अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी सम्युक्त राष्ट्रसँघीय समितिले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्ब्न्धी महासन्धिको कार्यान्वयनको अवस्था वारे नेपाल सरकारले पेश गरेको प्रारम्भिक प्रतिवेदन उपर पुनरावलोकन एवम् व्यापक छलफल गरी आगामी दिनमा नेपाल सरकारले गर्नु पर्ने कामका लागि थुप्रै सिफारिश प्रदान गरेको छ । स्विजर्ल्यान्डमा भएको उक्त पुनरावलोकन कार्यक्रममा नेपाल सरकारका विशिष्ठ व्यक्तिहरू लगायत राष्ट्रिय अपाङ्ग महासँघ नेपाल एवम् अपाङ्गता क्षेत्रमा काम गर्ने थुप्रै संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका लागि महासँघले समेत नागरिक समाजका तर्फबाट एक प्रतिवेदन बुझाएको थियो । फेब्रुअरि १९ र २०, २०१८ मा आयोजित ३६७ औँ (सीआरपीडी/सी/एसआर. ३६७) र ३६८ औँ (सीआरपीडी/सी/एसआर. ३६८) बैठकले अनुमोदन गरेको मन्तव्यको नेपाली भाषामा अनुवाद गरी सबैको जानकारीका लागि यहाँ राखिएको छ ।