाका जनप्रतिनिधि र कर्मचारीज्यूहरुलाई अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले द एसिया फाउन्डेसनसँगको साझेदारीमा स्थानीय सरकार सबलीकरण कार्यक्रमको अपाङ्गता समावेशी विकासको परियोजना अन्तर्गत  तानसेन, दमक र भिमेश्वर नगरपालिकाहरुमा अपाङ्गता विकास सम्बन्धी दुइ दिने अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोधहरु,अपाङ्गताका परिभाषा तथा प्रकार, अपाङ्गता सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, र सोमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच, चुनौति र अवसरहरुको बारेमा स्थानीय पालिकाका जनप्रतिनिधि,कर्मचारीहरुबीच छलफल गरिएको थियो । समुदायमा सबैभन्दा पछाडि परेकाहरुका समस्याहरुलाई केन्द्रमा राखेर विकासको योजना बनाएमा मात्र उक्त विकासको कामले समाजमा रहेको ठुलो जनसंख्यालाई एकै पटक फाइदा पुर्याउने हुनाले समावेशी विकासको नै मूलप्रवाहीकरण माध्यम हो । समावेशी विकासको सिद्धान्तको उपयोग गरेर सम्पादन गरिएका विकासका कामहरुमा समुदायको स्वामित्व हुने हुनाले यो दिगो र भरपर्दो हुने गर्दछ । कार्यक्रममा आधारभूत सेवाहरुमा पहुँच सुनिश्चितता, अन्य व्यक्ति सरह मानविय सहायता, समान पहुँच सुनिश्चित गर्ने लक्ष्य, समावेशीकरण मानव अधिकारको पनि सवाल रहेको विषयमा छलफल गरिएको थियो । यसै गरी विकासका नियमित कार्यक्रमहरु र सेवाहरुमा अपाङ्गता भएका व्यक्तिहरुलाई समावेश गर्नु, समाजका समान सदस्यको हैसियतमा हेर्नु, शिक्षा, स्वास्थ्य,रोजगार, खेलकुद र मनोरञ्जनमा पहुँच अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धीका विषयमा छलफल गरियो । उक्त महासंन्धीले नेपाल सरकारलाई गरेको सिफारिसहरुको कार्यान्वयन गर्न सबै सरोकारवालाहरु र अधिकारकर्मीहरुको समन्वय र सहकार्य हुनुपर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो । तीन वटै पालिकाहरुका मेयर र उपमेयर ज्यूहरु अभिमुखीकरणको क्रममा सामूहिक रुपमा बनाएको कार्ययोजनाको कार्यान्वयन गर्न र गराउन प्रतिबद्ध भएको बताउनु भयो । साथै अपाङ्गताका सवालमा अझै समबुझाइ विकास भइ नसकेको स्वीकार गर्नुहुदै जनप्रतिनिधि तथा कर्मचारी लगायत सबै सेवा प्रदायकहरुलाई यस किसिमको सचेतनामूलक कार्यक्रमहरु अबका दिनहरुमा पनि गर्नु पर्ने बताउनु भयो ।

क्रम मिति स्थान समन्वय तथा सहकार्य सहभागिता
२०७८ कार्तिक २९ देखि ३० गतेसम्म तानसेन, पाल्पा तानसेन नगरपालिका र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र मेयर श्री अशोक कुमार शाही र उपमेयर श्री लक्ष्मी देवी पाठक ज्यूहरु सहित २१ जना जनप्रतिनिधि र ९ जना कर्मचारीहरुको सहभागिता
२०७८ मंसिर ७ र ८ गते दमक, झापा दमक नगरपालिका र दमक अपांग सहयोग समिति

 

मेयर श्री रोमनाथ ओली र उपमेयर श्री गीता अधिकारी लगायत

११ जना जनप्रतिनिधि ९ जना पालिकाका कर्मचारीहरुको सहभागिता

२०७८ मंसिर २५ र २६ गते भिमेश्वर, दोलखा भिमेश्वर नगरपालिका र अपाङ्ग तथा दृष्टिविहिन समुदाय सेवा संघ मेयर श्री भरत बहादुर के सी र उपमेयर श्री कमला बस्नेत ज्यूहरु  सहित १६ जनप्रतिनिधि र ७ पालिका कर्मचारीहरुको सहभागिता
अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण तानसेन नगरपालिकामा मेयर र उपमेयर ज्यूहरुसँग सामूहिक तस्विर
अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण तानसेन नगरपालिकामा मेयर र उपमेयर ज्यूहरुसँग सामूहिक तस्विर
भिमेश्वर नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरणमा मित्रलाल शर्मा सहजीकरण गर्नुहुदैँ गरेको तस्विर
भिमेश्वर नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरणमा मित्रलाल शर्मा सहजीकरण गर्नुहुदैँ गरेको तस्विर
अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण दमकमा मेयर र उपमेयर ज्यूहरुसँग सामूहिक तस्विर
अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण दमकमा मेयर र उपमेयर ज्यूहरुसँग सामूहिक तस्विर

