अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले एट्लास एलाइन्स नर्वेसँगको साझेदारीमा ७ वटै प्रदेशका स्थानीय पालिकाहरुका नीति, कानुन र विकासका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गर्न र गराउने उद्धेश्य अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम जनप्रतिनिधिहरुलाई लक्षित गरी सातै प्रदेशमा आयोजना गरिदैछ । आज मिति २०७६ भाद्र ११ गते प्रदेश नम्बर ३, हेटौडाबाट सुरुवात गरिएको उक्त कार्यक्रममा महासंघका संघीय अध्यक्ष मित्र लाल शर्माले अध्यक्षता गर्नुभएको थियो भने प्रदेश अध्यक्ष अश्विन लम्सालले स्वागत मन्तव्य दिनुभयो । कार्यक्रमको सहजीकरण महासंघका पुर्व संघीय उपाध्यक्ष तथा यस कार्यक्रमका प्रमुख सहजकर्ता टिका दाहालले गर्नुभयो ।

अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आयोजना गरेको अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा प्रस्तुतिकरण गर्नुहुदै महासंघका संघीय अध्यक्ष मित्रलाल शर्मा एक तस्विर

कार्यक्रममा अपाङ्गताको सवालहरूलाई स्थानीय तहको योजना तथा कार्यक्रमहरूमा राष्ट्रिय अपाङ्ग महासंघले कसरी सघाउन सक्छ भन्ने योजना महासंघका संघीय अध्यक्षले प्रस्तुत गर्नुभयो साथै संघीय कोषाध्यक्ष के. पी अधिकारीले अपाङ्गताको सवाललाई विकासको मुद्दा कसरी बनाउने बारे बताउनुभयो । कार्यक्रममा अपाङ्गता समावेशी विकासको अवधारणा तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार तथा विभिन्न ऐन, कानुन, परिचयपत्र निर्देशिका तथा पहुँचयुक्तता सम्बन्धी प्रस्तुतिकरण सहजकर्ताले गर्नुभयो । उक्त कार्यक्रममा १० वटा स्थानिय तहहरुबाट २० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । उहाँहरुले पालिका स्तरका विकासका योजना हरु साथै आगामी दिनका प्रतिबध्दताहरु प्रस्तुत गर्नुभयो ।

अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम

अपाङ्गता समावेशी विकास सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *