महामारीको समयमा बाल तनाव व्यवस्थापन सम्बन्धी सचेतनामूलक भिडियो

कोरोना भाइरसले निम्ताएको यस विषम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भई  समस्या भएमा सहयोग लिनुपर्दछ । तलको समावेशी तथा सचेतनामुलक बाल तनाव व्यवस्थापन भिडियोमा तनाव व्यवस्थापनका विभिन्न तरीकाहरुको बारेमा छलफल गरिएको छ ।

सीबीएमसंगको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालद्धारा जनहितमा जारी सन्देश !

भिडियोको लिन्क: बाल तनाव व्यवस्थापन