विश्व नारी दिवस

 

मिति २०७६/११/२५(मार्च ८ २०२०)

प्रेस बिज्ञप्ती

सन् १९७७ मा नै संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर, आठ मार्चकै दिन प्रत्येक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरे पश्चात बिश्वब्यापी रुपमा आठ मार्चलाइ नारि दिवशको रुपमा मनाउदै आइएको छ l नारी दिवस कुनै खुशियालिको उत्सव नभएर सदियौं देखि जाति बर्ग, सामाजको,धर्म तथा संस्कार, नारिमाथि हुदै आइरहेको बिभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन,हिंसा जस्ता  लैगिक बिभेद र अमानवीय व्यवहारहरु बिरुद्धको आवाजहो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलन्ध पार्दै, महान संकल्प र अठोटको साथजारि राखिने  यात्रा हो ।नतिजा स्वरूप लैगिक, सामाजिक,शैक्षिक, राजनीतिक, सांस्कृतिक,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण,दमन र विभेदमा विश्वब्यापीरुपमा उल्लेखनीय परिवर्तन आइरहेको देख्न सकिन्छ ।

नेपालको सन्दर्भमा समयको परिबर्तनशिलता र नेपाली जनताको माग सँगै देश संघ, प्रदेश र स्थानीय हुदै तिन तहमा विभाजन भएको छl नेपालको संबिधान दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री मानिन्छ जसले मौलिक हकको धारा ३८ मा महिलाको हक सुनिश्चित गरेको छ भने कानूनले नै महिलालाई ३३% आरक्षणको व्यवस्था गरको छ l  संघीय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा विभिन्न बर्ग, क्षेत्र र समुदायका जनताले आ आफ्नो हक अधिकार सु निश्चित गर्नको लागि हरेक तह र तप्कावाट भरपुर कोशिस गरिरहेको बर्तमान परिपेक्षमा नारीलाई राज्यले पुरुषहरु सरह समान  हक अधिकार सुनिश्चित गर्नु पर्ने टडकारो आवश्यकता हो ।बिबेकशील  र जागरुक नारीहरुको दरिलो पाइलाको झड्काले राज्यलाइ लैंगिक समानता र महिलाहरुको हक  अधिकारको बिषयमा प्रत्येक क्षण झस्काई रहेको छ l

तथापि, जरा झैँ गाडिएर रहेका कतिपय कुरीति, ग्रामिण परिवेश, अशिक्षा, परनिर्भरता, अपाङ्गता प्रतिको नकरात्मक सोच,  सामाजिक धार्मिक र सास्कृतिक अन्धविश्वासले  गर्दा महिला माथि बर्बर हिँसा भइरहेका घटनाहरु दिनप्रतिदिन देखिन्छन जसको दिर्घकालिन समाधान खोज्नु बिबिन्न सरकारी, गैर सरकारी सस्थाको साथै तपाइँ हामी र महिलाहरु स्वयं अनि  राज्यको जिम्बेवारी हो । I am Generation Equality: Realizing Women’s Rightsअर्थात समानताको पुस्ता: अन्त गरौँ हिँसा र विभेदको असमानताभन्ने मुल नाराका साथ मनाइन लागेको ११० औं अन्तराष्ट्रिय नारि दिवशले सबै प्रकारका हिँसाहरुको अन्त गर्ने प्रेरणा मिलोस ।

………………
राजु बस्नेत
महासचिव

PDF फर्म्याटमा डाउनलोड गर्नुहोस्