२२औ वार्षिक साधारण सभा सम्बन्धमा सूचना

च. नं.: १११/०८१/०८२ मिति २०८१ मङ्सिर २१ गते सूचना ! सूचना !! सूचना !!! उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०८/०८ मा संघीय कार्यसमितिको बैठकबाट २२औ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय भएको सबैमा जानकारीका लागि अनुरोध छ । २२औं वार्षिक साधारण सभाको लागि २०८० चैत्र मसान्त भित्र गर्ने गरी संघीय कार्य समितिको…

प्रेस विज्ञप्ति (Nepali & English)

प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको छाता संस्था हो । महासंघ संस्था दर्ता ऐन (२०३४) अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा २०५० सालमा दर्ता भई समाज कल्याण परिषद् मा आबद्ध हुनुका साथै आन्तरिक राजश्व कार्यालयमा दर्ता भई नियमित कर दाखिला गरी कर चुक्ता प्रमाणपत्र प्राप्त गरी सञ्चालित भइरहेको छ । यस महासंघलाई…

प्रेस विज्ञप्ति

मिति : २०८१ जेठ २ गते संविधानको मौलिक हकमा उल्लेख भएका अधिकार सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा उल्लेख भएका अधिकार प्राप्तिका लागि विगत केही दिन देखि अपाङ्गता भएका व्यक्तिहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारको निर्देशनमा प्रहरीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सहित ५ जना अपाङ्गता…

पुर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारी र दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा सञ्चालित अनशन र सडक आन्दोलन प्रति ऐक्यबद्धता सम्बन्धी संयुक्त प्रेस विज्ञप्ति

मिति २०८१/०१/२८ गते गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीले मिति २०८१ वैशाख १८ गते देखि शान्तिवाटिकामा थालेको अनिश्चितकालिन अनसन र देशै भरिका पुर्ण दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा विगत दुइहप्ता देखी सञ्चालित भइरहेको सडक आन्दोलनका मागहरुलाइ सरकारले हाल सम्म सम्बोधन नगरेको हुँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत हामि…

प्रेस विज्ञप्ती: अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस  प्रेस विज्ञप्ती पृष्ठभुमी अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि २०८० साल मंसिर १७ गते तदनुसार ३ डिसेम्बर २०२३  तारिखका दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरि मनाइदै छ ।  यस अवधारणा पत्रमा उक्त दिवस मनाउनाका कारण र यस्को महत्वलाई सर्बसाधारणको जानकारीको लागी सञ्चार माध्यम बाट उजागर गराई अपाङ्गता भएका…

प्रेस विज्ञप्ति

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको  आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको  अधिकार…

प्रेस विज्ञप्ती

ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको सडक व्यापारीलाई महानगर पालिका प्रहरीले गरेको अमानवीय र हिंसात्मक व्यवहार विरुद्धको प्रेस विज्ञप्ती यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण…

प्रेश विज्ञप्ती

०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् ।  जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।…