स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

राष्ट्रिय अपाङ्ग महासँघ नेपालकी उपाध्यक्ष श्री टीका दहालको नेतृत्वमा अपाङ्गता अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरूको प्रतिनिधी मण्डलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त माननीय अयोद्दी प्रसाद यादवसँग भेट गरी आगामी २०४ वैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको निर्वाचनमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको सुनिश्चितता गराउन ध्यानाकर्षण पत्र बुझाएको छ।

NFDN general secretary Raju Basnet reading the demand letter infront of Election Commission official before hading it to them

सो छलफल क्रममा अधिकारकर्मीहरूका मुद्दा सुनि सकेपछि प्रमुख आयुक्त यादवे निर्वाचन सम्बन्धी नियमावलीहरू बनिरहेको सन्दर्भमा अपाङ्गताका सवालहरूमा ध्यानकर्षण गराईएको मा सो प्रतिनिधिमण्डलाई धन्यवाद दिदैँ आगामी दिनमा निर्वाचन शिक्षा तथा निर्वाचन सम्बन्धि जनचेतना मुलक सुचनाहरू सम्प्रेषण गर्दा सांकेतिक भाषाको समेत प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका साथै वहाँले राजनितिक दलहरू सँगको अन्तर्क्रियामा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनधित्वका सवाललाई उठान गर्नका लागी समेत प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

निर्वाचन आयोगमा बुझाईएको ध्यानाकर्षण पत्रको पुर्ण पाठ यस प्रकार रहेको छ।

मिति २०७३/१२/०३

श्री निर्वाचन आयोग नेपाल

कान्तिपथ काठमाण्डौ

 

बिषय : स्थानीय तहको निर्वाचनमा अपाङ्ता भएका ब्यक्तिहरुका सवाल सम्बन्धमा ।

 

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र प्रवर्धनका लागि वि.स.२०५० सालदेखि निरन्तर कृयाशिल अपाङ्गता भएका ब्यक्तिहरुले संचालन गर्दै आएको ३३१ अपाङ्गता भएका ब्यक्तिहरुले सञ्चालन गर्दै आएकासंस्थाहरु आवद्ध रहेका एकमात्र राष्ट्रिय स्तरको अपाङ्गता भएका ब्यक्तिहरुको छाता संस्था हो ।

नेपालको जनगणना, २०६८ अनुसार कुल जनसंख्याको १.९४ प्रतिशत अर्थात ५,१३,३२१ जना अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । नेपाल सरकारद्धारा अनुमोदित अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा २९ मा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्व सहितको राजनैतिक अधिकारको सुनिश्चितता गरेको छ भने लोकतान्त्रिक संघिय गणतन्त्र नेपालको संविधान, २०७२ को प्रस्तावनाले समावेशी सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । नेपालको संविधान, २०७२ को धारा १८ को २ र ३ मा अपाङ्गता भएका ब्यक्तिहरुको समानताको हकको धारा ४२ मा सामाजिक न्यायको हक  सुनिश्चित गरेको सन्दर्भमा स्थानिय तह निर्वाचन ऐन, २०७३ ले  अपाङ्गता भएका ब्यक्तिहरुलाई समावेशी सिद्धान्तका आधारमा स्थानीय तहमा प्रतिधित्वको सुनिश्चित गरेको छैन् ।

यसै सन्दर्भमा २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधित्व र सहभागिताको लागि निम्न कुराहरुको सुनिश्चित गरीयोस भनि जोडदार माग गर्दछौ ।

  • आगामी स्थानीय निर्वाचनमा अपाङ्गता भएका ब्यक्तिहरुलाई अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको धारा २९ र नेपालको सविधान, २०७२ को समानताको हक अनुसार समावेशी सिद्धान्तका आधारमा स्थानीय तहको निर्वाचनमा प्रतिनिधित्वको अधिकार सुनिश्चित गरीनु पर्ने,
  • निर्वाचन आयोगको लैङ्गिक तथा समावेशी नीति २०७० को रणनीति १०.१० अनुसार सबै मतदान केन्द्रहरु निर्माण गरीनु पर्ने
  • मतपत्र बनाउँदा, निर्वाचन सम्बन्धी जनचेतनामुलक सामग्री बनाउँदा अपाङ्ता मैत्री बनाइनु पर्ने,
  • निर्बाचनमा मतदाताहरुलाई मतदान गर्न प्रोत्सहान गर्ने जनचेतना मुलक सामग्री बनाउँदा अपाङ्ता भएका ब्यक्तिहरुलाई  मतदानमा भाग लिन प्रोत्साहन हुने सामग्रीहरु बनाइनु पर्ने,
  • निर्वाचन पर्यवेक्षण गर्ने सम्पुर्ण संघ संस्थाहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई सहभागि हुने प्रणालिको नीतिगत व्यवस्था गरिनु पर्ने,
  • अति अशक्त, पुर्ण अशक्त  र बौद्धिक अपाङ्ता भएका भएका ब्यक्तिहरुले मतदान गर्दा निजका अभिभावक वा उनीहरुले इच्छाइएको ब्यक्ति मार्फत मतदान गर्न पाउने नीतिगत ब्यावस्था मिलाइनु पर्ने,
  • निर्वाचन गराउँन सहभागि हुने सम्पुर्ण कर्मचारी सुरक्षाकर्मी निर्वाचन पर्यवेक्षकलाई निर्वाचन सम्बन्धी अभिमुखिकरण गर्दा अपाङ्गता भएका ब्यक्तिहरुको समस्या  र उनीहरुप्रतिको भूमिकाको बारेमा जानकारीगराइनु पर्ने,
  • निर्वाचनको पूर्वा सन्ध्यामा हुने सर्वदलिय बैठकमा अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि सहभागि गराइनु पर्ने,
  • निर्वाचनको दिन अपाङ्गता भएका ब्यक्तिले प्रयोग गर्ने चार पाङ्ग्रे स्क्वीटर र अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सवारी साधान आवत जावत गर्न पाउनेछन भन्ने  निर्वाचन कार्यविधिमा उल्लेख गरीनु पर्ने

वोधार्थ :

राष्ट्रिय मानव अधिकार आयोग

हरिहरभवन पुल्चौक ललितपुर

 

राजु बस्नेत

महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *