समावेसी जनगणना २०७८

२४ मंसिर, २०७७

यथार्थ र तथ्य परक जनगणना धेरै नै महत्वपूर्ण हुन्छ । वि. सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा अपाङ्गता भएका ब्यक्तिको सङ्ख्या कुल जनसङ्ख्याको १.९४% देखाएको छ जुन विश्व स्वास्थ्य संगठनले अनुमानित गरेको विश्वभरिको जनसङ्ख्याको १५% भन्दा निकै कम्ति रहेको देखिन्छ । जब गणनाको प्रस्तुती फरक हुन्छ तब समस्याको गाम्भिर्यतामा निकै नै फरक पर्छ भन्ने हालैको बिश्वब्यापि महामारीबाट प्रष्ट देखिन्छ । यसको परिणाम स्वरुप गम्भिर आवश्यकता भएका व्यक्तिहरु नै प्रणालीबाट प्राप्त हुनुपर्ने न्यूनतम सुबिधा प्रयोग गर्नबाट बञ्चित हुन्छन । सरकारले जनगणना २०७८ को तयारी गरिरहँदा, जनगणना २०७८ ले अपाङ्गता सम्बन्धि यथार्थ चित्र प्रस्तुत गर्न तयार गरेको योजना र UNCRPD कमिटिको सिफारिस समावेस गर्ने सम्बन्धी छलफल गर्न आवश्यक छ।

२९औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भएको नौं दिने कार्यक्रमको अवसरमा ९ डिसेम्बर २०२० मा “राष्ट्रिय जनगणना २०७८ को पृष्ठभुमी र अपाङ्गता समावेशी तथ्याङ्क” को अन्तरक्रिया कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसंगको समन्वयमा आयोजना गर्यो । विद्दुतिय  माध्यमद्वारा सन्चालित कार्यक्रममा सरकारी निकायहरु, संचारकर्मी, अपाङ्गता भएका ब्यक्तिको संघ संस्था, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय र प्रादेशिक पदाधिकारीहरु लगायतको  उपस्थिती थियो । ७० भन्दा बढी सहभागीहरुले आउँदो जनगणना २०७८ को बारे चासो राखि सहभागीता जनाए ।

कार्यक्रमको सिलसिलामा, केन्द्रिय तथ्याङ्क विभागका निर्देशक श्री ढुन्डीराज लामिछाने ज्युले आफ्नो प्रस्तुतिकरणमा निम्न कुरामा प्रकाश पार्नुभयो।

१२ औं जनगणनाको नारा: सुशासन र समृद्धीका निम्ती आधार तथ्यान्क

  • जनगणना २०७८ ले व्यक्तिगत विषेशताहरु सम्मिलित गर्ने छ, समावेसी गणनाको निम्ति सबै घर र सबै किसिमका प्रश्नहरु सोधिने छन । नमुना गणनालाई संलग्न गरिने छैन ।
  • परिमार्जित de’jure गणना विधिको प्रयोग नेपालले गर्ने
  • राष्ट्रिय जनगणना देशैभरी एकैसाथ गरिने
  • ९,००० सुपरीवेक्षक र ४३,००० गणकको संलग्नतामा जनगणना ३ चरणमा पुरा गरिने छ
  • स्थानीय अधिकारीकरुको समन्वय र संलग्नतामा वडा तहको विवरण संकलन गरिने छ; वडा तहबाट विवरण संकलन गर्ने नयाँ अभ्यास
  • माहामारीको बाबजुद, रोकथामका उपायहरु अपनाइ जनगणना गरिनेछ । 

    अपाङ्गता समावेसी तथ्याङ्क संकलन र सुदृढिकारणका लागि प्रयासहरु:

    • राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र OPDs हरुसंग निरन्तर समन्वय गरिएको छ
    • सबै तहहरुमा तालिमको व्यवस्था र अपाङ्गताको सवालमा एक सत्र योजना तयार गरिने छ
    • अपाङ्गता-मैत्री संचार सामाग्रीहरुको (भिडियो/वृतचित्र) प्रयोगको प्रयास गरिने छ
    1. मुख्य प्रशिक्षकका निम्ति अतिरिक्त सत्रहरु तयारी गरीएको छ।
    2. वडा सहजिकरण समितीको गठन गरिएको र अनुगमन तह र व्यवस्थापनको योजना गरिने छ
    3. प्रशिक्षक प्रशिक्षण र संचार सामाग्रिको उत्पादन/ सम्प्रेषणका लागी थप छलफल र सहकार्यको योजना रहेको छ।
    4. सुचना केन्द्रको स्थापना गरि वेबसाईट/ युट्युव च्यानल/टोल फ्रि नं को व्यवस्था गरिएको छ । 

      केन्द्रिय तथ्याङ्क बिभागका निर्देशक श्री ढुन्डीराज लामिछाने ज्युले अगाडी थप्नु भयो “राष्ट्रिय अपाङ्ग महासंघ नेपाल यस्तो संस्था हो जसले समावेसी तथ्याङ्क संकलनका लागी केन्द्रिय तथ्याङ्क बिभाग संग सबैभन्दा धेरै छलफल गर्यो, माहासंघसंग जस्तो हामीले यत्ति धेरै छलफल अरु संग गरेका छैनौं; यध्यपी जनगणनाको सिमितताका कारण हामिले गणनामा WGQ सम्मिलित गर्न असमर्थ रह्यौं । पहिलो चोटि, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जस्ता सरोकारवाला संस्थाहरुको परामर्समा गणक पुस्तिका तयारी भएको छ।”

