समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!

मिति २०७७- १०-२५

सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा विकास स्रोत केन्द्रसँग समन्वयमा भएको थियो ।

पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यकममा पाठ्यक्रम विकास केन्द्रका विषयविज्ञहरु र समावेशी शिक्षा शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने शिक्षा तथा मानव विकास केन्द्रबाट समावेशी शिक्षा शाखाका प्रमुख सहित प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता सहित २५ जनाको उपस्थिति रहेको थियो ।

अपाङ्गता भएका बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन सरकारी र निजी विद्यालयहरुसँग अबको दिनमा कसरी समन्वय तथा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र भएको थियो जसमा देखिएको चुनौति र अबका पहलहरुका सवालमा प्रस्तुति भएको थियो । मानव अधिकार र समावेशी शिक्षा परियोजना अन्तगर्तको समावेशी शिक्षा कार्यदलका संयोजक नरबहादुर लिम्बु जीले परियोजनाले गत वर्ष निजी विद्यालयले प्रयोग गर्ने निजी प्रकाशन गृहका पुस्तकहरुको नमूना पुनरावलोकन कार्य भएको जानकारी दिनुहुदै अबको दिनमा निजी विद्यालयलाई समावेशी शिक्षा शिक्षण पद्दतिलाई अपनाउनका लागि आवश्यक निर्देशिका यस पाठ्यक्रम विकास केन्द्रबाट बनेको खण्डमा अझै सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । शिक्षा तथा मानव स्रोत केन्द्रका समावेशी शिक्षा शाखाका प्रमुख विद्या दवाडीले समावेशी शिक्षाका सवालमा अझै स्पष्टता नभएको र अपाङ्गता भएका बालबालिकाहरुको पहिचान र सो बमोजिमको शिक्षा पद्दतिको लागि सम्बन्धित निकाय अभिमुखीकरण हुनु जरुरी छ भन्नु भएको थियो ।

कार्यक्रममा प्रमुख आथिति पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले यस कार्यक्रमको निकै समय सान्दर्भिक भएको र महासंघसँग विगत वर्षदेखि समन्वय र सहकार्य हुदै आएको जानकारी दिनुहुदै अवको दिनमा पनि यस्तै सहकार्य गर्ने प्रतिवध्दता दिनुभयो । निजी विद्यालयमा समावेशिताका सवालमा अबको दिनमा थप कार्य गर्नुपर्ने देखिएको बताउनुहुदै पाठ्यक्रमबाट अबको दिनुमा महासंघसँग थप सहकार्य गर्ने प्रतिवद्धतता दिनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष मित्रलाल शर्माले सबै अपाङ्गता भएका बालबालिकाहरुको पहुँच सबै सरकारी तथा निजी विद्यालयहरुमा पहुँच बढाउन निरन्तर पैरवी आवश्यक भएको र निजी विद्यालयहरुका पुस्तकहरुमा समावेशी शिक्षाका अवधारणा अवलम्बन गर्न विषयविज्ञहरुलाई अभिमुखीकरण गर्नु जरुरी भएको सुझाव दिनुभयो ।

कार्यक्रममा महासंघका संघीय सदस्य रमेश पोखरेल र पाठ्यक्रम विकास केन्द्रका समावेशी शिक्षा शाखाका निर्देशक अनिल शर्मा मिश्रले सहजीकरण गर्नुभएको थियो ।

सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै परियोजना संयोजक अन्जना श्रेष्ठ
सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्दै परियोजना संयोजक अन्जना श्रेष्ठ