Accessibility Options


Skip to Navigation Skip to Content
May 5, 2016

रुपान्तरण पत्रिका - २०७२ चैत्र अंक (वर्ष २०, अंक २)


यस अंकमा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघबाट संचालित परियोजना र तिनका उपलब्धिहरू पनि यस अंकमा समेटिएका छन्।। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


सम्पादकीय
कुनै विषयमा कानुन तथा नीतिहरू बन्‍नु आफैंमा महत्वपूर्ण कुरा हो तर त्यसको वास्तविक एवं प्रभावकारी कार्यान्वयनले मात्र मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ किनभने कागज आफैंले काम गर्दैन भन्‍ने कुरा बितेका केही वर्षयता हाम्रो अनुभवले समेत प्रमाणित गरिरहेको छ ।
आवरण लेख
लेखक: बिमल पौडेल

Bimal Paudelआफू जस्तै साथीहरू आफ्नै आँगनको बाटो भएर विद्यालय पोसाकमा ओहोर दोहोर गरेको टुलु-टुलु हेरेर बस्नु उहाँको दिनचर्या जस्तै भइसकेको छ । अरूले जस्तै विद्यालय गएर पढ्ने मन भए पनि आफ्नै घर छेउमा रहेको विद्यालयले पनि उहाँलाई भर्ना लिन नमानेपछि भने चिन्तित भएर आँगन कुर्नेसिवाय कुनै उपाय छैन अहिले उहाँसँग ।

 

a small child in a wheelchair

आमा म पनि स्कुल जान्छु!

लेख
लेखक: राजेशमान के.सी.
Rajeshman KC

निश्‍चय पनि अपाङ्‍गता भएका बालबालिकाले यदि अन्य बालबालिकासरह शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउने अवसर प्राप्त गर्ने र अवसरहरूको पूर्ण सदुपयोग गर्न समेत पाउने हो भने उनीहरू समाजका लागि कुशल र उत्पादनशील नागरिक बन्‍न सछन् ।

Article
लेखक: Maj. Pawan Ghimire

Writing taking  photograph infront of a sea

Inclusive tourism is of course a new   raised issue in the field of disability. Nevertheless, its importance  to eradicate  poverty of persons with disability  have been felt crucial since the day of initiation of disability movement in Nepal. However, this issue couldn’t take the impetus as it got over shadowed by other fundamental issues of the persons with disability. In the earlier days, the priority of the disabled community was mainly for education, creating awareness and advocating for their rights. As  a  positive sign of disability movement  being launched time to time  here in Nepal, significant  progresses have been traced out in addressing the needs and issues of  persons with  the disability.

 

फिचर
लेखक: उत्तम सिवाकोटि
Uttam Siwakotiवास्तवमा हामी कठिन शारीरिक अवस्था भएका अपाङ्‍गता भएका व्यक्तिहरू सदैव दुईवटा त्रासका बीच मुस्कुराएर बाँचिरहेका छौं– एउटा शारीरिक चुनौतीको त्रास र अर्को कठिनाइ हुँदाहुँदै पनि भविष्य निर्माणको त्रास । कहिले शारीरिक पीडाले हामीलाई शिथिल बनाउँछ त कहिले अपाङ्‍गताका कारण भोगेका अवरोधहरूले हामीलाई थकित तुल्याउँछन् । फेरि पीडा र अवरोधसँग सङ्‍घर्ष गर्छौंअनि फेरि सुरु हुन्– मुकानसहितको दुईवटा त्रासका बीच हाम्रो यात्रा ।
समाचार
राष्ट्रिय अपाङ्ग महासँघ नेपालले संचालन गरिरहेका केहि महत्वपुर्ण परियोजनाहरू र तिनले हासिल गरेका उपलब्धिहरू यस समाग्रीमा समेटिएका छन्।
समाचार
राष्ट्रिय अपाङ्ग महासँघ नेपालका सदस्य सँस्थाहरू तथा रणनितिक साझेदार सँस्थाहरू सँग सम्बन्धित समाचारहरू संकलन गरी यो सामाग्री तयार गरिएको छ।
समाचार
राष्ट्रिय अपाङ्ग महासँघ नेपालका क्षेत्रीय गतिबिधि सँग सम्बन्धित समाचारहरू संकलन गरी यो सामाग्री तयार गरिएको छ।
यस अंकको अगाडी र पछाडीका कभरमा प्रकाशित तस्बिरहरू यस प्रकार छन्।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.