      राष्ट्रिय मानव अधिकार आयोगका सह-सचिव हरि प्रसाद ज्ञवाली ज्युले संविधानमा उल्लेख गरे अनुसार प्रत्यक नागरिकले अधिकार उपभोग गर्न पाउने कुरा सुनिश्चित गर्न तथ्याङ्क सबैभन्दा महत्वपूर्ण उपकरणहरु मध्य एक भएको बताउनु भयो । यदि जनसङ्खयाको विशेषताहरु (भौगोलिक, राजनीतिक, सामाजिक, आर्थिक) को सम्बन्धमा विस्तृत तथ्याङ्क संकलन गरि सम्बोधन गरियो भने मात्र योजना/निती /कानुन प्रभावकारी हुनेछ ।

      VSO का युवा कार्यक्रम संयोजक सुरन महर्जनले Leave No One Behind समुहले गरको कामहरुको बारेमा प्रकाश पार्नुभयो;

      • नागरिकको नेतृत्वमा अनुगमन प्रशिक्षण संचालन, सम्बन्धित तथ्याङ्क संकलन र सम्प्रेषणको सुनिस्चितता
      • सिमान्तिकृत समुदायको आवाज उठाउन र सुनुवाई गराउन सहजकर्ताको रुपमा कार्य
      • तथ्याङ्कबाट सुधार जानकारी सुनिश्चित गराउने र सही सूचना प्रवाह गर्ने
      • वकालत कार्यहरु मार्फत दीगो विकाशको लक्ष्यको भित्रको खाडलको बारे स्थानिय अधिकारीलई सुचना प्रदान गर्ने 
      • राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रमुख सल्लाहाकार डा. बिरेन्द्र राज पोखरेले आफ्नो प्रस्तुतिकरणमा जनगणना चक्र र अपाङ्गता समावेसी तथ्याङ्कको लागि यसको महत्वको बारेमा प्रकाश पार्दै निम्न सुझाव प्रस्तुत गर्नुभयो;
        • विस्तृत तथ्याङ्क एकिकृत गर्नका लागी वडा स्तरीय समितिमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने ।
        • सुपरिवेक्षक र गणकहरुलाई अपाङ्गता समावेसी तालिमको सुनिश्चितता गर्ने ।
        • राष्ट्रिय अपाङ्ग महासंघ नेपाललाई तालिमहरुमा प्रत्यक्ष सहभागिता गराउने।
        • क्षमतावान अपाङ्गता भएका व्यक्तिहरुलई सुपरिवेक्षक र गणकमा तोक्ने
        • प्रादेशिक र स्थानीय स्तरमा सुचना डेस्क र शमन केन्द्रको स्थापना गर्ने।
        • पहुँचयुक्त संचार सामाग्रि (सरल भाषा/सान्केतिक भाषा/क्याप्सन) को सुनिस्चितता गर्ने
        • जनगणनालाई पुष्टी गर्न पश्चात गणना भएको थियो जसले अशक्त व्यक्तिहरुको संङ्ख्या ३.३२% देखाएको थियो; यधपीपि गणना पश्चातको पुष्टी जनगणनाको प्रक्रियालाई नजरअन्दाज गरियो र १.९४% नै मान्य भयो। जनगणना र जनगणना पश्चातको पुष्टी गणना बिचको अन्तरलाई पनि विचार गरिनुपर्छ भन्ने महत्तवपूर्ण कुरामा जोड दिनुभयो ।

        किरण शिलपाकारले WGQ को बारेमा चासो राखि केन्द्रिय तथ्याङ्क विभागलाई सकेसम्म जनगणनामा WGQ  समावेस गर्न अग्रह गर्नुभयो।

        मेलम्चिका सोम कुमार दुलालले WGQ नयाँ शब्दावली भएको र यसलई विस्तृत रुपमा व्याख्या गर्न अनुरोध गर्नुभयो जसको डा. बिरेन्द्र राज पोखरेलले विस्तृत व्याख्या गरिदिनु भयो।

        पवन घिमिरेले अपाङ्गता समावेसी तथ्याङ्क र यसको प्रक्रिया बारे प्रश्न गर्नुभयो र डा. बिरेन्द्र राज पोखरेलले उक्त प्रश्नको सम्बोधन गर्नुभयो।

      •  

        राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकिका अध्यक्ष खोम राज शर्मा ज्युले कार्यक्रमको निम्न संक्षेपिकरण गर्नुभयो;

        • जनगणना २०७८ को तयारी सुधारोन्मुख रहेको र बिभिन्न सरोकारवालाहरुले यथार्थपरक जनगणनाको बारे चासो देखाएको ।
        • अपाङ्गता समावेसी जनगणना चक्रले तथ्याङ्क संकलनमा सहयोग पुर्याउने
        • केन्द्रिय तथ्याङ्क विभाग, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र अन्य सरोकारवालाहरु सँगै मिली योजना बनाउने ।

        राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्मा ज्युले अन्त्यमा आफ्नो मन्तब्यको क्रममा केन्द्रिय तथ्याङ्क विभागलाई अपाङ्गता भएका व्यक्तिहरुको संलग्नता हुने वातावरण निर्माण गरि जनगणना प्रक्रिया अगाडी बढाउन आग्रह गर्नुभयो ।