इच्छुक महानुभावहरूको लागि क्षमता विकास गर्ने सुनौलो अवसर

ईन्टरनेशनल डिस्याविलिटी एलाइन्स (आइ.डी.ए.) ले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासंधि (सी.आर.पी.डी.) र दिगो विकास लक्ष्य (एस.डि.जी.) सम्बन्धी दक्षिण एशियाका देशहरूलाई लक्षित गरेर २०१९ को नोभेम्बरको २८ देखी नेपालमै (काठमाडौमा) निकै नै गुणस्तरिय अन्तर्राष्ट्रिय तहको ब्रीज ट्रेनिङ गराउने भएको हुनाले यो तालिम लिएर आफ्नो क्षमता विकास गर्न चाहने व्यक्ति वा संस्थाले २०१९ को अक्टोबर ३१ सम्ममा आवेदन दिनुहोला । सि.आर.पि.डी. र यसको कार्यान्वयन सम्बन्धी विस्तृत बुझाइ विकास गर्न, अपाङ्गता समावेशी विकाससँग यसको सम्बन्ध र त्यसमा पनि दिगो विकास लक्ष्यसँग यसको सम्बन्ध लगायत अन्य अपाङ्गताको अधिकारमुखी अवधारणाको विषयमा धेरै भन्दा धेरै स्तरिय जानकारी, ज्ञान र सिप हासिल गर्न यो तालिम निकै नै महत्वपूर्ण हुनेछ । यस तालिममा पाकिस्तान, नेपाल, बंगलादेश, भारत, लाओस र श्रीलंकाका सहभागीहरूले भाग लिनेछन् र यो तालिम २०१९ को नोभेम्बर २८ देखी डिसेम्बर ५ सम्म चल्नेछ ।

तालिममा भाग लिनको लागि आवेदन गर्न देहायबमोजिम गर्नुपर्छ

  • तालिममा भाग लिनको लागि इच्छापत्र लेख्ने (अंग्रेजी भाषामा)
  • अंग्रेजी भाषामा भएको तपाँइको पछिल्लो व्यक्तिगत विवरण (CV)राख्ने
  • कुनै अपाङ्गता भएका व्यक्तिको संस्था वा नेटवर्कको सिफारिस पत्र

माथि उल्लेखित कागजातहरू तयार गरिसकेपछी उक्त कागजातहरूलाई आफूले नियमित संचार गर्ने इमेलबाट bridge-regional-fellow@ida-secretariat.org मा पठाउने ।

विभिन्न देशहरूबाट आएका आवेदनहरू मध्येबाट आयोजकले उपयुक्त उम्मेद्वार छनौट गर्नेछन् । यो तालिम निःशुल्क हो र तालिमसँग सम्बन्धित सबै खर्चहरू आयोजकले नै ब्यहोर्नेछ । यसको विस्तृत जानकारी थाहा पाउन तलको लिंकमा क्लिक गर्नुहोस र विस्तृत जानकारी, मापदण्ड र निर्देशिका अनिवार्य रूपमा राम्रोसँग पढेर मात्र आवेदन गर्नुहोला र आवेदन दिने समय निकै छोटो भएकोले चाँडै गर्नुहोला ।

उक्त तालिम सम्बन्धी विस्तृत जानकारीको लागि निम्न दिइएको लिङ्कबाट Word र PDF दुवै फर्म्याटमा डाउनलोड गर्नसक्नुहुनेछः

डाउनलोड लिङ्क

 PDF फर्म्याटमा डाउनलोड गर्नुहोस्
 MS Word फर्म्याटमा डाउनलोड गर्नुहोस्