Accessibility Options


Skip to Navigation Skip to Content
Jun 15, 2016

प्रेस विज्ञप्ति: अपाङ्ता भएकी महिला माथि भएको बलात्कारको आरोपिलाई कार्बाही सम्बन्धमा ।


१ असार २०७३ काठमाण्डौ ।

आदरणीय संचारकर्मी मित्रहरु,

बिषय : अपाङ्ता भएकी महिला माथि भएको बलात्कारको आरोपिलाई कार्बाही सम्बन्धमा ।

गत जेष्ठ ३१ गतेको रातो पाटी, हाम्रा कुरा र बुटवल रिभ्यूडटकम अनलाइन खबर र ३२ गते कान्तिपुर, नयाँ पत्रीका राष्ट्रिय दैनिक र बुटवल टुडेमा प्रकाशित समाचार र राष्ट्रिय अपाङ्ग महासंघ नेपाको क्षेत्रीय कार्यालय र स्थानिय संस्थाहरुबाट प्राप्त सुचना अनुसार मिति २०७३/२/३० गतेका दिन कपिलबस्तु जिल्लाको शिबराज नगरपालिका वडा नं ६ बस्ने बर्ष ३५ का बहिरा अपाङ्गता भएका महिला (परिवर्तित नाम) यम कुमारी थारु गोठालो जाँदा राष्ट्र, देश र जनताको सेवा गर्ने कसम खाएका १० जना शसस्त्र प्रहरीहरुले पिडितका भाउजुका अनुसार सामुहिक बलात्कार भएको भन्ने सुचनाले यस दुखद घटना प्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यान आकर्षण भएको छ ।

चौविसै घन्टा राज्य र जनताको सेवा र सुरक्षामा खटीने सुरक्षाकार्मीहरुबाटै यस्तो घटना घट्नु अन्यन्तै दुखत घृणित र लज्जास्पद घटना हो । घटना ब्यक्तिले घटाएको भएपनि यो घटनाका आरोपित बहालवाला सुरक्षाकर्मी भएको हुदा सिंगो प्रहरी संरचना र संस्थाको यसले बदनाम भएको छ । हाम्रो समाजमा महिलाहरु राज्य सुरक्षाको जिम्मा पाएका अख्तियारप्राप्त बर्दिवाला राज्यका प्रतिनिधीहरुबाट नै सुरक्षीत छैनन् भने कसवाट सुरक्षित हुने यो गंभिर प्रश्न खडा भएको छ ।

यस घटनालाई सुन्य सहनशिलताको आधारमा संचारमाध्यममा आएको सुचना अनुसार १० जना आरोपित अपराधी कुनै हालतमा छुट्न हुदैन कानून अनुसार कडाभन्दा कडा सजाय पाउने कुरामा राज्यले सुनिश्चतता गर्नुपर्दछ । यस घटनाको सम्व्नधमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सम्वन्धित सरोकारवालाहरुको लिखित रुपमा ध्यानकर्षण गराएको छ ।

यस घटनाको बारेमा सत्य तथ्य छानमिन गर्न न्यायिक छानमिन समिति गठन गरि यस बिषयमा नेपाल सरकार गृहमन्त्रालयको आधिकारीक धारणा सार्वजिनक गर्न राष्ट्रिय अपाङ्ग महासंघ जोडदार रुपमा माग गर्दछ ।

उक्त घटनामा संलग्न सबै पिडक (शसस्त्र प्रहरी जवान) हरुलाई अबिलम्ब पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन, पिडितको उपचार र न्यायमा पहुँचको सुनिश्चितता गर्न र पिडित बहिरा व्यक्ति भएको कारण सांकेतिक भाषा दोभाषेको व्यवस्था गरि घटनालाई प्राथमिकताका साथ फास्टट्रयाक प्रणालीबाट सुनुवाइ गर्न गराउन सम्बद्ध सबैसँग राष्ट्रिय अपाग महासंघ नेपाल जोडदार माग गर्दछ ।

राजु बस्नेत
महासचिव

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.