अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरूमा छलफल!

नेपालको व्यवस्थापिका संसद द्वारा सन २००९ डिसेम्बर २७ मा अनुमोदन गरीएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि एवं स्वेच्छिक प्रोटोकल २००६ को कार्यान्वयनको लागि गठित संयुक्त राष्ट्रसंघीय सी. आर.पी.डी. समितिले नेपाल सरकारलाइ २०१८ को मार्चमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी कार्यान्वयन गर्न गरेका सिफारिसहरू माथि मिति २०७७  फाल्गुण  ५  गते राष्ट्रिय सभाका माननीय सदस्यहरु संग छलफल गरियो l  संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम  र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहकार्यमा सम्पन्न सो कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय राम नारायण बिडारी लगायत १७ जना माननीय सदस्यहरुको उपस्थिति रहेको थियो l

माननीयहरुसँग अपाङ्गता अधिकार सम्बन्धी छलफलमा लिइएको सामूहिक तस्विर
माननीयहरुसँग अपाङ्गता अधिकार सम्बन्धी छलफलमा लिइएको सामूहिक तस्विर

राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेत ज्यूले  स्वागत मन्तब्य गर्नुभएसँगै उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष मित्रललाल शर्माले सी आर पी डी समितिले गरेका सिफारिसहरुको कार्यान्वयन संग जोडिएका मन्त्रालयहरु माथि प्रकास पार्नु भयो । महासंघका अध्यक्ष ज्यू थप कुरा राख्नुहुदैँ ती सिफारिसहरुको कार्यान्वयनमा राष्ट्रिय सभाका माननीय सदस्यको अहम भूमिका रहने कुरा उल्लेख गर्नुभयो  । माननीय सदस्यहरु कबिता बोगटी, उदया शर्मा, प्रकाश पन्त , जीवन बुढा लगाएत उपस्थित  अन्य सबैले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिस्चित गर्न आफु कटिबद्ध रहेको ,राष्ट्रिय अपाङ्ग महासंघले यो कार्यक्रम मार्फत आफुलाई अपाङ्गता अधिकारको प्रति अझ बढी सचेत गराएको र आउने दिनमा आवश्यक साथ र समन्वय रही रहने बताउनु भएको थियो ।