 

तीन वटै नगरपालिकाहरुले अभिमुखीकरण पश्चात निम्न निर्णयहरु गरेका छन्:

तानसेन नगरपालिकाः

  • तानसेन नगरपालिकामा अपाङ्गता समन्वय समितिको गठन भएको छ ।
  • तानसेन नगरपालिकाले दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि आर्थिक वर्ष २०७८/७९ को बजेट पुस्तिकाको साराशं अर्थात् मूलभूल कुराहरुलाई नगरपालिकाहरुकै पहिलो पल्ट ब्रेल लिपिमा छपाई गरेको छ
  • अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण प्रणालीलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
  • अपाङ्गता हेल्प डेक्स स्थापना तथा नगरपालिकाका नीति, कार्यक्रम तथा बजेटलाई अपाङ्ता मैत्री बनाउने
  • अस्पताल जाँदा ५०० उपलब्ध गराउने निर्णय कार्यान्वयन तथा प्रभावकारी बनाउने
  • पालिकाको को युवा तथा महिला स्वरोजगार कार्यक्रममा अपाङ्गता तथा उनिहरूको घर परिवार गरि कम्तिमा १० ब्यक्ति वा परिवार लाइ समेट्ने ।
  • उपमेयर कप अपाङ्गता भएका ब्यक्तिहरूको खेलकुद कार्यक्रम आयोजना गर्ने  ।
  • नगर क्षेत्रमा निर्माणहुने सार्वजनिक तथा सरकारि पुर्वाधार निर्माणमा अनिवार्य अपाङ्गता मैत्रि बनउने ।
  • साहयक सामग्रीको आवश्यकता पहिचान र नापजाँच सहितको वितरण प्रणालीको विकास गर्ने ।
  • नगरपालिकाका महत्वपुर्ण सूचनाहरू लाइ अपाङ्गतामैत्री बनाई प्रकाशन तथा प्रशारण गराउने ।
  • अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच अभिवद्धि गर्ने

दमक नगरपालिकाः

  • सहिद बन वाटिका सर्वमान्य सिद्धान्तबाट सबैको लागि पहुँचयुक्त बनाउने जुन नगरपालिकामा छलफल भइ पारित समेत भइसकेको छ ।
  • शिक्षा सम्बन्धी कार्यक्रम तथा बजेटको समय समयमा अनुगमन तथा मूल्याङ्कन गरिनेछ ।
  • अपाङ्गता समावेशी बनाउन प्राथमिकताका साथ निरन्तर काम गर्दै जाने र सहायता कक्षलाई पहुँचयुक्त बनाउन थप पहल गरिने छ ।
  • स्वास्थ्य बिमा सूरु भइ सकेको र सोको जानकरी सबैलाई पहुँचयुक्त बनाउन प्रतिबद्ध भएको ।

भिमेश्वर नगरपालिकाः

  • सबै रातो कार्ड लिनुभएको अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगी सेवाको व्यवस्था भएको र थप आवश्यकता भएको खण्डमा पहल पनि गरिने छ ।
  • सरोकारवालाहरुलाई  अपाङ्गता सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिने छ ।
  • आवश्यकता भेटघाट कक्षहरु अनुरुप सहज बनाउन पहल गरिने छ ।
  • स्वास्थ्य बिमा कार्यक्रम संचालन भएको छ र सो कार्यक्रमलाई सबै अपाङ्गता भएका व्यक्तिहरुलाई पहुँचयुक्त सूचित गराउने छ ।
  • जोखिम हन्तारण कार्यविधि नौ वटा वडाहरुमा जाने योजना रहेको र सोमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि समावेश गराइने छ ।
  • रोजगारीमूलक प्रधानमन्त्री रोजगारी कार्यक्रम तथा सहरी शासक जीविकोपार्जन कार्यक्रम भइरहेको र सोलाई प्रभावकारी बनाइने छ ।
  • आवसिय सुविधा चाहिने अपाङ्गता भएका विद्यार्थीहरुको तथ्याङ्क राख्न अपाङ्गता भएका संस्थाहरुसँग समन्वय गरिने छ ।
  • पालिकाको कार्यक्रम तथा बजेट रेकर्ड गरी दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको लागि सहज बनाइ प्रदान गर्ने छ । साथै ब्रेल लिपिमा पनि छपाइ गरिने छ र यसको लागि समन्वय गरिनेछ ।
  • स्थानीय तहमा भएको बजेट तथा कार्यक्रम बमोजिम कार्यान्वयन प्रभावकारी बनाइने छ ।
  • आर्थिक सेवा व्यवस्था भएको र थप प्रभावकारी बनाउन समन्वय गरिनेछ ।