Accessibility Options


Skip to Navigation Skip to Content
Aug 3, 2015

रुपान्तरण पत्रिका - २०७२ भूकम्प विशेष अंक


यसपालीको रुपान्तरणमा हामीले भुकम्पले गर्दा भएको क्षति तथा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल तथा अन्य व्यक्ति तथा सँस्थाहरूको पहलमा भएको राहत तथा पुनर्स्थापनाका सामाग्रीहरू समेटेका छौँ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।


“अपाङ्गता भएका व्यक्तिहरू आफैं सुरक्षित हुन सक्नेगरी पहिला नै संरचनाहरू निर्माण गर्नुपर्ने रहेछ”
लेखक: सम्पादकीय टोली

People with disabilities in temporary shetlters at Jawalakhel

"आफू बसेको संरचना भूकम्प प्रतिरोधक छ वा भूकम्प आउँदा म जस्तो दृष्टिविहीन व्यक्तिले कसरी सुरक्षित हुने भन्ने थाहा पाएको भए वा आफू रहेको घर अपाङ्गतामैत्री छ भन्ने थाहा पाएको भए पनि मलाई यति डर लाग्ने थिएन होला ।"

भूकम्पबाट प्रभावित हुनेहरूमा अपाङ्गता भएका व्यक्तिहरूको संख्या निकै ठूलो छ । भूकम्प प्रभावित केहि जिल्लाहरूमा REACH नामक संस्थाले गरेको एउटा नमुना अध्ययन अनुसार कुल प्रभावित संख्याको झण्डै ९ प्रतिशत अपाङ्गता भएका मानिसहरू प्रभावित भएका छन् ।

लेखक: बिमल पौडेल

Bimal Paudelके यो विपद् अपाङ्गता भएका व्यक्तिहरू एवं अन्य जोखिमपूर्ण अवस्थामा जीवन निर्वाह गरिरहेका समुदायका मानिसहरूका निम्तिसमेत अवसरका बाटाहरू पहिल्याउने ढोका बन्न सक्ला? ? बन्न त सक्ला तर त्यसका लागि सानो प्रयासले पुग्नेछैन । बरु त्यसका निम्ति हामी सबैमा सकारात्मक सोच, दृढ आत्मविश्वास, सही योजना र त्यसको कार्यान्वयन गर्ने कार्यकुशलता र अलिकति भए पनि फरक तरिकाले काम गर्न सक्ने साहस र आँट चाहिँ पक्कै चाहिने छ । अथवा भनौं- अब भूकम्प जानुभन्दा पहिलाको परिपाटीबाट काम गरेर त्यो सम्भव छैन । बरु अब त नयाँ परिस्थितिसँगै नवीनतम काम गर्न नवीनतम सोचसहित अघि बढ्नु आजको आवश्यकता हो । त्यसैमा सबैको भलाइ पनि छ ।

लेखक: प्रणय श्रेष्ठ

Pranay Bikal Shresthaसबैको पाल हुरीले उढायो
बेहाल भइयो झरीले रुझायो
हुरीबतास रोकिएन केही गरी
दैवले रुवायो धर्धरी

लेखक: नरबहादुर लिम्बू

NB Limbuगाढा निद्रामा परेको लेखकले सपना देख्न थाल्यो । बस चढेर कतै गइरहेको जस्तो अनुभूति हुन्छ । झसङ्ग भएर बिउझिँदा त पूरै घर घरर हिँडिरहेको हुन्छ । बल्ल पो पत्ता लाग्छ- भूकम्प आएछ । अब के गर्ने. दृष्टिविहीन भएकाले दौडौं भने कता र कसरी दौडने ?

An eye opener for future.
लेखक: Major Pawan Ghimire

Disaster is directly proportional to disability. It not only expedites the number of disability population but also puts the lives of people with disability into the risk of death and casualties. However, little alertness, preparedness and collaboration can mitigate the potential risk of disaster. Meanwhile, only thing we need is a collaborative effort to console the languishing hearts.

लेखक: हुमकला पाण्डे

Humkala Pandeyअपाङ्गता भएका व्यक्तिहरूका परिवार र समाजमा सकारात्मक धारणाको विकास गर्ने, उनीहरूको सहभागितामा मात्र आवश्यकता पहिचान गर्ने, समयमै अपाङ्गतालाई न्यून गर्न आवश्यक चिकित्सकीय सेवा उपलब्ध गराउने जस्ता कुराहरू आवश्यक छन् ।

लेखक: सम्पादकीय टोली

Meeting with Deputy PM after the Earthquake

यस अवधिमा नुवाकोट, धादिङ, गोरखा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा जिल्लाका विभिन्न गाउँविकास समितिहरूमा ६०० थान त्रीपाल, १०० थान सहायक सामग्री ४० क्वीन्टल भन्दा बढी चामल, २५० प्याक अन्य हल्का खानाको प्याकहरू, २५० थान स्यानिटरी किटहरू, ६५ थान म्याट्रेस र तकियाहरू, १०० थान जति  कम्बल वितरण गरिसकिएको छ । यसरि वितरण गरिएको राहत सामग्रीहरूबाट प्रत्यक्ष रूपमा लगभग १००० जना अपाङ्गता भएका व्यक्ति र अरू थप तिनका परिवारका सदस्यहरू लाभान्वित भएका छन् ।

रुपान्तरण चौमासिकाको भुकम्प विशेष अंक २०७२-०२ को अगाडी र पछाडीका कभर तस्बिरहरूको सँगालो।

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखालयमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.