आर्थिक शिलबन्दी खोलिएको सूचना !

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र सी बी एम ग्लोवलको साझेदारीतामा सञ्चालित हामीलाई पनि समावेश गर (Include Us) परियोजना अन्तरगत थ्री डि एनिमेटेड भिडियो निर्माण कार्यका लागि मिति २०७८ भाद्र २३ गते बुधवारका दिन आह्वान गरिएको शिलवन्दी बोलपत्रको सार्वजनिक सूचना अनुसार प्राप्त कम्पनीका आवेदनहरूमा सबै प्रकृया पुर्याइ, विश्लेषण गरि प्रतिस्पर्धाको आधारमा सबैभन्दा न्यून मुल्यङकित श्री ए.डी.ए. कन्सल्टेन्सीलाई छनौट गरिएको  हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कवोल रकमको ५ प्रतिशत बोण्ड सहित सम्झौताका लागि महासंघको रातोपुल स्थित कार्यालयमा उपस्थितिको लागि यो सूचना जारी गरिन्छ ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल