लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो

महामारीको समयमा विशेष गरी महिला र बालिकाहरु माथि घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता लैङ्गिक हिंसा बढेको देखिन्छ। महामारीको समयमा नेपालमा हिङ्सा बढेता पनि सो को रिपोरटिङ पहिलेको तुलनामा घटेको सुनिन्छ। महिला, खासगरी अपाङ्गता भएका महिला, बालिका, र त्यसमा पनि आर्थिक र सामाजिक रुपले सीमान्तिकृत महिला/बालबालिकाहरुमा हिंसाको जोखिम बढी देखिन्छ ।

यसै सन्दर्भमा घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता विषयमा आफुलाई सचेत गराऔं। हिंसा नलुकाऔं र नसहौं पनि भन्ने मुल सन्देश का साथ लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो प्रकाशन गरिएको छ ।

भिडियो को लिन्क: लैङ्गिक हिंसा बिरुध्दको सचेतनामूलक भिडियो

सीबीएमसंगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालद्धारा जनहितमा जारी सन्देश !