Accessibility Options


Skip to Navigation Skip to Content
Dec 3, 2016

अपाङ्गता भएका व्यक्तिहरूको २५ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा महासंघका अध्यक्षको शूभकामना सन्देश


Shudarson Subedi

सम्पूर्ण अपाङ्गता भएका दाजुभाइ, दिदि बहिनीहरू

सदा झैं यस वर्ष पनि अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०१६ विश्वभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ संयुक्त राष्ट्रसंघको आह्वानमा सन १९९२ देखि विश्वमा यो दिवस मनाउन सुरू गरिएको हो। नेपालमा यसको सुरूवात सन १९९३ बाट भएको हो । हरेक वर्ष यो दिवस एक अन्तर्राष्ट्रिय नारा वा प्रतिवद्धताका साथ मनाइन्छ । यस वर्ष अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको विश्वव्यापी नारा "Achieving 17 Goals for the future we want"अर्थात "हासिल गरौँ दिगो विकासका १७ लक्ष, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य"भन्ने मुल नाराका साथ मनाइँदैछ ।

राष्ट्रिय अपांगत महासंघ नेपालले हरेक बर्ष यो दिवस भव्यताकासाथ केन्द्रमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रलायको समन्वयमा र जिल्लामा महिला वालवालिका कार्यालयको नेतंत्वमा र महासंघका सदस्य संस्थाहरुको समन्वयमा मनाउने गरिएकोछ ।

अपांगता भएका व्यक्तिहरुको सवालमा सरकारी, गैरसरकारी, नीजि संघसस्था र अन्तरर्राष्ट्रिय निकायहरुले निरन्तर रुपमा कार्य गर्दै आएको भएतापनि अझै गाउँ तथा दुर दराजमा रहेका अपांगता भएका ब्यक्तिहरुको अवस्थामा आशातित परिवर्तन आउन सकेको छैन । एक्काईसौ सताव्दीमा पनि नेपालमा अपांगताको सवाल विकास र मानवअधिकारसँग जोडिन सकेको छैन र यसले प्राथमिकता पाउन सकेको छैन । हामीले यहाँ दिवस मनाउदै गर्दा हाम्रा धेरै अपांगता भएका दिदी बहिनी दाजु भाईहरुलाई यस विषयमा थाहा पनि नभएको अवस्था पनि छ ।

यो अवस्थाले हामी सवैलाई दिनदिनै पोलीरहेको छ । अफुलाई नपरे सम्म भोगिदैन भन्ने अवधारणा वोकेको नेपाली समाजको कारणले हामी अझैपनि दोश्रो दर्जाको नागरिकको रुपमा बाँच्न बिवस छौ । अधिकांश सामाजिक समावेशिकरण कार्यक्रमहरु र विकासका कार्यक्रमहरूमा अपांगताको सवालहरू सधै छुटैको हुन्छन् । अपाङ्गता भएका व्यक्तिहरुका संघसंस्था र अपांगता क्षेत्रमा कार्यगर्ने गैरसरकारी क्षेत्रमा लगानी कम हुदा र सरकारका तर्फबाट पनि यस क्षेत्रमा कुनै बिषेश र उल्लेखनीय कदन नचालिँदा अपांगता भएका व्यक्तिहरु सँधै पछाडी परिरहेका छन् ।

अव हामी सबै एक भएर अपांगताको सवलालाई पहिलो प्राथमिकता ल्याउने र अपांगता भएका समुदायभित्र पनि सबैभन्दा पछाडी परेका समुदायलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नको लागि एक महाअभियान शुरु गर्नु पर्ने आवश्यकता राष्ट्रिय अपांग महासंघले महसुस गरेको छ । यसै महाअभियानलाई मध्यनजर गरी हामी अपांगता भएका व्यक्तिहरुको राष्ट्रिय मानव अधिकार महाभेला आयोजना गरि देशब्यापी रुपमा १८ महिने जनवकालत अभियान शुरु गर्ने प्रयास गरिरहेका छौँ ।

यस महाअभियानमा सहभागी हुन र साथ दिन नेपाल सरकार, राष्ट्रिय अपांग महासंघ नेपालका सदस्य संस्थाहरु, यस क्षेत्रमा कार्य गर्ने सवै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरु, विभिन्न विकास नियोगहरू, नगरिक समाज, नीजी क्षेत्र, संचार माध्यमहरू, पेशागत संघसंसस्था लगायत सम्पूर्ण सरोकारवाला निकायहरूमा हार्दिक अनुरोध गर्दै सबैमा अपांगता भएका व्यक्तिहरुको २५ औ अन्तर्राष्ट्रिय दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्यबाद ।

सुदर्शन सुवेदी
केन्द्रीय अध्यक्ष
राष्ट्रिय अपांग महासंघ नेपाल
shudarsons@gmail.com
national.president@nfdn.org.np

 

The pictures, news articles and other materials published in this website is property of NFDN. These materials can't be used in any other media of any form without our prior written or verbal permission. Please contact us for permissions to use them. In any case, proper credit/reference must be given to such articles and pictures whenever it is used in any medium. Read Our Terms of Use.
We have tried our best to make this website and its contents accessible to people with all abilities. If, for some reasons, any part of this website is not accessible to you, then please write an email to us at webmaster@nfdn.org.np and we will try help you.

web analytics
times since January, 2015.