Accessibility Options


Skip to Navigation Skip to Content
Apr 20, 2016

प्रेस वक्तव्य: नेपाली अपाङ्गता अभियानको अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व


८ बैशाख २०७३
काठमाण्डौ ।

आदरणीय संचारकर्मीमित्रहरु,
राष्ट्रिय अपाङ्ग महासंघ नेपालबाट आयोजित यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत ब्यक्त गर्दछौ ।

बिषय : नेपाली अपाङ्गता अभियानले अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व ।

अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार संरक्षण र संवर्धनकोलागी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल २०५० सालमा स्थापना भएको थियो । यस महासंघ नेपाली अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकारका सवालमा वकालत गर्ने क्रममा अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान दिन २०५३ सालमा राष्ट्रिय अपाङ्ग महासंघ अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय जनपरिषद Disabled Peoples International (DPI) को सदस्यता प्राप्त गर्यो । सदस्यता प्राप्तिसंगै महासंघले २०५५ सालमा सो संस्थाको दक्षिण एशियाको अध्यक्ष र एशिया प्रशान्त क्षेत्रको उपाध्यक्षको रुपमा तत्कालिन अध्यक्ष स्वर्गिय मुनिश्वर पाण्डेले पहिलोपटक नेतृत्व गर्ने अवसर नेपाललाई मिलेको थियो । यसको निरन्तरताको रुपमा स्वर्गिय मुनिश्वर पाण्डेको कार्यकाल पश्चात तत्कालिन अध्यक्ष बिरेन्द्रराज पोखरेलको कार्यकालमा सोही पदमा निरन्तरता नेपाललाई मिलेको थियो ।

NFDN General Secretary Raju Basnet reading the press release

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका बर्तमान अध्यक्ष सुदर्शन सुवेदीले २०६९ सालबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालको जिम्वेवारी समालेपश्चात राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्य र छविलाई अन्तर्राष्ट्रिय स्तरमा झनै उचाईमा पुर्याउन सफल महासंघ सफल भयो । यो हामी सवै अपाङ्गता जगतकोलागी गौरवको कुरा हो । फलस्वरुप सन् २०१२ मा संयुक्त राष्ट्रसंघको एशिया प्रशान्त क्षेत्रको दशक २०१३-२०२२ सम्मकालागी युयन स्क्याप प्रवर्धनकर्ता http://www.maketherightreal.net/promoters/shudarson-subedi को उपाधि दिलाउदै २०१३ मा संयुक्त राष्ट्रसंघको महासभामा दक्षिण एशियाको प्रतिनिधीको रुपमा भाग लिनुभएको थियो ।

हालैमात्र भारतको नयाँदिल्लिमा सम्पन्न भएको १० अप्रिल २०१६ मा सम्पन्न एशिया प्यासिफिकको सम्मेलनबाट अपांगता भएका ब्यक्तिहरुको बिश्व परिषद (डिपिआई) को परिषद सदस्यमा निर्बाचित भई पुन १२ अप्रिल २०१६ मा सम्पन्न अपांगता भएका ब्यक्तिहरुको बिश्व परिषद (डिपिआइ) को नबौ सम्मेलनबाट कार्यसमितिको कोषाध्यक्ष (https://www.facebook.com/DisabledPeoplesInternational/) जस्तो महत्वपुर्ण पदमा राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय अध्यक्ष श्री शुदर्सन सुबेदी पहिलोपटक निर्विरोध नै निर्वाचित हुनुभएकोमा नेपाली अपांगता जगतमा यो अतिनै खुसी र गौरवको कुरा हो भन्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महसुस गरेको छ ।

नेपाली अपांगता अभियानले नेपालमा मात्र नभएर अब अन्तराष्ट्रिय स्तरमा समेत पहुँच स्थापित गर्दै नेतृत्व गर्न सफल भएको छ । यस उपलव्धीले नेपाली अपाङ्गता भएका ब्यक्तिहरुका सवाल र समस्याहरुलाई अन्तराष्ट्रिय मंचमा लैजान ठुलो अवसर मिलेको छ । सुदर्शन सुवेदीको कार्यकालको पुर्ण सफलताको कामना गर्दै हाम्रो निमन्त्रणालाई स्विकार गरि आउनु भएकोमा सम्पुर्ण उपस्थित संचारकर्मिहरुलाई धेरै धेरै धन्यबाद ।

राजु बस्नेत
महासचिव
सम्पर्क फोन ९८५१०९०७३२

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.