Accessibility Options


Skip to Navigation Skip to Content
Aug 26, 2016

रुपान्तरण पत्रिका - २०७३ असार अंक, बर्ष २० अंक ०३


यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागी रोजगारीको वर्तमान अवस्था, चुनौति तथा अवसरहरू, रोजगारीका अवसर खोज्ने राम्रो तरीका, पहुँचयुक्त कार्यस्थल आदी सम्बन्धी लेख तथा विचारहरू यस अंकका आकर्षण हुन्। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


सम्पादकीय
यी र यस्ता नीति, कानुनको कार्यान्वयन भर्इ प्रभावकारी अनुगमन हुनु नितान्त आवश्यक छ । उनीहरूको क्षमता बढाउने काममा राज्यले ठोस काम गर्नैपर्छ । त्यसका साथै निजी क्षेत्रमा समेत केही कोटाका लागि आरक्षणको व्यवस्था जस्ता प्रावधान व्यवहारमै लागू गर्नसकेमात्र अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन हुने विश्‍वास गर्न सकिन्छ । आशा गरौं अबका दिनमा खेर गइरहेको श्रमशक्तिको समेत उपयोग हुने परिस्थिति सिर्जना हुनेछ ।
आवरण लेख
लेखक: श्रीकान्त सापकोटा

a visually impaired person speaking infront of a mike

कार्यालयहरूमा अपाङ्‍गता भएका व्यक्तिहरूको थोरै सङ्ख्या हुनु, उनीहरूका कुरा अरूले नसुन्नु, पेशागत छुट्टै अपाङ्‍गतासम्बन्धी सङ्गठन नहुनु, अन्य पेशागत सङ्गठनहरूमा उनीहरूको पहुँच, पहिचान र प्रतिनिधित्व प्रभावकारी हुन नसक्नु, समस्याहरूको कार्यस्थलमा समाधान गर्ने अपाङ्‍गता मैत्री परिपाटी विकास हुन नसक्नु, तँभन्दा म ठूलो भन्ने मानवीय अहङ्कार पनि कतिपय अवस्थामा समस्या बन्छ भने हीनताबोध र लधुताभाष पनि समस्याकै कारण हो ।

फिचर
लेखक: विशाल दाहाल
Bishal Dahalधेरै रोजगारदाताले अपाङ्‍गता भएकै कारणले मात्र जागिरमा नलगाउने होइनन् बरु उनीहरूलाई सीप र गुणस्तरीय कामको बढी चासो रहन्छ । त्यस्तै, कतिपय रोजगारदातामा रहेको अपाङ्‍गता-सम्बन्धी नकारात्मक जानकारी वा अज्ञानका कारणले त्यसो हुनजान्छ । तसर्थ, अपाङ्‍गता भएका व्यक्तिहरूले पनि विविध क्षेत्रमा सफलता-पूर्वक गुणस्तरीय काम गरिरहेका उदाहरण रोजगारदाताहरूसम्म सञ्चारका विभिन्न माध्यमबाट व्यापकरूपमा पुर्‍याउनु पनि उत्तिकै जरुरी छ ।
फिचर
लेखक: सागर प्रसाई
Sagar Prasaiयसरी हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने अपाङ्‍गतामैत्री कार्यस्थल बनाउनु भनेको नै सबैका निम्ति सहज संरचना बनाउनु हो । उदाहरणका निम्ति भवनहरूमा सिँढीहरूको सट्टा र्‍याम्पको व्यवस्था गर्दा, बाहिर एवं भित्रसमेत खुला स्थान वा फराकिलो ठाउँको व्यवस्था गर्दा, जोखिमपूर्ण स्थानहरूमा समाउने चिज वा रेलिङको व्यवस्था गर्दा, बाटो वा दिशासूचक सङ्केतहरू राख्दा वा यस्तै अन्य व्यवस्थाहरू गर्दा अपाङ्‍गता भएका व्यक्तिहरूलाई मात्र नभर्इ सबै प्रकारका व्यक्तिलाई समेत सहज हुने कुरामा कसैको दुईमत हुनेछैन ।
लेख
लेखक: दामोदर रिजाल
Damodar Rijalशारीरिकरूपमा अपाङ्‍गता भएका र आत्मनिर्भर श्यामलाल खवास अपाङ्‍गतालाई समस्याको रूपमा होइन अवसरको रूपमा लिनुपर्छ भन्ने उदाहरण हुनुहुन्छ । अपाङ्‍गता भएका व्यक्तिहरूको क्षमतामा विश्‍वास नगर्ने तथा पारिवारिक र सामाजिक बोझका रूपमा अपाङ्‍गतालाई हेर्ने हाम्रो परम्परागत परिपाटीलाई अवसर पाए उनीहरूले जे पनि गर्न सक्छन् भन्ने यस्ता उदाहरणले गतिलो जवाफ दिनेगरेका छन् ।
लेख
Damodar Rijalएउटा अपाङ्‍गता भएको व्यक्तिलाई अवसर र हौसला प्रदान गर्न सकिए त्यस्ता व्यक्ति आत्मनिर्भर र राज्यको एक उत्पादनशील नागरिक बन्न सक्षम हुन्छन् भन्ने उदाहरण बन्नुभएको छ सावित्रा । विविध कारणले शिक्षाको अवसर प्राप्त गर्नबाट वञ्‍चित अपाङ्‍गता भएका व्यक्तिहरूले सावित्राले जस्तै आफूलाई मनपर्ने कुनै न कुनै पेशा अँगाल्नु जरुरी छ । त्यसो गरे कसैले पनि सामाजिक र पारिवारिक बोझको रूपमा चिनिनुपर्ने छैन ।
लेख
लेखक: कृष्ण खनाल

