राष्ट्रिय अपाङ्ग महासंघ नेपालका नवनिर्वाचित कार्य समितिलाई गैर सरकारी संस्था महासंघ नेपालले मिति १७ बैशाख २०७६ बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गैसस महासंघ नेपालका अध्यक्ष जिताराम लामाको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा अध्यक्ष जिताराम लामा पदाधिकारि सदस्य निर्देशक लगायत कर्मचारीहरुले खादा र अविर लगाएर बधाई तथा शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेत, भुतपुर्व अध्यक्ष डा बिरेन्द्रराज पोखरेल, भुतपुर्व महासचिव तथा प्राज्ञ संजय बान्तवा, अध्यक्ष मित्रलाल शर्माले गैसस महासंघले बधाइ तथा शुभकामना कार्यक्रमले नयाँ बिधि प्रकृयाको थालनी र नयाँ कार्य समितिलाई काम गर्ने हौसला थप गरेको महशुस भएको छ । गैसस महासंघको संरचनालाई समावेशी बनाउन नागरिक आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि गैसस महासंघले खेलेको भूमिकाको चर्चा गरिएको थियो । कार्यालयलाई पहुँयुक्त बनाउने अपाङ्गता भएका ब्यक्तिको मुद्धालाई साझा र सामाजिक सवालको रुपमा अगाडी बढाउने कुरामा महासंघको तर्फबाट चर्चा भएको थियो । गैसस महासंघले राजनैतिक सामाजिक साँस्कृतिक आर्थिक मानवअधिकार रुपान्तरण समावेशिताको लागि खेलेको भुमिकामा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले खेलेको भूमिकाको चर्चा गर्नु भएको थियो । नागरिक आन्दोलनलाई अगाडी बढाउने राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्र गैससको भूमिकालाई अग्रगामी छलाङ पार गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फ तथा नेतृत्वबाट धेरै अपेक्षा गरेको कुरा गैसस महासंघका अध्यक्ष जिताराम लामाले बताउनु भएको थियो ।