Accessibility Options


Skip to Navigation Skip to Content
Sep 7, 2015

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२: सजिलो नेपाली रुप


Cover Page of Easy Incheon Strategy Book

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२ को सजिलो नेपाली रुप राष्ट्रिय अपाङ्ग महासँघ नेपालले डिपीओडी डेनमार्क सँगको सहकार्यमा प्रकासित गरेको हो। यस प्रकासनका माध्यमबाट अपाङ्गता सम्बन्धीको यो अन्तराष्ट्रिय दस्ताबेज सबै व्यक्तिहरू तथा अपाङ्गता सम्बन्धी काम गर्ने सँस्थाका सदस्यहरूले सरल रुपमा बुझ्न सक्नेछन्। त्यसै गरी अपाङ्गता मा प्रत्यक्ष काम नगर्ने तर अपाङ्गता सम्बन्धी जानकारी राख्न चाहने व्यक्तिहरूले पनि सीआरपीडिलाई सजिलै बुझ्न सक्नेछन्।

यो प्रकासनलाई PDF मा डाउनलोड गर्नुहोस्।

अपाङ्गता भएका व्यक्तिहरूका लागि एसिया तथा प्रशान्त क्षेत्रीय दशक- २०१३-२०२२ कार्यान्वयनका लागि स्क्याप सदस्य तथा सह-सदस्य राष्ट्रहरूको संयुक्त घोषणापत्र

गणतन्त्र कोरियाको इन्च्योन शहरमा सन् २०१२ को अक्टुवर २९ देखि नोभेम्बर २ सम्म आयोजना गरिएको अपाङ्गता भएका व्यक्तिहरूको एसिया प्रशान्त क्षेत्रीय दशक २००३ – २०१२ को कार्यान्वयनको अन्तिम समीक्षा बैठकमा भेला भएका एसिया तथा प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यु.एन. स्क्याप) का सदस्य र सह-सदस्य देशका प्रतिनिधिहरूले सन् २०१३ देखि २०२२ सम्मका लागि निम्न अनुसारका हालसम्म भएका विषयवस्तु, तथ्य, घोषणापत्र, दस्तावेज वा प्रतिबद्धताहरूलाई आत्मसात, स्वागत र पुनःस्मरण र सम्मान गर्दै गरेका प्रतिबद्धता यस्ता छन्

एसिया तथा प्रशान्त क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूलाई वास्तविक व्यवहारमा उतार्न इन्च्योन रणनीति- २०१३-२०२२ लाई अवलम्बन गर्ने र आ-आफ्ना देशमा लागू गर्ने। अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूका अधिकार दिलाउन, त्यसको प्रवर्द्धन गर्न र अपाङ्गताको सवाललाई विकासका विभिन्न सवालमा समावेश गराउन सरकारको केन्द्रीय भूमिका स्पष्ट पार्ने।

एसिया तथा प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई वास्तविक व्यवहारमा उतार्न तयार गरिएको इन्च्योन रणनीति- २०१२

यो रणनीति सन् २०१२ मा संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (Economic and Social Commission for Asia and Pacific – ESCAP) ले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरूलाई एसिया प्रशान्त (प्यासेफिक) क्षेत्रका देशहरूमा प्रभावकारीरूपमा लागू गराउने उद्देश्यका साथ निर्माण गरी कार्यान्वयनमा ल्याएको १० वर्षे रणनीति हो । यो रणनीति सन् २०१३ देखि २०२२ सम्मका लागि निर्माण गरिएको हो ।

भाग १

यो रणनीति अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि, २००६ का आधारमा तयार गरिएको हुनाले महासन्धिका जे सिद्धान्त छन्, यसका पनि तिनै हुन्, जुन माथि महासन्धिको सरल संस्करणमा व्याख्या गरिसकिएको छ ।

इन्च्योन रणनीतिका अपेक्षित परिणाम र लक्ष्य (Incheon Goals and Targets)

इन्च्योन रणनीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने पद्धति

अपाङ्गताको सवालमा काम गर्न सबै सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व हुनेगरी राष्ट्रियस्तरको समन्वय गर्ने संयन्त्र निर्माण गर्ने । यसभन्दा पहिलेका एसिया तथा प्रशान्त क्षेत्रका दशकहरूमा पनि विभिन्न देशमा यस्ता संयन्त्र गठन भएका छन् । ती निकायले यो रणनीति कार्यान्वयनका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्ने दायित्व लिनुपर्छ ।

एसोसिएसन अफ साउथ इष्ट एसियन नेशन, इकोनोमिक को-अपरेशन अर्गनाइजेशन, दि प्यासेफिक आइल्याण्ड फोरम एण्ड र साउथ एसियन एसोसिएसन फर रिजनल को-अपरेशन जस्ता उपक्षेत्रीय अन्तर सरकारी निकायहरूले आफ्ना कार्यादेशहरूमा अपाङ्गता समावेशी नीति र कार्यक्रमहरूलाई समावेश गरी इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ ।
इस्क्यापका सदस्यहरूले आफ्ना सामाजिक विकाससँग सम्बन्धित समिति वा सोसरहका निकायका नियमित सत्र वा बैठकमा इन्च्योन रणनीति र मन्त्रीस्तरीय घोषणापत्र कार्यान्वयनको प्रगति, चुनौती र राम्रा अभ्यासबारेमा छलफल गर्नेछन् । यस्ता बैठक वा सत्रमा नागरिक समाजका संस्थाहरूको सहभागितालाई अभिप्रेरित गरिनेछ ।

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.