Accessibility Options


Skip to Navigation Skip to Content
Dec 2, 2016

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवस को अवसरमा सम्माननीय प्रधानमन्त्रीको शन्देश


शुभकामना सन्देश

विगतका वर्षमा जस्तै मंसिर १८ गते डिसम्वर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरुका अधिकारप्रति सम्मान गर्दै यसतर्फ सबैको ध्यान आकृष्ट गर्न विविध कार्यक्रमहरुको आयोजना गरी २५औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ । "हाँसिल गरौं दीगो विकासका १७ लक्ष्य, सुनििश्चत गरौं हामीले चाहेको भविष्य" भन्ने मूल नाराका साथ मनाउन लागिएको यस दिवसको उपलक्ष्यमा सर्वप्रथम अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइ एवं यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था, सरोकारवाला तथा अपाङ्गता भएका व्यक्तिहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सरकारले अपाङ्गता भएका व्यक्तिलाई अधिकारमुखी अवधारणाबाट हेर्नुपर्दछ भन्ने मान्यता राखेको छ । नेपालको संविधानले पनि अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक अधिकारहरूलाई सम्मानकजनक ढंगबाट सम्बोधन गरेको छ । नेपालले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी एवं यसको इच्छाधीन आलेखसमेत अनुमोदन गरेको छ । उक्त महासन्धिका आधारमा अपाङ्गतासम्बन्धी कानुनलाई घरेलुकरण गर्ने क्रममा तयार भएको अपाङ्गता भएको व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन, २०७२ व्यवस्थापिका संसदमा छलफलको क्रममा रहेको छ । अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ लाई परिमार्जन गरि तयार भएको मस्यौदा लगायतका अपाङ्गताका सवालका विषयहरुलाई छिटोभन्दा छिटो पारित गर्ने कुरामा नेपाल सरकार प्रतिवद्ध रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई अवरोधमुक्त वातावरण उपलब्ध गराउन पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ जारी भई कार्यान्वयनमा समेत आएको र यसको पूर्ण कार्यान्वयनमा सहयोग पु-याउनु हामी सबैको साझा कर्तव्य हो ।

Disability Activists with Prachanda

(फाईल तस्बिर)

अपाङ्गता भएका बहुसङ्ख्यक नेपाली दिदीबहिनी तथा दाजुभाई गरीबीको अवस्थामा जिवनयापन गरीरहेको तथ्यलाई मनन गर्दै अपाङ्गतासम्बन्धी विषयलाई समावेशी र दीगो विकासको मूल रणनीतिको रुपमा मूलप्रवाहिकरण गर्न सरकार प्रयत्नरत छ। अपाङ्गता भएका व्यक्तिहरूलाई मानव अधिकार तथा आधारभूत स्वतन्त्रताको पुर्ण उपभोग गर्न सक्षम तुल्याउन उनीहरुलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक अधिकार समेतका क्षेत्रमा सशक्तीकरण गर्दै खेलकुदहरुमा समेत सहज पहुँच पु-याउन उपयुक्त वातावरण तयार हुँदै गईरहेको छ । सीमित श्रोत र साधनको अधिकतम् परिचालनबाट अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानपूर्ण जीवनयापन गर्ने गरी समाजमा स्थापित गराउन नेपाल सरकार प्रयत्नरत छ । बेसाहारा, विपन्न र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई दिईदै आएको दीर्घकालीन पुनस्र्थापना सेवा सातै प्रदेशमा बिस्तार गर्ने सरकारको कार्यक्रम रहेको छ । पूर्ण अशक्त, अति र अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई क्रमशः दुई हजार र छ सयका दरले सामाजिक सुरक्षाभत्ताको प्रावधानबाट केही हदसम्म पनि जीवनमा सहजता गरेको महसुस गरेको छु ।

आजको यस दिवसले अपाङ्गताका क्षेत्रममा कार्यरत सरकारी तथा गैरसरकारी सँस्थाहरूलाई अपाङ्गताका क्षेत्रमा एकीकृत रुपमा समवेशी कार्यक्रमका माध्यमबाट उनीहरुलाई सशक्तीकरण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

मंसिर १८, २०७३

पुष्प कमल दहाल 'प्रचण्ड'

(प्रधानमन्त्री कार्यालय बाट प्राप्त पत्र हेर्न यहाँ जानुहोस्।)

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.