Engineer Prajapati infront of his school

घर परिवारको सहयोगमा पाँच लाख रुपियाँको लागनीमा अर्धपक्की भवन निर्माण गरी विद्यालय सञ्चालन गरेका उहाँको विद्यालयमा अहिले ३५० जना विद्यार्थी छन् । उहाँ अपाङ्‍गताहुँदैमा केही कमी नहुने भन्दै पढाइलाई निरन्तरता दिई समाजका केही फरक काम गर्नसके राम्रो हुने बताउनुहुन्छ ।

Regional Employment Dialogue organized in Dhangadi

अपाङ्‍गता भएका व्यक्तिहरूको रोजगारीसम्बन्धी प्रस्तुतीकरणबाट सुरु गरिएको औपचारिक संवाद कार्यक्रममा अपाङ्‍गता भएका व्यक्तिहरूलाई रोजगारी दिइरहेका केही रोजगारदाताले आफ्ना अनुभव प्रस्तुत गर्दै अन्य रोजगारदातालाई अपाङ्‍गता भएका व्यक्तिहरूले केही गर्नै सक्दैनन् भनेर सोच्नुभन्दा केही व्यक्तिसँग काम गरेर हेर्न सुझाव दिए ।

फिचर

NFDN officials presenting the report of Living Condition Survey

अध्ययनले अपाङ्‍गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन गर्न प्रयोग गरिएका प्रश्नावलीहरूले सामाजिक-आर्थिक सूचकाङ्कहरू, आर्थिक क्रियाकलापहरू, आम्दानी, स्वामित्व एवं भौतिक संरचना, प्रजनन स्वास्थ्यसँगै सामान्य स्वास्थ्य, स्वास्थ्यसम्बन्धी जानकारीमा पहुँच, सेवाहरूमा पहुँच, सूचनामा पहुँच, शिक्षा, सामाजिक सहभागिता र विभेद एवं दुर्व्यवहारबाट मुक्ति जस्ता जीवनस्तरका विभिन्न सूचकाङ्कलाई समेटेको छ ।

INFORMATION
लेखक: Manish Aryal

Electric Wheelchair

Looking at the price range, there seems to be no solution except being carried over. So let’s think why are they so expensive? Isn’t there a cheaper and cost effective solution? I think we need to think in that direction to encourage people and promote them such that world can have a cheaper and better wheelchair that a common people can afford.

यस अंकको अगाडी र पछाडीका कभरमा प्रकाशित तस्बिरहरू यस प्रकार छन्।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times from Jan 1, 2015.