Accessibility Options


Skip to Navigation Skip to Content

अपाङ्गता भएका व्यक्तिहरूको २६ औ अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ०३, २०१७) को नारा-"सबैका लागि दिगो र समतामूलक समाज उन्मुख रूपान्तरण"

Theme for 26th International Day of Persons with Disabilities (December 03, 2017) is: "Transformation towards Sustainable and Resilient society for all"

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिको पृष्ठभूमि

१.   परिचय:

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र सम्बर्दनका लागि वि.सं.२०५० सालमा स्थापना भएको अपाङ्गता भएका व्यक्तिहरु द्धारा खोलिएका संघ संस्थाहरुको राष्ट्रिय छाता सञ्जाल हो ।  स्थापना कालमा ८ वटा संस्थाहरु आवद्ध गरी स्थापना गरिएको राष्ट्रिय अपाङ्ग महासंघमा जिल्ला– जिल्लामा  अपाङ्गता भएका व्यक्तिहरुले संस्थाहरु स्थापना गरी महासंघमा आवद्ध हुन थाले  । नेपालका धेरै जसो जिल्लाहरुमा महासंघको सदस्य संस्थाहरुको विस्तार र विकास हुन थाल्यो । एउटै जिल्लामा पनि एक भन्दा बढी सदस्य संस्थाहरु हुन थाले । राष्ट्रिय अपाङ्ग महासंघले क्षेत्रीय स्तरमा सदस्य संस्थाहरुसंगको सम्बन्ध र समन्वयलाई बलियो र प्रभावकारी बनाउन र सदस्य संस्थाहरुको क्षमता अभिवृद्धि गरी प्रभावकारी परिचालनका लागि पाँच वटै विकास क्षेत्रमा क्षेत्रीय समितिहरु गठन गर्ने उद्देश्य राखी  विकास क्षेत्रमा क्षेत्रीय समितिहरु गठन गर्ने अभिप्रायले पञ्चिमाञ्चल विकास क्षेत्रमा शिव पौडेलको अध्यक्षतामा ९ सदस्य रहेको क्षेत्रीय समिति गठन गरी वि.सं. २०६० तद अनुरुप सन् २००३ मा गोरखा जिल्लामा क्षेत्रीय कार्यालयको स्थापना गरेको थियो । गोरखा जिल्ला पञ्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाको पायक पर्ने स्थान नभएकोले पछि सदस्य संस्थाहरुको सुझाव र सल्लाहका आधारमा पञ्चिमाञ्चल विकास क्षेत्रको सुन्दर नगरी बुटवलमा वि.सं. २०६० साल तद् अनुरुप सन २००४ मा कार्यालय स्थानान्तरण गरिएको थियो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल  क्षेत्रीय समितिले खास गरी क्षेत्र स्तरमा रहेर केन्द्र र जिल्लामा रहेका सदस्य संस्थाहरु बिच समन्वय गरी महासंघको उद्देश्य परिपूर्तिमा समन्वयकारी भूमिका निर्वाह गर्दै आई रहेको छ । हाल यस क्षेत्रमा १५ वटा जिल्लामा ४६ वटा सदस्य संस्थाहरु रहेका छन् ।

२.   राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको ठेगाना

बुटवल उप महानगरपालिका – १० मिलनचोक बुटवल

सम्पर्क व्यक्ति : सावित्रा घिमिरे

पद : संयोजक

कार्यालयको फोन नं. ०७१५४६८७५

.२०६९ सालमा सम्पन्न छैठौं क्षेत्रीय अधिवेशनवाट निर्वाचित क्षेत्रीय समितिको विवरण

क्र.सं.

नामथर

पद

अपाङ्गता

जिल्ला

         
         
         
         
         
         
         
         
         
         
         
         
         

 

. हाल कार्यालय मा रहेको कर्मचारी संङ्ख्या: २ जना

.कार्यालयले गर्दै आएका मुख्यमुख्य कामहरु:

क) जनचेतना

ख) सदस्य संस्थाहरु र सरोकावालाहरुको क्षमता विकास

ग) सञ्जालीकरण

घ) सरकारी तथा गैर सरकारी निकायहरु संग समन्वय र सहकार्य

ङ)  जनपैरवी

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.