पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम

मिति : २०७७,  फागुन  १९ र २० गते

अपाङ्गता भएका ब्यक्तिहरु द्वारा संचालित संस्थाका सदस्यहरुलाई क्षमता अभिबृद्धिका लागि पुनर्स्थापना सम्बन्धि २ दिने अभिमुखिकरण लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ। पुनर्स्थापना सेवा एकीकृत गर्न स्थानिय तहको नीति, योजना र बजेटमा वकालत गर्न क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य तथा पुर्नस्थापनाको बारेमा साझा धारणा निर्माण गर्ने उदेश्यका साथ बाँके र बर्दियाका १२ वटा सदस्य संस्थाहरुबाट ११ महिला र १६ पुरुष गरी जम्मा २७ जना(अपाङ्गता प्रकार अनुसार शारिरिक १२ जना, दृश्टी सम्बन्धी ७ जना, बौद्धिक २ जना , अभिभावक २ जना र सुस्त श्रवण तथा वहिरा १ जना) को सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष श्री मित्रलाल शर्माको प्रमुख आतिथ्यता,प्रदेश सदस्य कृष्ण बहादुर क्षेत्रीको स्वागत मन्तब्य साथै राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री देवीदत्त आचार्यको अध्यक्षतामा औपचारिक रुपमा उद्घाटन भई परियोजना संयोजक सन्दिप बि क र प्रदेश परियोजना अधिकृत श्रृजना पन्थीको सहजिकरणमा २ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

अभिमुखिकरणमा स्वास्थ्य र पुर्नस्थापना सेवाको परिचय, अवधारणा, अपाङ्गता भएका ब्यक्तिका स्वास्थ्य र पुनर्स्थापना संग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरु, प्रदेश तथा स्थानिय तहमा पुनर्स्थापना सेवामा पहुँचलाई प्रोत्साहित गर्न वकालतको आवश्यकता, बजेट योजना प्रकृया र यसका चरणहरु, बजेट विनियोजन तथा पुनर्स्थापना सेवामा पँहुच वृद्धि गर्नका लागि स्थानीय सरकार, स्थानीय पुनर्स्थापना सेवा प्रदायकहरू, PRCs / PTUs हरु संगको समन्वय र स्थानिय तहमा स्वास्थ्य र पुर्नस्थापना सेवा प्रवर्धन गर्न DPOs को भुमिका आदि विषयहरुमा छलफल गरि कार्ययोजना तयार गरिएको थियो । यो अभिमुखिकरणमा नेपालगञ्ज मेडिकल कलेजका तर्फ बाट हितेस न्यौपानेले यस सँस्था बाट प्राप्त हुने शारिरिक पुर्नस्थापना सेवा तथा यसको थप प्रभावकारिताको लागि सदस्य सँस्थाहरुको सहयोगको अपेक्षाको समेत जानकारी गराउनु भएको थियो l यसैगरी साझेदार संस्था Handicap International Nepal(HI) का तर्फ बाट बिना पण्डितले स्थानिय तहमा रहेका पुर्नस्थापना सेवाहरुको समस्याको पहिचान कसरि गर्ने भन्ने सम्बन्धमा स्पस्ट पार्नु भएको थियो ।

सहभागिहरुको सक्रिय सहभागितामा कार्यक्रम भएको थियो। सहभागीको तर्फबाट अपाङ्ग स्वाबलम्बन केन्द्र, कोहलपुर बाट थम्मन चौधरी र बौद्धिक अपाङ्गता अभिभावक संघ बाट कमला पौडेलले पुर्नस्थापना सवालमा स्थानिय तहमा आफुहरु अब कार्ययोजनानै बनाएर स्थानिय सरकार संग पैरवी गर्न तयार भएको कुरा व्यक्त थिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय कार्यसमिती सचिव श्री भावुक जंग थापाले स्वास्थ्य तथा पुर्नस्थापना सेवामा अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच पुर्याउन स्थानिय तहसंग सबै मिलेर समन्वय गर्नु पर्ने र स्थानिय सदस्य संस्थाहरुको यसमा अग्रणी भुमिकाको अपेक्षा सहित सहभागीहरुलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

संघीय अध्यक्ष श्री मित्रलाल शर्मा ज्युले स्वास्थ्य तथा पुर्नस्थापना विषयको महासंघको अवधारणा बारेमा स्पस्ट पार्दै
संघीय अध्यक्ष श्री मित्रलाल शर्माज्युले स्वास्थ्य तथा पुर्नस्थापना विषयको महासंघको अवधारणा बारेमा स्पस्ट पार्दै
स्थानिय तहमा स्वास्थ्य र पुर्नस्थापना सेवा प्रवर्धन गर्न DPOs को भुमिका विषयमा छलफल गरिदैं l
स्थानिय तहमा स्वास्थ्य र पुर्नस्थापना सेवा प्रवर्धन गर्न OPDs को भुमिका विषयमा छलफल गरिदैं l