Accessibility Options


Skip to Navigation Skip to Content
Jul 28, 2015

रुपान्तरण पत्रिका - २०७२ वैशाख, बर्ष १९, अंक १


देशले वर्तमान समयमा भोग्नु परेको विपतका कारणले केही ढिलो मात्र प्रकाशित यस अङ्कमा अपाङ्गता सम्बन्धी विविध सवालहरूमा तयार गरिएका सामग्रिहरू सम्लग्न गरिएका छन् ।

यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।


लेखक: सुदर्शन सुवेदी

Shudarson Subediइन्च्योन रणनीति यसभन्दा पहिले बनेका र लागू गरिएका क्षेत्रीय नीति र कार्ययोजनाहरू भन्दा यस अर्थमा फरक छ कि यसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयन र सरोकारवालहरूसँगको समन्वयलाई विशेष जोड दिएको छ ।

लेखक: - सेनानी पवन घिमिरे

Parvat Raj Bista Batting

Pawan Ghimireदृष्टिविहीन क्रिकेट खेल्ने विश्वका ३० राष्ट्रमध्ये दृष्टिविहीन महिलालाई क्रिकेट खेलाएर उनीहरूको राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्ने नेपाल नै पहिलो देश हो । यस कार्यबाट अन्तर्राष्ट्रिय जगतमा नेपाली दृष्टिविहीन महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन हुन गई साहस र हिम्मतको उदाहरणसमेत बन्न सफल भएका छन् ।

लेखक: – नरबहादुर लिम्बू “तेह्रथुमे”

Nar Bahadur Limbuसिमित स्वतन्त्रतामा बाँच्न वाध्य ऊ
उकालो बग्ने उसलाई अधिकार छैन
बक्रता ऊबाट पहिलै खोसिएको छ
ऊ केवल सिधा हिँड्छ
ऊ केवल सोझो बग्छ

लेखक: सञ्जयकुमार झा

Group Therapy Session in Chitwan

मानिसमा भकभकेपन आउनुको कारण यही नै हो भनेर ठोकुवा गर्ने कुनै आधारहरू हालसम्म फेला परेका छैनन् । यसमा वैज्ञानिकका विभिन्न मत छन् । भकभकेपनको समस्या वंशाणुगत, सामाजिक, वातावरणीय दबाब र दुर्घटना आदिबाट पनि हुन सक्छ । विश्वको कुल जनसङ्ख्याको झन्डै १ प्रतिशत मानिसमा कुनै न कुनैरूपमा भकभकेपनको समस्या रहेको अनुमान गरिन्छ ।

लेखक: डा. सुनिता मलेकू अमात्य

बालबालिका जन्मेर लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । शारीरिकरुपमा धेरैजसो स्फुर्त देखिने यी बालबालिकाको भाषा विकास नभएको अभिभावकहरुले याद गर्ने गर्दछन् र यसै कारणले डाक्टर कहाँ लाने गर्छन् । अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न  सक्षम हुने हुँदा धेरै प्रतिशत बालबालिकाको ५ देखि ६ वर्षको उमेरमा गएरमात्र पहिचान हुने गरेको अवस्था छ ।

लेखक: देवकला पराजुली

Debakala Parajuliआफ्नो हिँड्ने खुट्टा नै नभएपछि अब जुम्लाको आफ्नो गाउँ कसरी जाने, के गरेर खाने जस्ता कुराले ज्यादै सताएछ उनलाई । यस्तैमा कतैबाट कृष्णले राष्ट्रिय अपाङ्ग कोषले काठमडौंको भृकुटीमण्डपमा शारीरिक पुनःस्थापना केन्द्र सञ्चालन गरेको र त्यहाँ कृत्रिम खुट्टा राख्न पाइन्छ भन्ने थाहा पाएछन् ।

लेखक: डा. ललिता जोशी

Lalita Joshiडाउन सिन्ड्रोम सामान्यतया देखिने एउटा मानवीय अवस्था हो, जो क्रोमोसोम २१ को एक बढी प्रतिलिपि पूरा वा टुक्राका रूपमा हुनाको कारणले हुन्छ । सामान्यतया हरेक कोषिकामा यो आनुवंशिक फरक गर्भधारणदेखि नै हुन्छ र डाउन सिन्ड्रोम भएका मानिसलाई बच्चा गर्भमा विकास भइरहँदा, बाल्यावस्था र वयस्क जीवनभरि समेत प्रभाव पारिरहन्छ ।

लेखक: दीपावली शर्मा

नेपाली साङ्केतिक भाषालाई कानुनी रूपमै आधिकारिक मान्यता प्राप्तिका लागि बहिराहरूको लडाइँ यथावतै छ । तर, यो लडाइँमा सम्पूर्ण अपाङ्गता भएका तथा अपाङ्गतासँग निकट अन्य व्यक्ति एवं सङ्घ संस्थाहरुको थप साथ र सहयोगबिना अगाडि बढ्न मुस्किल पर्ने भएकाले सबैको सहयोगको निरन्तर आवश्यकता परिरहने छ ।

लेखक: मदन महर्जन

श्रवण-दृष्टिविहीन अपाङ्गतालाई साधारणतया दुई किसिमले विभाजन गर्न सकिन्छ । जन्मजात श्रवण-दृष्टिविहीनता र पछि भएको श्रवण-दृष्टिविहीनता । पछि श्रवण-दृष्टिविहीनता भएका बालबालिकाहरूले बहिरा विद्यालय तथा Blind विद्यालयहरूबाट केही न केही तरिकाले शिक्षा हासिल गरेको पाइन्छ तर जन्मजात श्रवण-दृष्टिविहीनता भएका बालबालिकाहरूको हकमा भने उनीहरू शिक्षाबाट पूर्णरूपमा वञ्चित हुन पुगेका छन् ।

लेखक: सुन्दरी मिश्र

सीप मानिसलाई आत्मनिर्भर बनाउने सबैभन्दा उपयुक्त साधन हो । होचा पुड्का मानिसहरूलगायत सबैखाले अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको अवस्था सुहाउँदा सीप सिकाउन सके त्यसबाट आय आर्जन गरी उनीहरू आत्मनिर्भर हुनसक्छन् ।

रुपान्तरण चौमासिक पत्रिकाको २०७१ अंक ०१ को अगाडी र पछाडीका कभरमा प्रकासित तस्बिरहरू यहाँ प्रकासित गरिएको छ।
रुपान्तरण चौमासिक पत्रिकाको २०७१ अंक ०१ मा प्रकासित राष्ट्रिय अपाङ्ग महासँघ नेपाल १५औँ साधारण सभाका तस्बिरहरू

रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखालयमा जानुहोस्।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times from Jan 1, 2015.