November 2021

अपाङ्गता भएका व्यक्तिहरुको ३० ‍औं दिवस नारा सम्बन्धमा

अपाङ्गता भएका व्यक्तिहरुको ३०औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा तय भएका नाराहरुः
अन्तर्राष्ट्रिय नारा
“Leadership and participation of persons with disabilities toward an inclusive, accessible and sustainable post-COVID-19 world”.
राष्ट्रिय नारा
“हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार”

मितिः २०७८ मंसिर १७ (२०२१ डिसेम्बर ३)

पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति २०७८ मंसीर ०४ र ०५ गते अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २… Read more पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!

मईराइट सँगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा जनहितमा जारी यस भिडियोमा एक जना शारिरिक अपाङ्गता भएको महिला जसले आफ्नो सघर्षले… Read more लैङ्गिक हिंसा सम्बन्धी सचेतनामूलक भिडियो सन्देश!

परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन… Read more परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना!

मेरो गणना, मेरो सहभागिता

बिक्रम संवत २०७८ साल कार्तिक २५ गतेबाट सञ्चालन भईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । यस राष्ट्रिय जनगणना देशै भरिका अपाङ्गता भएका व्यक्तिहरुको  गणनामा कोही नछुटोस् भन्ने उद्देश्यका साथ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विभिन्न सचेतनामूलक सामग्रीहरु बनाइरहेको छ । यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशले दुई वटा पोष्टरहरु (चित्रहरु) प्रकाशन गरेको छ ।

कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल देशैभरी छरिएर रहेका अपाङ्गता भएका व्यक्तिको हक अधिकार संरक्षण, प्रवर्धन र संवर्धनका लागि वि. स. २०५०… Read more कार्यदलको सदस्य छनौटका लागि दरखास्त सम्बन्धी सूचना!

Terms of Reference (TOR) to develop Awareness Raising Materials on Rehabilitation

National Federation of the Disabled Nepal (NFDN) is implementing a project namely “Rehabilitation Activity Project focusing to all seven province” in partnership with Handicap International (HI). This project has set goals to improve the mobility and functional independence of conflict-affected civilians and women, men, girls and boys in need of health related rehabilitation in Nepal, through the establishment of a sustainable integrated, public-private rehabilitation system. This is terms of reference (ToR) to develop awareness raising materials on rehabilitation.

राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक रेडियो सन्देश

यस पालिको राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको गणनालाई सुनिश्चित गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनगणना सम्बन्धी सचेतनामूलक रेडियो पिएसए मार्फत जनचेतना जगाउने कार्य गरेको छ। जनगणनामा अपाङ्गता भएका व्यक्ति कोहि पनि नछुट्न र आफैले आफ्नो सहभागिता सूनिश्चित गर्न र गराउनको लागि यस सन्देश प्रसारण गरिएको छ ।

राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक भिडियो

“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८”
बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुन गईरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भईरहेको वर्तमान परिप्रेक्षलाई मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला निकाय, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन्, नदोहोरिउन् ।