बधाई तथा शुभकामना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज मिति २०७७ फाल्गुन ७ गते राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त माननीय अध्यक्ष श्री तप बहादुर मगर ज्यू, माननीय सदस्य डा. सूर्य प्रसाद शर्मा ढुङ्गेल र माननीय सदस्य श्री लिली थापाज्यूलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । उक्त बधाइ तथा शुभकामना कार्यक्रममा आयोगका प्रतिनिधि, कर्मचारीहरु, राष्ट्रिय अपाङ्ग महासंघ नेपालको अध्यक्ष श्री मित्रलाल शर्मा ज्यू र महासंघका पदाधिकारीसहित महासंघमा आवद्ध संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बधाई-तथा-शुभकामना-कार्यक्रममा-सहभागिता-हुदैँ-राष्ट्रिय-मानव-अधिकार-आयोगको-सभाहलमा
बधाई तथा शुभकामना कार्यक्रममा सहभागिता हुदैँ राष्ट्रिय मानव अधिकार आयोगको सभाहलमा