Accessibility Options


Skip to Navigation Skip to Content
Feb 17, 2016

रुपान्तरण पत्रिका - २०७२ पौष अंक (वर्ष २०, अंक १)


यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट नवनिर्वाचित नया कार्यसमिति बारेको समाचार पनि समेटिएको छ। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।

यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।


सम्पादकीय
सार्वजनिक भौतिक संरचनाहरू सबैका लागि पहुँचयुक्त हुनु वा प्रयोगकर्तामैत्री हुनुभनेको आधुनिक विकासको निकै सुन्दर पक्ष हो जुन समावेशीकरण र मानवअधिकारसँग पनि त्यतिकै सम्बन्धित छ ।
आवरण लेख
लेखक: नरबहादुर लिम्बू

People with disabilities doing sit in protest

अपाङ्‍गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार नेपालको संविधान (२०७२) मा दर्ज गराउनेक्रममा तेस्रो जन–आन्दोलनको सफलता र त्यसपछिको बृहत शान्ति सम्झौतापछिको नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा तयारी समितिको गठनैदेखि लागियो । अधिकार स्थापनार्थ धेरै शीर्ष नेताका दैलो चहारियो । मध्यम तहका नेता गुहारियो । दौडधुपको क्रममा अपाङ्‍गता अधिकारकर्मीका जुत्ता त कति फाटे कति !!

दस्तावेज
नेपाली नागरिक भएको हैसियतले यस संविधानमा उल्लेख भएका सबै अधिकार अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह समान आधारमा निर्वाधरूपमा उपयोग गर्न पाउँछन् । यद्यपि, यसबाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केही विशेष अधिकारहरूसहित विशेष व्यवस्थाहरूसमेत गरिएका छन्, जो यस प्रकार छन्।
समाचार

Elected Board Members of NFDN

राष्ट्रिय अपाङ्ग महासङ्‍घ– नेपालले २०७२ साल पुस ११ र १२ गते सुन्दर पर्यटकीय नगरी पोखरामा आफ्नो १६औँ वार्षिक साधारणसभा तथा सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । यसै महाधिवेशनबाट संस्थाले आफ्नो २०७१ सालमा संशोधित नयाँ विधान अनुसार केन्द्रीय कार्य समितिको समेत निर्वाचन गरेको छ ।

बिचार
लेखक: राजु बस्नेत
Raju Basnetअपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यकतामा आधारित अनुकूल पहुँचयुक्तता सिर्जना गरेर उपयुक्त सामाजिक एवं पारिवारिक सहायता उपलब्ध गराउन सरकासँग महासङ्‍घले पहल गरोस् भन्ने सम्बद्ध व्यक्ति एवं परिवारको इच्छा र आकङ्क्षालाई हामीले नजिकबाट बुझेका छौं । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार प्राप्तिका लागि महासङ्‍घ कृत–सङ्कल्पित छ ।
आलेख
लेखक: सेनानी पवन घिमिरे
Pawan Ghimireजसरी दस वर्षे सशस्त्र द्वन्द्वका घाइते अपाङ्गता भएका व्यक्तिहरूले खेलकुदलाई समातेर जीवनलाई सामान्य अवस्थामा फर्काउनुमात्र नभई क्रियाशीलसमेत बनाएर सफलता हात पारिरहनुभएको छ, यही कुरालाई अनुसरण गर्नसके भूकम्पबाट अपाङ्गता बेहोर्न पुगेका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन आई जीवन फेरि सामान्य र सक्रियतातर्फ अघि बढ्नसक्छ ।
Article
लेखक: Shrikanta Sapkota
Shrikanta SapkotaThis article has been written with the objective of providing information on the concept and principles of universal design of learning. UDL stresses flexible and customizable delivery of content, assignments and activities.
मन्थन
लेखक: मुकुन्दहरि दाहाल
Mukunda Hari Dahalशिक्षण सरल र बुझ्न सक्ने हुनसक्छ । त्यसका लागि तपाईंमा केवल कला‚ सरल भाषा‚ विद्यार्थीको बुझाइको स्तर बुझ्नसक्ने क्षमता हुनुपर्छ र त्यसै अनुसार शिक्षण गर्नुपर्छ । त्यस्तो शिक्षणका लागि यहाँ केही जानकारी छन्, जसलाई शिक्षक/शिक्षिकाले कक्षाकोठामा र विद्यालय परिसर तथा बौद्धिक अपाङ्गता भएका बालबालिकासँग सञ्‍चार गर्न प्रयोग गर्नुपर्दछ ।
कविता
लेखक: प्रणय विकल श्रेष्ठ
Pranay Bikal Shresthaलौ न आऊ हे प्रभु ! हाम्रो हात समाऊ,
घात–प्रतिघातको वेदनाले लड्खडायो पाउ ।
पहल
लेखक: रमा पौडेल ’प्रभात’
rama poudelसमुदायमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य, शिक्षा, जीवननिर्वाह, सशक्तीकरण र सामाजिकीकरणका लागि सम्बन्धित निकायले पहल गर्नु आवश्यक छ । अपाङ्गता भएकाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा सीप सिकाउने जस्ता अवसर राज्यले सिर्जना गरेमात्र माथिका उदाहरणमा प्रस्तुत गरिए जस्ता हजारौं अपाङ्गता भएका बालबालिका लाभान्वित हुनेछन् ।
फिचर
लेखक: कृष्ण खनाल
Krishna Khanalमहिला तथा बालबालिका कार्यालयकी प्रमुख उषा रावलका अनुसार, रुपन्देही जिल्लामा ५ हजार ५८ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छन् । यो तथ्याङ्क अनुसार, अझै आधाभन्दा बढी अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छैनन् ।
कविता
लेखक: उत्तम शिवाकोटी
ए दृष्टि नहुने ! तिमीहरू उठ
ए बोली नसुन्ने ! तिमीहरू उठ
ए खुट्‍टा नहुने ! तिमीहरू उठ
यस अंकको अगाडी र पछाडीका कभरमा प्रकाशित तस्बिरहरू यस प्रकार छन्।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.